Monday, March 7, 2016

कान्तिपुर कोपिला

पहिलो पटक कान्तिपुरको कोपिलामा प्रकाशित भएको लेख कोठा सफा गर्दा भेटियो । कान्तिपुरको अनलाईन अर्काईभबाट भने हटाइसकेकाे रहेछ । सम्झनाको लागि ब्लगमा नराखिरहन सकिन् ।

                                                     
                                                          प्रकाशित मिति : २०६७ मंसिर २७

दुइ पृष्ठ कान्तिपुर

गत मंगलबारको कान्तिपुरको दृष्टिकोण र बिचार पृष्ठ (हेर्नुहोला) त्यस्सै साँझ नियालेर हेरें । एकानब्बे
बर्षीय सत्यमायाले तिनदशकसम्म अल्झिएको मुद्दामा बल्ल न्याए पाएकोमा दृष्टिकोण पृष्ठको देवे्र कुनामा टुक्रुक्क बसेका नारायण वाग्ले खुसी देखिन्थे । सँग सँगै अलोकप्रीय अन्यायलय (भन्दा हुन्छ) लाइ लोकप्रीय न्यायलय (कैलेहोला?) बनाउनका निम्ति सकारात्मक कानुनी अभ्यास र प्रशासनीक सुधारको आवश्यकता पनि उनका कलमले औंल्याइरहेको थियो । त्यसैको दायाँ तर्फ तराइबाट संसदमा प्रतिनिधित्व गर्ने दलहरुले उठाएका मागहरुमा पाठकहरुले शब्दका तिर नचाइरहँदा तराइ, पहाड हिमाली, हामी सबै नेपालीको नारा घन्कीरहेको थियो । पत्रकै बिचमा छापीएको कार्टुनमा पनि अइलेको राजनैतिक परिस्थिति प्रतिबिम्वित भएको देखिन्थ्यो । दुइवटा म, मदनमणि र मोदनाथले अघिल्ला अंकमाहरुमा के लेखेछन कुन्र्नी  म’ बढी भो भन्दै केहि पाठकहरु गुनासो पनि गर्दैथे ।

चुट्किलाबाट सुरु भएको पत्रकारिता


यो बिसं २०५४ साल पछिका कुरा हुन् । स्थानीय पत्रपत्रिकामा चुट्किला छपाउनु मेरो ठूलो शोख थियो । त्यही चुट्किला आयो कि आएन भनेर हेर्न थालेपछि पत्रिका पढ्ने बानी बस्यो । पढ्न थालेपछि बिस्तारै लेख रचना लेख्ने बानी पनि बस्न थाल्यो । यस बीचमा स्थानीय दैनिकीहरुमा धेरै खालका लेख रचनाहरु छापिए । तीनलाई काटेर मैले आफ्नो अटोमा टाँस्न थालेँ । यो त्यही अटोग्राफीको लागि बनाइएको मोटो गाँतो वाला कपी थियो जसमा मैले मेरा साथीहरुलाई  सम्बन्धका सम्झनाका बारेमा भर्नको लागि दिने सोच बनाएको थिएँ । केही थोरैले भरे तर धेरै पाना खाली भए । पछि त्यही पानामा पत्रिकाका कटिङले ठाउँ पाए ।
पत्रिकाका कटिङहरूले अटो भरिँदै गए तर लेख्ने र पढ्ने मेरो मन भरिएन । पोखराबाट राजधानी अध्ययनको लागि छिरेपछि पत्रिकाको खोजी यहाँ पनि हुन थाल्यो । विशेषत कान्तिपुर दैनिकको लागि पाठक पत्र लेख्नु र छपाउने प्रयासमा अनेकौं लेखहरू लेख्दै पठाउँदै अनि नछापिएपछि बिर्सदै गर्नु मेरो दैनिकी बन्थ्यो । बिस्तारै यहाँका लेखहरु पढ्ने र लेख्ने प्रयासलाई निरन्तरता दिने गर्न थालेपछि पाठकपत्र हुँदै साप्ताहिक र कान्तीपुरमै पनि केही छोटा स्तम्भहरूमा मेरो रचनाले ठाउँ पाए । धेरै पाठकपत्रहरु लेखेँ ।  यसले नै पत्रकारितामा मेरो रस बसाल्यो । बुझ्दै पनि गएँ भिज्दै पनि गएँ । तर जति जान्यो उति अज्ञानी भइँदो रहेछ । यो ज्ञान लिने, पढ्ने, लेख्ने काम न कहिल्यै रोकिन्छ न कहिल्यै सकिन्छ, निरन्तर चलिनै रहनेछ ।

अटोमा राखिएका कुुराहरू कहिल्यै नहराउन भनेर डिजिटल दुनियाँमा कैद गरेको छु । केही उदाहरणहरुः

Cover of My Auto