बहिनीले नसोधिदिए हुन्थ्यो झै लाग्छ । तर ११ वर्षे मेरी बहिनी स्वास्तीकाको मन के मान्थ्यो ? उ प्राय मलाई यहि प्रश्न दोहो¥याइ रहन्छे, ‘बा कहिले आउनुहुन्छ ?’ खै के थाहा ? उनी त बेपत्ता पारिएका छन् । उनी आउने दिन यदि मलाई थाहा भएको भए, मैले भित्तेपात्रोको कुनै मितीमा कलमले ठूलो गोलो चिन्ह लगाएर राख्थेँ होला । यहि प्रश्न सोध्ने साथीहरूलाई ठ्याक्क मिति सुनाउँथे होला । मेरा आफन्त, चिनेजानेका सबैलाई गर्वका साथ भन्थेँ होला, मेरा बा यति दिन, हप्ता, महिना, बर्ष पछि घर आउँदैछन भनेर । तर मसँग कुनै बार, गते, महिना र वर्ष छैनन् भन्नका लागि । कसैले प्रश्न सोधिहाले चुपचाप आँशु बाहेक मसँग दिने कुनै उत्तर पनि हुँदैनन् ।
...A Blog By Bhabasagar