Wednesday, December 29, 2010

साइकल कुद्यो मोबाइल बिग्रीयो

भवसागर घिमिरे
‘तिमी हामीले चलाउने भनेको यै सानो भाँडो त होनी अरु काँ किन्न सकिन्छ र,'‘मोबाइल किन्नु भएछ है दाई’ मैले सोधेको यो प्रश्नमा उनको उत्तर थियो त्यो । नोकिया-३३१० को ढम्पाङ मोबाइल सेट देखाउँदै उनले दिएको त्यो उत्तर मेरो लागि ठूलो व्यङ्ग्य थियो । २०५६ साल । पोखरा बजार । थोरै हुनेखानेका हातमा मात्र मोबाइल थिए ।
त्यस बेला क्यालकुलेटर त के हातमा आलु घडि किन्न पनि हम्मे हम्मे पथ्र्यो मलाई । त्यस्तो बेला’तिमी हाम्ले किन्न सक्ने…’ भन्दै उनले गरेको कुरा मेरो मनमा धेरै दिनसम्म गढेँ ।


साँच्चै भन्नु पर्दा त्यस भन्दा अगिका दिनमा मोबाइल भन्ने जन्तु मेरो सपना भन्दा धेरै परको कुरा थियो । तर अब भने बिस्तारै इखकै रुपमा भएपनि मेरो मनमा एउटा सपना पलायो ‘हातमा आफैले किनेको मोबाइल खेलाउने ।’
यस्तै मोबाइल सेट लिएर हिड्ने मेरा चिनेजानेका अर्का साथी थिए । २०५८ तिरको कुरा टुरिजम व्यवसायमा लागेका उनको त्यो मोबाइल चलाउने एकादुई अवसर पाए पनि ‘कसरी चलाउने’ भन्ने थाहा नपाएपछि मैले धेरै नै अफ्ठ्यारो महसुस गरेँ । साँच्चै भन्नु पर्दा मन खोलेर मोबाइल चलाउन सिक्न पनि पाएको थिइन मैले । लाग्थ्यो कुनै मोबाइल एक दिनैको लागि पाएँ भने त्योसँग भुलेर दिनै बिताइदिन्छु ।

Tuesday, December 28, 2010

सुइऽऽऽयँ झ्याप्प !

भवसागर घिमिरे
सुइऽऽऽयँ झ्याप्प । नमस्ते म साइकल । तिमी हिड्ने खुट्टा म गुड्ने पांग्रा । तराइको सम्मबाटोमा पनि कुद्दिन्छु । डाँडैडाँडा पनि हिड्दिन्छु । साँगुरो बाटोमा पनि छिर्छु । सम्म र ओरालोमा म तिमीलाई बोक्छु । ठाडो पहाड तिर चढ्न खोज्यौं भने तिमीले मलाई बोक्नु पर्छ । तिमीले मेरो पेडलमा बल लगाएनौ भने म हिड्दिन क्यारे । ओहो हतार पो भयो बाइबाइ गएँ है !



ल साइकल त गयो । उसले भन्नै भुल्यो कि हामीले रिक्सा चलाउन पनि आफ्नै बल लगाउनु पर्छ । गाडा तान्न पनि आफैं नै तम्सनु पर्छ । सामान बोक्ने गाडा क्या बयल गाडा होइन नी । बयल गाडालाई त गोरु राँगोले तान्छ । तराइमा देखेका हौंला नि तिमीले बयल गाडाले त गाडाले भन्दा पनि धेरै गह्रौं भारी बोक्छ ।

हुन त मान्छे पनि त भारी जस्तै गह्रौं हुन्छ नी । जिउ कति भारी हुन्छ है मान्छेको पनि मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने साधन पनि हुन्छन नी जनावरले तान्ने खालका ।
खच्चड गधाले तान्ने साधन देखेका छौं दुई पांग्रे क्या त तराइ तिर देखिने । हो टाँगा बल्ल चिन्यौं भारी त चौंरी भेडा गधा खच्चडले पनि बोक्छन् । अब भने तिमीले बुझे जस्तो छ । म दुर्गम पहाडी र हिमाली भेगको कुरा गर्दैछु । त्यहाँ गाडी सररर गुड्ने राम्रा सडक पुगेका छैनन् । साँघुरो उकालो ओरालो बाटोमा जनावरले नै सामान बोकेर लैजान्छन् । के गर्नु तिमी हामीले ठूलो भारी टाढा सम्म बोक्न गाह्रो हुन्छ नी त ।