Sketch: Krishana Gopal Shrestha/Kantipur जेष्ठ २, २०७३- कोठा निक्कै अँध्यारो थियो । केही चलेको आवाज सुनियो । टेबलको घर्रा उघारियो । ‘ओइ उठ्न,’ सलाईले मैन बत्तीलाई उठाउन खोजी । मैनबत्ती भर्खरै निदाएको थियो । उसले उठ्न मन नलागेझैं गर्यो । फेरि कोल्टो परेर सुत्यो । सलाईले मैनबत्तीलाई झकझकाई, ‘उठ् रे के, आर्जनले भनेको ।’ आर्जनको नाम सुनेपछि मैनबत्ती जीउ तन्काउँदै उठ्यो र सोध्यो, ‘के भो ?’ ‘उज्यालो चाहियो रे, आर्जनलाई ट्वाइलेट जानुपर्यो,’ सलाइले भनी । ‘बिजुली बाले भैहाल्यो नि,’ मैनबत्तीले टार्न खोज्यो । त्यसैबेला छामछुम गर्दै ५ वर्षे आर्जन नजिकै आयो, ‘बिजुली नै छैन, लोडसेडिङ छ । टर्चलाइटको पनि चार्ज सकिएछ क्या ।’ उसको कुरा सुनेर मैनबत्तीले सोध्यो, ‘तर तिमीले सलाईको काँटी कोर्न जानेका छौ त ?’ मैनबत्तीको कुरा सुनेर आर्जनले जानिहाल्छु नि भन्ने जवाफ दियो । सलाईले बल्ल होस पाई, ‘साँच्चि हो त, आर्जनले भुलेर सानो गल्ती गर्यौ भने त खत्तमै हुन्छ १’ मैनबत्तीले पनि कुरा थप्यो, ‘म बलेपछि यता उता लडें भने के गर्ने नि ?’ ‘लडेर के हुन्छ त ? म उठाइहाल्छु नि,’ आर्जनले सजि...