Friday, May 20, 2016

बूढीगण्डकीमा कुदृष्टि !

प्रकाश गौडेल/भवसागर घिमिरे
जेष्ठ ७, २०७३- वैशाख दोस्रो साता भारतका अधिकांश हिस्सामा तापक्रम ४० डिग्री सेल्सियस नाघेपछि करिब ३३ करोड मानिस खडेरीको मारमा परेको खबर विश्वभर फैलियो । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार पूर्वी राज्य उडिसामा विद्यालयहरू बन्द गरिएका थिए ।
चर्को खडेरीकै कारण हाल भइरहेको इन्डियन क्रिकेट प्रिमियर लिगका फाइनलसमेत गरी १३ खेल महाराष्ट्रबाट अन्तै सार्न मुम्बई उच्च न्यायालयले फैसला गर्‍यो । उत्तर प्रदेशको काकोरी जिल्लाको एक गाउँभरिका ट्युबवेलहरू सुक्दा बालीनाली विनाश भएको भारतीय सञ्चार माध्यमले प्रसारण गरे ।
उता प्रचण्ड गर्मीको तातो तावामा भारत पाकिरहेको थियो । यता गोरखाको आरुघाट बजारलाई पनि सँगै बगेको बूढीगण्डकीको चिसो पानीले चिस्याउनसकेको थिएन । यही नदीमा प्रस्तावित जलविद्युत आयोजनाको बहसले वायुमण्डलीय तापक्रमलाई मात खुवाउँदै थियो ।
आरुघाटले सायदै बुझेको थियो, पुरै गाउँ उठाएर बनाउन लागिएको यो आयोजनाबाट आफूलाई चिस्याउन भारत पर्खिरहेको छ । बूढीगण्डकीको बिजुली कथाभित्र लुकेको पानी राजनीति के छ त ? हामी यसैको चर्चा गर्दैछौं ।

Sunday, May 15, 2016

सलाईले बोलाइ



Sketch: Krishana Gopal Shrestha/Kantipur
जेष्ठ २, २०७३- कोठा निक्कै अँध्यारो थियो । केही चलेको आवाज सुनियो । टेबलको घर्रा उघारियो । ‘ओइ उठ्न,’ सलाईले मैन बत्तीलाई उठाउन खोजी । मैनबत्ती भर्खरै निदाएको थियो । उसले उठ्न मन नलागेझैं गर्‍यो । फेरि कोल्टो परेर सुत्यो । सलाईले मैनबत्तीलाई झकझकाई, ‘उठ् रे के, आर्जनले भनेको ।’ आर्जनको नाम सुनेपछि मैनबत्ती जीउ तन्काउँदै उठ्यो र सोध्यो, ‘के भो ?’  ‘उज्यालो चाहियो रे, आर्जनलाई ट्वाइलेट जानुपर्‍यो,’ सलाइले भनी । ‘बिजुली बाले भैहाल्यो नि,’ मैनबत्तीले टार्न खोज्यो । त्यसैबेला छामछुम गर्दै ५ वर्षे आर्जन नजिकै आयो, ‘बिजुली नै छैन, लोडसेडिङ छ । टर्चलाइटको पनि चार्ज सकिएछ क्या ।’  उसको कुरा सुनेर मैनबत्तीले सोध्यो, ‘तर तिमीले सलाईको काँटी कोर्न जानेका छौ त ?’ मैनबत्तीको कुरा सुनेर आर्जनले जानिहाल्छु नि भन्ने जवाफ दियो । सलाईले बल्ल होस पाई, ‘साँच्चि हो त, आर्जनले भुलेर सानो गल्ती गर्‍यौ भने त खत्तमै हुन्छ १’ मैनबत्तीले पनि कुरा थप्यो, ‘म बलेपछि यता उता लडें भने के गर्ने नि ?’ ‘लडेर के हुन्छ त ? म उठाइहाल्छु नि,’ आर्जनले सजिलै भन्यो । सलाईले आर्जनलाई सम्झाउन थाली, ‘मैनबत्ती बलेर लड्यो भने त उसले आडैको तिम्रो होमवर्क कापी जलाएर खरानी बनाइदिन्छ । कापीसँगै कार्पेट पनि जल्छ । कार्पेटसँगै कुर्ची टेबल पनि बल्न थाल्छ ।’ 

Monday, May 2, 2016

‘समाज सेवाले मीठो निद्रा”

 -भवसागर घिमिरे
बेलायती सैन्य सेवामा लगभग साढे चार दशक बिताएका ७२ वर्षे मेजर चन्द्रबहादुर पुन सन् २००१ मा नेपाल फर्के । विश्वका ठूलाठूला युद्ध साम्य पारेर थकाइ मार्न उनी देश फर्कंदा नेपाल भने ‘जनयुद्ध’मा फसिसकेको थियो । सशस्त्र द्वन्द्वको भु्रंगोका बीच भएको
दरबार हत्याकाण्डले देशको राजनीतिक माहोलमा यति धेरै नैराश्य मिसाइदिएको थियो कि देश फर्कनेभन्दा बिदेसिनेको लर्को बढ्दो थियो । लामो समयको विदेश बसाइ । त्यसमाथि विश्वका विभिन्न देशमा सैनिक सेवा गर्दाको अनुभव । बेलायती सैनिकमा गोर्खालीले पाउने माथिल्लो स्तरको पद, मेजरसम्म पुगेका पुन जीवनको पछिल्लो अध्याय विदेशमै विलासी जीवन बिताउन पनि सक्थे । तर उनी नेपाल फर्के अनि यहाँ सामाजिक सेवामा रमाउन थाले । पोखरामा सामाजिक क्षेत्रमा ऐले बिस्तारै चम्कन थालेका मेजर पुनलाई के कुराले बेलायतबाट नेपालतर्फ फर्कायो त ? जिज्ञासा मेट्न म उनलाई उनकै घरमा भेट्न पुगेँ ।