Skip to main content

Posts

Showing posts with the label व्यङ्ग्य

महादेवसँग वार्तालाप

वाह ! काठमाडौँको बिहान, पूरै नेपाल बन्दजस्तो लाग्दो रै’छ । हावा पनि चिसो चलेको, धूलो पनि कम उडेको । गाडी पनि कम गुडेको । मज्जा आयो । अरु दिनदिनै निस्कने भएर ‘मर्निङ वाक’ गर्छन् । आफू महिना दिनमा निस्कने भएपछि हिँडेर मात्र कहाँ भो र ? दौडनैपर्छ भन्ने भो, ‘मर्निङ रन’ । कुलेलम ठोकियो, स्याँस्याँ र फ्याँफ्याँ गर्दै ।  वाग्मतीको किनारैकिनार । जोसमा दौडदा एक जनासँग सोझै ठोक्किएपछि मात्र मैले जुत्ताको ब्रेक लगाएँ । ‘महादेव !’  फर्केर हेरेपछि मेरो त होसले ठाउँ छोड्यो । स्वस्थानीमा पढेकै हो, हिन्दी सिरियलमा त धेरै देखेको हो, यीचाहिँ कहाँबाट आए त हउ ? “हजुर माफ पाउँ,” मैले त आँखै देखिनँ । 

प्यारी बिजुली, चाँडै आऊ

मोबाइलमा तार अघि नै जोडिसकेँ। बुढो ल्यापटप पनि चार्जरको टुसो चुसेर टोलाउँदै छ ।  इमर्जेन्सी टर्चलाइटका दाँतहरूले मल्टिप्लगका बाँकी प्वालहरू थुनिसक्यो। मेरा आँखाहरू तिम्रा स्विच आडैको धिपधिपे बल्बमा अडिइ राखेका छन्। तिमी आउने बेला हुँदै गर्दा, तामाका तारभरि मनका तारहरू बिच्छाएर म बसिरहेको छु। प्यारी बिजुली चाँडै आऊ, म तिमीलाई कुरिरहेको छु। तिम्रो स्वागतमा दशौं लाख मान्छेहरू बसेका छन्। तिमीलाई औंधी माया गर्ने हजारौं मान्छेहरू छन्। ति हजारौं मान्छेहरू बिचको एउटो मान्छे म। तिमीलाई अरुले भन्दा एकै एम्पिएर भए पनि बढी माया गर्छु। सायद तिमीलाई हेक्का नहुँदो हो। यो मनभित्र कति धेरै चाहनाहरू छन मायाका। दिनमा तिमीसँगै बसेर टिभी हेर्न मन थियो। कम्प्युटरका फाइलहरूमा पौडी खेल्न हुन्थ्यो। साँझसँगै बसेर हिटर ताप्न मन थियो। मर्करीलाइटमा झुम्मीने पुतली जस्तै। तिम्रो उज्यालोमा म पनि फुरुङ्ग पर्दै कोठाका चार कुना चाहार्थे। प्रवेशीका परीक्षाका विद्यार्थी बनेर, किताबका अक्षरहरूमा तिमीसँगै लुकामारी खेल्थेँ। तिम्रो एक मुस्कानमा मेरो संसार छर्लङ्गै उज्यालो हुन्थ्यो। 

केही यस्तो होस्

  कहिल्यै खान नपरोस् । ट्वाइलेट जान पनि नपरोस् । तरकारीको भाउ सुनेर डराउन नपरोस् । बर्डफ्ल्युको नामले सातो पनि नजाओस् । नेपालबन्दले ग्यास ‘सटेज’ छ भनेर टाउको नदुखोस् । दूधमा उ घोलुन वा उसमा उ घोलुन्, ती व्यापारीले आफैं खाउन्, आफैं रमाउन् । बिषादी हालेको तरकारी । हिलो मिसिएको जारको पानी । यी पिउन पनि नपरोस्, चपाउन पनि नपरोस् । व्यापारीको ढर्रा देखेर रिस पनि नउठोस् । भोकमरीको समाचार पनि हराउने । भोकमाथि राजनीति गर्नेहरू पनि डराउने । यो देशका मान्छे यस्तो होस् कि गज्जबको ज्यान होस् । मोबाइल सेटजस्तै तार जोडेपछि चार्ज होस् तर हप्तौंसम्म डिस्चार्ज नहोस् ।  ज्यान चार्जका लागि पेट्रोलका पम्पझैं चार्जर–पम्पको गाउँसहरमा लाइन होस् । ‘बूढाबूढीलाई चार्ज गर्दा बच्चाबच्चीलाई फ्री’ यस्तै खालको स्किम होस् । ज्यानचार्जर कम्पनीका ठूला ठूला होडिङ–बोर्डले गाउँसहर रंगियोस् । सडक छेउछाउमा ह्युमनचार्ज कटेज होस् तर पेट्रोलजस्तो सटेज नहोस् । रातको टाइम । ‘चार्ज छैन, टेन्सन छैन’ रिचार्ज कार्डको पनि व्यवस्था होस् । देशमा मान्छे होस्, बुद्धि पनि होस् तर त्यसमा गिदी नहोस् । दिमागभित्र कम्तीमा ३२ ज...

मेरो देश जहाँ यस्तो हुन्छ....

नेपाल , मेरो देश जहाँ कथित डनलाई गोली लाग्दा अस्पतालमा जूशको दमकल बोकेर लाइन  लाग्छन  नेताहरू । तर डाक्टर केसीहरू न्यायको तिर्खामा लडिरहन्छन् । नेपाल , मेरो देश जहाँ सर्वोच्च अदालतले दोषी मानेको हत्याका अभियुक्त खुलेआम शिर उठाएर  हिड्छ  र झुक्छ मेरो शिर । नेपाल , मेरो देश जहाँ सरकारी अस्पतालबाट खेदिएका गरिब बिरामीहरू सलाइन पानीको पाएपमा  बेरिएर प्राइभेटमा अस्पतालमा आत्महत्या गर्छन । नेपाल मेरो देश , जहाँ समयमा कर नबुझाए सरकार जनतालाई अतिरिक्त चार्ज लगाउँछ । तर  समयमा संविधान नदिने नेताहरू पटक पटक डिस्चार्ज हुन्छन् । नेपाल , मेरो देश जहाँ प्रहरीको मस्ट वान्टेड डन गणेश लामा गृहमन्त्री गच्छदारको बडीगार्ड बनेर  हिड्छन। प्रहरी भने चुल्ठे खोज्दै कपाल काट्दै बस्छ! नेपाल , मेरो देश जहाँ जनआन्दोलनको बलमा सरकार बन्छ । अनि जनआन्दोलनको दोषीलाई तक्मा दिन्छ । हामीलाई भने चक्मा दिन्छ । नेपाल , मेरो देश जहाँ डेटिङ गएका जोडीलाई प्रहरीले समाएर थुनी दिन्छन , तर श्रीमती कुट्ने  इन्सपेक...

‘दुब्ला पातल संघ’

अफ ट्र्यक बालमन्दिरमा कुनै बेला चर्चामा थियो शिक्षकहरू माझ । म त्यसको साधारण सदस्या थिएँ । २०६१ सालको कुरा हो । भण्डारी (श्रीमणी) सर अध्यक्ष हुनुहुन्थ्यो । लामाचौरबाट आउने राजु सर पनि सदस्य । उनी पनि साधारणतया दुब्ला नै भएकाले साधारण सदस्य मानिएको थियो । यदि कुनै सदस्य मोटाउन थाल्यो भने उ स्वत सदस्यताबाट खारेजीमा पथ्र्यो । बरु झन दुब्लाउँदै गयो भने उ आजिवन सदस्य हुने सम्भावना रहन्थ्यो । केन्द्रिय सदस्यामा पनि लड्न पाउथ्यो । हामी बीच यस्तै सल्लाह थियो जसको त्यतीबेला स्कुल भरि हल्ला थियो । शिक्षक भए पछि भलाद्मी हुनु पर्छ । गमक्क परेर बस्नु पर्छ । चश्मभन्दा माथिबाट आँखा पल्टाएर हेर्न पर्छ । चर्को बोल्न पर्छ र बोली पिच्छे कड्किनै पर्छ । रमाइलो गर्नु हुन्न । यस्ता कुरा हाम्रो कुनै पनि शब्दकोशमा थिएनन् । त्यसैले क्यान्टिनमा खिर खाँदा होस्, या चिया बे्रकमा हामी ठट्टा गथ्यौं, संगठन विस्तार गर्नुपर्छ हामी दुब्लाहरूले । हामी माझ दुई निक्कै अग्ला र बलिया आसेपासे थिए, विवेक र केशब । साथीहरू सहकर्मी उडाउन भनेपछि निक्कै खप्पिस । त्यसैले त माहोल निक्कै रमाइलो हुन्थ्यो । हरेक कक्षा सकिएपछि अर्क...

म विधिको पक्षमा, तपाईं नि ?

भवसागर घिमिरे ‘तपाईं कुन पक्षको ?’ केही दिनअघि राजस्वले राजधानीका केही ‘कारखानामा’ छापा हान्नेबित्तिकै एक साथीले फेसबुक म्यासेजमा सोधिहाले । ‘विधिको शासन’ मैले उत्तर छोट्याएँ । ‍‍... दिमाग यहिँबाट घुम्न सुरु भो । यहाँ कुनै घटना हुनेबित्तिकै पक्ष विपक्षमा चर्काचर्की हुन थाल्छ । प्रहरीले पक्रियो भने पनि सोध्छ, ‘तपाई कुन पार्टीको ?’ पार्टीको हैन भने बल्ल अपराधबारे सोध्न सुरु गर्छ । सामान्य नागरिक पर्यो‍ भने सोध्नभन्दा उस्तै परे गोद्न सुरु गर्छ, राजनीति दलको रंगमा रंगियो भने । यहाँ गधा रंगिएर गाई बन्न सक्छ । डोकोमा दूध अडिन्छ । सूर्यलाई हत्केलाले छेक्न सकिन्छ। यातायात कार्यालयका दलालको घाँटीमा त कार्यालयले अस्थायी कार्डको दाम्लो बाँधेर चोख्याउन सक्छ भने राजनीतिको रंग त त्योभन्दा पनि कडा हुन्छ । यहाँ विधिको कम राजनीतिक दलहरूको शासन धेरै छ । सिन्डिकेटको शासन छ । तै पनि जनमत कहिल्यै यिनको कुशासनको पक्षमा छैन । जनमत कमजोर पनि हुँदैन । जनमत कहिल्यै व्यक्ति वा संस्थाको पक्षमा हैन, त्यसले गर्ने व्यवहारको पक्षमा छ र रहिरहन्छ । ढुंगा निचोरेर पानी निकाल्ने मात्र हैन, प...

देश गज्जबको छ

पटुकी कसेर भोकै खेतमा निस्कन्छन् यहाँका खेतालाहरू। उम्रला र खाउँला भनेर गाउँले माइदाइहरू हलोले खेतको सिंउदो काट्छन्। देशको कुनै कुनाकी ख्याउटी आमै छोराछोरी भोकै नमरुन भन्दै उनीहरूसँगै पुलबाट फरालेर आत्महत्या गर्छिन्। यो ३३ कोटी देवता बसेको देशमा उनी र उनको परिवारको भोक मार्न कुनै देवता आउँदैनन् बरु एक टुक्रा समाचार आउँछ रेडियोमा, 'अर्थमन्त्रिले आफ्ना गुरुबालाई  ५ करोड भेटि चढाए, देशको ढुकुटीबाट।' @nepaliadvocate साँच्चै गजज्बको छ यो देश। थरिथरिका नै सहि, यो देशमा निक्कै क्षमता भएका मान्छेहरू छन्। अनेक तिकडम जानेका व्यापारीहरू छन्। एकाबिहानै प्लाष्टिकमा पोको परेर घरघरको ढोका ढकढकाउन आउने डेरीको दूधमा फोहोर पानी मिसाइन्छ । दूधमात्र हैन बोतलमा बेचिने पानीमा माटो मिसाइन्छ। सुनमा चुन मिसाइन्छ। चुनमा घुन मिसाइन्छ। कुहिएको पिठोबाट ताजा पाउरोटी बन्छ। आज हरियो भएको केरा भोली पहेलो हुन्छ। पर्सि पिलित्तै हुन्छ। कांक्रा हप्तादिनमा बढ्छ। साग दुई दिनमै हुर्किन्छ। दुई महिना लाग्ने तरकारी बाटेमा दुई हप्तामै तयार हुन्छ। ब्वाइलर कुखुरा, बर्डफ्लुआए मात्र सखाप हुन्छ। हैन भने ४५ दिन नपुग्द...

को ड्राइभर, को खलासी ?

नेपालमा जहाज पुगेन बाहिरबाट किन्ने भन्दैछन बरु पोखरा काठमाडौं कुद्ने माइक्रोलाई पखेँटा हाल्दिए त भैहाल्यो नी । ती कुनै हवाइजहाज भन्दा कम छन् त ? बाफ रे यस्तो बत्ताउँछन् कि आफू त सुकेका पातझै उडेजस्तो लाग्छ । सुकेका पात जस्ता हामी यात्रुका ज्यान अब उडेर आँगोको भुंग्रोमा परेर खरानी हुन बेर छैन । जिन्दगीनै खरानी बनाउने गरेर गाडी कुदाउने फुच्चे केटाहरूको चुरिफुरी हेरिसक्नु हुन्न । अब किन यसरी जमिनमै नटेक्ने गरि कुदाको भनुम भने मुख भरिका जवाफ फर्काउलान भन्ने डर । हुन पनि बीचराहरूले कसरी चलाउन त बाटोमा बाटो पनि चलाउन लायकको भए हो हुन्छ । चारवटा भैसी पुर्न मिल्ने, १२ बोरा बर्डफ्लुले मरेका कुखुरा पुर्न मिल्ने खाल्डाखुल्डी पाइलै पिच्छे भेटिन्छन् । त्यो माथि आइसक्रिम जस्तै सम्झेर बालुवा पनि ट्रकमा चुलि बनाएर पानी चुहाउँदै ल्याउँछन्, काठमाडौंमा जो घर ठड्याउनु छ । बाटो च्यात्तिएर आपद । त्यस्तो बाटोमा ‘अत्तिन पत्ति पिंङमा बत्ति’ भनेझै गरि माइक्रो कुदाउँदा त आंङै सिरीङ हुने । एक पटक अचम्म भो । काठमाडौंबाट माइक्रो चढेको । आडैमा मोडामा पनि मान्छे राख्याथ्यो । ड्राइभरले खुब कुदाए गाडी । लड...

लोडसेडिङ जस्तो माया

हाम्रो माया चाकु जस्तो गुलियो होस् तर कालो नहोस् हाम्रो माया सखरखण्ड र तरुल जस्तो फैलियोस, झांगियोस् तर नमरोस हाम्रो माया स्वास्थानी जस्तो सधैं दोहोर्याएर पढ्न पाइयोस्, पढेर मिल्काउन नपरोस् तिलको लड्डु जस्तो साह्रो होस् प्रेमको गाँठो तर कसार जस्तो टोक्नै गाह्रो नहोस् सूर्य ग्रहण जस्तो वर्षवर्षा मात्र आउने नहोस् हाम्रो माया लोडसेडिङ जस्तो हरपल, हर क्षण साथ दिने होस् !!! हरपल, हर क्षण साथ दिने होस् !!! (२०६६-१०-१, कालिमाटी तरकारी बजार, तरूल सखरखण्ड व्यवस्थापन समिती) :)

भर्ना खुलेछ !

चाहेको रकम असुल्न पाइने सीत्तैमा मागेर हसुर्न पाइने रीस उठेमा छाला तार्दीन पाइने बङ्गारा गनेर झार्दीन पाइने सी।डी।ओ प्रहरी कुट्न पाइने कार्वाहीमा नपरि छुट्न पाइने आफ्नो वीरुद्ध बोल्नेलाइ धान चुटेझै चुट्न पाइने मुर्खको हातमा कानुन फुलेछ आउनुहोस् नयाँ भर्ना खुलेछ ।

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

डियर जाडो, आइ हेट यु

डियर जाडो,  अब तिमी डियर हुन छाडेकी छौं । तिमीसँग सम्बन्ध बिच्छेद गर्न मैले के के गरिन् ? चार हजारको जकेट किने । पन्जा, मोजा, टोपी, गलबन्दी, माक्स, चेसगार्ड यी सबैसँग सम्बन्ध बढाएँ । दैनिक १२ कप तातो चियाको चुस्की लिनथालेँ । राती सुत्ने बेलामा बन्द गर्न झ्याल, ढोका र यीनका छाउराछाउरी भेन्टिलेशन कुनै बाँकी राखिन । थर्मकोट लगाएँ अनि १० केजी कपासको सिरक माथि खास्साबाट ल्याएको ब्लाङकेट पनि खापेर सुतेँ । अझै पनि तिमी मलाई किन पच्छ्याइ राखेकी छौं ? मैले बुझ्न सक्याछैन । 

मापसेमा यमराज

-भवसागर घिमिरे (यमराज राँगोमाथि चढेका छन्  भने चित्रगुप्तले राँगो डोर्याइ राखेका छन् । यमराज राँगोबाट झर्छन् ।) यमराजः (थाकेर) ए चित्रगुप्त ! यो के गन्हाएको हँ ? चित्रगुप्तः यो बसपार्क गन्हाएको हो महाराज । यमराजः के हो मरेको मान्छे आचकल यमलोकमा बस चढेर आउँछन कि क्या हो ? चित्रगुप्तः हामी यमलोक हैन महाराज, पोखराको बसपार्कबाट अल्लि माथि आइपुग्यौं ।

भुकम्प उखान

भुकम्पको बेलामा , हरियो काँक्रो बोल्नेको स्वर सुनिन्छ , नबोल्ने ट्वालेटमा थुनिन्छ बाँदरको पुच्छार भुकम्पका बेलाँ , लौरो न हतियार अनिकालमा बिउ जोगाउनु , भुँइचालोमा जिउ जोगाउनु जाँड खाएर पहिल्यै हल्लेकालाई , भुकम्पले हल्लाउन सक्दैन सुत बुढी घर भत्केनी के भो त , हामी भाडामा बस्या मान्छे आच्छ्यु खाएँ बाच्छ्यु खाएँ झारे भुकम्प कागलाई भुकम्प , आयो हर्ष न बिस्मात

शिवरात्री उखान

* आफै त महादेव उत्तानो पर, कसले सुल्टो बनाइदियोस् * पशुपति क्षेत्रबिकास कोषमा पैसो छ, खल्तिमेरो रित्तै * गाँजा खाएको मान्छे, पाती देख्दा तस्रन्छ * अरुबेला साग पखाल, शिवरात्रीमा पाप पखाल जय बाग्मती * पशुपतिको जात्रा, गाँजाको व्यापार * पशुपतिका भट्ट, कमरेड प्रचण्डलाई छट्ट न पट्ट * नखाउ भने दिन भरिको शिकार, खाउँ भने गाँजाको बिकार

भ्यालेन्टाइन उखान

भ्यालेन्टाइनमा गलफ्रेन्डलाई इमेल पठाएको कम्प्युटर नै ह्याङ भयो ! १० वर्ष पत्रमित्रता बाट प्रेम आदान प्रदान गरेँ मोरी त हुलाकीसँग पोइला गैछे ! दिनदिनै लभलेटर झ्यालबाट फाल्दिन्थेँ केटीकी आमाले पढ्दी रैछे मस्केर हैरान ! आए गलफ्रेन्ड गए गिफ्ट ! रेष्टुराँमा मोमो ख्वाएँ थुप्पा ख्वाए आखिरामा त झुसेबारुलो ! काम पाइनस छोरी लभलेटर लेख ! दुईटी गलफ्रेन्ड बनाउनेलाई रामराम भन्न सकिन्छ ततेर्न सकिन्न ! जुन गर्लफ्रेन्ड आएपनि कानै चिरेका ! गर्लफ्रेन्ड आइ गर्लफ्रेन्ड आइ फुस्स! बाह्र छोरा तेह्र नाती हजुरआमाको आँखा लभलेटर माथी! छन् केटी सबै मेरी छैनन केटी सबै तेरी! खाने बेलामा घिन नसम्झनु डेटिङका बेला ऋण नसम्झनु! बिबाहित केटी भैसी बराबर! मुखमा रामराम बगलीमा सीता! भ्यालेन्टाइनको जात्रा ग्रीटिङकार्डको व्यापार! म गर्छु पिएको कुरो गर्लफ्रेन्ड गर्छे बिहेको कुरो!

ब्रेक अप-भ्यालेन्टाइन

भ्यालेन्टाइन १ प्रेम पत्र दिएँ भनेको त घरको तरकारीको बिल परेछ नसोध भो पछि के भो जीउ रक्सीले टिल परेछ भ्यालेन्टाइन २ म मन भरी फूल बिच्छ्याएर उनको घर पुग्दा त्यो त उनको माइत भैसकेछ तैपनि यसो मन फर्कन्छ कि भनी उनको कर्म घर गएको त धत् त्यहाँ त उनी सुत्केरी भै रैछ

हामी के फर्सी हो ?

Photo : Tek Narayan Bhattrai साइकलमा उँधो मुन्टाइएका ब्वाइलर कुखुराहरु झै भएका छौं कौसीमा झुण्डाइएका पाकेका फर्सीहरु झै भएका छौं बोटको टुप्पोमा फलेका दिन पुगेका मेवाहरु झै भएका छौं भिर भिरै खेद्दै कुदाइएका अबोध भेडाहरु झै भएका छौं साइकलबाट झर्न सक्छौं कौसीबाट खस्न सक्छौं बोटबाट गिर्न सक्छौं भिरबाट लड्न सक्छौं ए ड्राइभरहरु हो झ्याप्प ब‍े‍क नहान गाडीको हाम्रो जिन्दगीमा ब्रेक लाग्न सक्छ

मोर्डन नेपाली उखान

खाए खा नखाए फाल्दे काम पाइनस् केटो गुन्द्रुकमा आइरन लगाई डाडुले हानेको बूढो तरकारी थप्दा तर्सन्छ बोतल कोकको स्वाद बियरको एकादेशमा लोकतन्त्र थियो रे जंडियालाई के ट्वाइलेट के किचन जुक्ताको सोलमा चप्पलको तुना बाह्र छोरा तेह्र नाती बुढाको आँखा रेखाथापा माथि

बा ! काठमाण्डौं बिरामी छ

बा आरामै हुनुहोला । रुघाखोकी बाहेक मलाइ अरु ठिकै छ । बरु आमाको ग्याष्टीक कस्तो भो कुन्नी हिजो जनै पुर्ने छोरो घराँ मुख देखाउँन आन भनेर दुःख नमान्नु होला । के अर्नु याँ कामको माचामाच ऐले साल पनि पोर झै न घर आउन पाइयो न जनै लाउन पाइयो । बिहान बेलुकी दाल भात खाइयो सक्किगो चाडबाड ।  आज गाइजात्रा दिन । तपाइ त्यहाँ भोक झोक रोग र शोकले मरेकाहरुको सम्झनामा निकालेका गाइजात्रा हेर्दै हुनु होला । म त याँ सरकार बनाउनका लागि भइरा राजनैतिक गाइजात्रा हेर्दैछु । कैले कस्को धोति फुस्कन्छ कैले कस्को टोपी फुस्कन्छ भरै नहुँदो रैछ । कैले माओवादीले हावा खाने कैले काँग्रेसले कावा खाने । जे भानी चेपुवामा तपाइ हामी । भन्न त डाडुले कुटेको श्रीमान तरकारी थप्दा तस्रन्छ भन्छन तर खै यहाँ त कहिल्यं त्यस्तो भएन । जनताले नेतालाइ झपार्नु झपारे हपार्नु हपारे कतिलाइ त कोपारे पनि । सम्झाए बुझाए उनका अगि आफ्ना आँखा रुझाए पनि । तर आखीराँ उइ भो । बाह्रवर्ष कुकुरको पुच्छार ढुङ्गामा हाल्यो ढुङ्ग्रै बाङ्गो । कुर्चीकै लडाइमा जुग बिताउँने भए यीनले । उबेलाँ ज्ञानेन्द्र सापले नेताहरुलाइ फुटबल बनाएर राजनैतिक म...