Skip to main content

Posts

Showing posts with the label कथा

बिहारको माया हिमालमा

चैत्र ९, २०७५ भवसागर घिमिरे काठमाडौँ — गएको साल, दसैंको बेला  । मनाङबाट बिहारको बेतिया जिल्ला जान हिँडेका ४१ वर्षे मलख यादवलाई वीरगन्जमा सीमा प्रहरीले रोक्यो  । साथैमा हिँडेकी २७ वर्षे काली घलेलाई भारत बेच्न लागेको आरोपमा उनीमाथि केरकार सुरु भयो । गोरखाकी कालीले आफूहरू बिहे गरेर घर जान लागेको बताइन् । मलखले पनि सही थपे । भारतको कोठीमा सयौं नेपाली चेली बेचिएको परिवेशमा नेपाल प्रहरी सजिलै यो कुरा मान्न तयार भएन ।

धौलीको खुसी

धौली ६ वर्षकी भइन्। उनीसँगै उनको घरमा आमा र हजुरआमा मात्र हुनुहुन्छ। धौलीका बाबा भारतको बम्बैमा सुरक्षा गार्डको काम गर्नुहुन्छ। बासँग कुरा गर्नको लागि उनको आमासँग सानो मोबाइल फोन छ। शनिबार आयो कि आमाको ध्यान मोबाइलमै धैरै हुन्छ। बाको फोन आएपछि केहीबेर आमा, त्यसपछि हजुरआमा अनि बल्ल धौलीको बोल्ने पालो आउँछ। उनलाई हप्ताभरिको धेरै कुरा भन्न मन लाग्छ। बाबा भने ‘छोरी निकै छै के’ भन्दै सन्चो बिसन्चो सोधेपछि ‘बादमे कल करुंगा है’ भन्दै ट्याक्क फोन काट्नु हुन्छ। यस्तो हुँदा धौलीको मन दुख्छ।

प्रिग्नेन्सी टेस्ट

वैशाख २३, २०७४- काठमाडौंको नयाँबानेश्वरमा रहेको मेरो फ्ल्याट र उनी बसेको महिला छात्रावासबीचको दूरी लगभग दुई हात मात्र छ । दोस्रो तलामा रहेको उनको सानो तीनकुने कोठा दक्षिण पूर्व फर्केको छ । कोठाको दक्षिणतर्फ काठको फ्रेम भएका सिसाको झ्याल छ । झ्यालमा तीनवटा खापा अनि त्यसमाथि बुट्टेदार फलामको भेन्टिलेसन छ । झ्यालको पर्दा अलि सानो छ, दुई खापा मात्र ढाक्छ । खुला हुने बाँकी एक खापाबाट म उनलाई राम्ररी नियाल्न सक्छु । यसका लागि मैले फ्ल्याटको बाथरुम वा भान्छाकोठाको जाली खापाबाट चियाउनुपर्छ । कहिलेकाहीं पर्दा नपुगेको बाँकी एक खापामा उनी गम्छा झुन्डाउँछिन् । यस्तो बेला मेरो नजर र उनीबीच पूरै पर्दाको पर्खाल उभिन्छ । यति छोटो दूरीलाई ती पर्दाहरूले यति धेरै लम्बाइदिन्छन् कि मन बेचैन हुन्छ । मीठो बेचैनी, नछोएको शीतजस्तै, नलेखेको गीतजस्तै । एकान्तमा उनी गीत गुनगुनाउन रुचाउँछिन् । गुनगुनाउँदै कोठाबाट पूर्व फर्किइन् भने झ्यालबाट धुलाम्य खुला चौर अनि चौरसँगै जोडिएको सडक देख्न सक्छिन् । माटो उधिन्दै दगुर्ने डोजर अनि कामको सुस्त गतिका कारण बाटो लामो समयदेखि भर्खरै खनिएको आलुबारीजस्तै छ । बेला–बेला हुर...

सलाईले बोलाइ

Sketch: Krishana Gopal Shrestha/Kantipur जेष्ठ २, २०७३- कोठा निक्कै अँध्यारो थियो । केही चलेको आवाज सुनियो । टेबलको घर्रा उघारियो । ‘ओइ उठ्न,’ सलाईले मैन बत्तीलाई उठाउन खोजी । मैनबत्ती भर्खरै निदाएको थियो । उसले उठ्न मन नलागेझैं गर्‍यो । फेरि कोल्टो परेर सुत्यो । सलाईले मैनबत्तीलाई झकझकाई, ‘उठ् रे के, आर्जनले भनेको ।’ आर्जनको नाम सुनेपछि मैनबत्ती जीउ तन्काउँदै उठ्यो र सोध्यो, ‘के भो ?’  ‘उज्यालो चाहियो रे, आर्जनलाई ट्वाइलेट जानुपर्‍यो,’ सलाइले भनी । ‘बिजुली बाले भैहाल्यो नि,’ मैनबत्तीले टार्न खोज्यो । त्यसैबेला छामछुम गर्दै ५ वर्षे आर्जन नजिकै आयो, ‘बिजुली नै छैन, लोडसेडिङ छ । टर्चलाइटको पनि चार्ज सकिएछ क्या ।’  उसको कुरा सुनेर मैनबत्तीले सोध्यो, ‘तर तिमीले सलाईको काँटी कोर्न जानेका छौ त ?’ मैनबत्तीको कुरा सुनेर आर्जनले जानिहाल्छु नि भन्ने जवाफ दियो । सलाईले बल्ल होस पाई, ‘साँच्चि हो त, आर्जनले भुलेर सानो गल्ती गर्‍यौ भने त खत्तमै हुन्छ १’ मैनबत्तीले पनि कुरा थप्यो, ‘म बलेपछि यता उता लडें भने के गर्ने नि ?’ ‘लडेर के हुन्छ त ? म उठाइहाल्छु नि,’ आर्जनले सजि...

यहाँ मुत्ने कुकुर हो...

–भवसागर घिमिरे शुद्ध भैसी गेटैमा सूचना झुण्डाइएको थियो, ‘यहाँ शुद्ध भैसीको दूध पाइन्छ’ । गोठमा पुगेर हेर्दा एक जनादार्ई त्यहाँ बसेर केरा खाँदै थिए । आफूलाई दूध चाहिएको थियो, महिनावारी लैजान । ‘दाजु खैत भैसी ?’ प्रश्न सुन्ने बित्तिकै उनले घर तिर देखाए । घर गएर ढोका ढक्ढकाएको पाडीले ढोका खोली । हेरेको त भैसी भर्खरै नुहाएर शुद्ध भएर कपाल कोर्न लागेकी रैछे । पाडी टिभीमा कार्टुन हेर्दै थिई । मलाई देखेर भैसी खिस्स हाँसी । गोठका दाई पनि घर भित्र आए । ‘दाई मलाई दूध चाहियो,’ मैले भने, ‘शुद्ध होला नी ?’ ‘शुद्ध भैसीको दूध पाइन्छ भनेर लेखेको हेरिहाल्नु भो । त्यहाँ लेखेको अनुसार, भैसी शुद्ध छ त्यसको ग्यारेन्टी लिन्छु, दूध शुद्ध लेखेको छैन, ग्यारेन्टी दिन सकिन्न ।’ सत्य कुरा ‘यहाँ मुत्ने कुकुर हो’ एउटा यस्तै सूचना बोर्डको अघि एक मान्छे मस्त पिसाब फेर्दै थियो । राजधानीको व्यस्त बजारको छेवैमा । कुनो परेकाले हड्प्न बाँकी रहेको सानो सरकारी जग्गा । दुईचार सिस्नोका बोट । गन्यका घाँसले हुर्कने ठाउँ पाएका थिए । केही फोहोरका पोकापोकी अघिल्तिरको भित्तोमा यो सूचना पोतिएको थियो । आफूलाई सहज बनाइसकेपछ...

जिउँदै खाल्डोमा

–भवसागर घिमिरे ‘अब यसलाई गाड्नु पर्छ’ ‘म जिउँदै छु’ ‘कसले मरिस भन्यो र ?’ ‘किन गाड्न लाग्या त ?’ ‘हामी जिउँदो मान्छेलाई मात्र गाड्छौं’ ‘किन ?’ ‘हाम्लाई जिउँदो मान्छे मन पर्दैनं’ ‘तिमेरू जिउँदा छैनौं र ?’ ‘उहिल्यैँ मरिसक्यौं’

आमाको माया

-भवसागर घिमिरे ‘ओइ लडौला नी’ पानी जाने कुलोको छेउछेउ उफ्रदै हिडेको महेशलाई देखेर मिना खेतको परै बाट चिच्याइँ । ‘लड्दिन क्या, यस्ता कुला त कति नाघेँ नाघेँ,’ स्कुल जान लागेको महेश झन झन उफ्रदै हिड्न थाल्यो । उनीहरू घरबाट १ घण्टाको दुरीमा पर्ने प्रावि पढ्थे ।  ‘ऐया,’ महेश नभन्दै काल्नाबाट खस्यो । कतै हात खुट्टा त भाँच्चिएन ? टाउको काटेर रगत पो आयो की ? मिना हक्कानिँदै उसलाई उठाउन गई ।  ‘हा हाऽऽऽ ढाँटेको, ढाँटेको,’ काल्ना तल टुक्रुक्क लुकेर बसेको महेश हाँस्न थाल्यो । ‘झण्डै मेरो सातो खाएथ्यौं,’ मिनाले लामो सास फेर्दै भनि,‘आमालाइ भन्दिन्छु ।’ महेश फेरि उठेर दौडदै चिचच्यायो, ‘भन्दे सन्दे, आलु बारी खन्दे, सय पैसा गन्दे ।’ मिना भर्खर १० वर्ष पुगी । महेश ५ । उनीहरूको परिवारमा अब नाम लिन बाँकी भनेको आमा हरिमाया मात्र हो । एक साँझ घरमा मिना र महेशको भनाभन हुँदैथियो । हरिमाया आइपुगिन् । ‘के भो ?’ हरिमायाको बोलि खस्न नपाउँदै मिना कराउन थालि, ‘मेरो सिरानी मुनीको डलर पैसा यसले चोरेर आफ्नो खुत्रुकेमा हाल्यो ।’  झगडा मिलाउन हरिमायाले मिनाको दश रूपैयाँ आफैले नतिर...

रातेको माया

"कुखुरी काँ" लौ आइतराज बाजेको घरमा राते बास्यो । उसले चार पाँच पटक चिच्चयाउँदा पनि बाजे बज्यैका आँखा खुलेनन् । उनीहरु त हिजो साँझै मज्जैले तोङ्बा खाएर सुतेका थिए । आइतराज बाजेलाई बिहान बिहानै बासेर निन्द्रा खल्बलाइदिने रातेको बानी कत्ति मन पर्दैन्थ्यो । बाजे बज्यै निन्द्रामा भएपनि रातेको निन्द्रा भने हटिसकेको थियो । रातेको ज्यान ठूलो । खोर सानो । उ सधैं बिहान आत्तिदै यसरी नै कराउने गथ्र्यो । सधैं झै आज पनि उसको खोरको छेस्कनी खोल्न सबिना दौडदै आइपुगी । "यसलाई कति चाँडै उज्यालो हुन्छ भने," उ कराउँदै रातेलाई खोर बाहिर निकाली "एकछिन सुत्न पनि दिन्न ।" सबिना रिसाएको पत्तो पाएको रातेले गल्ति गरेझै टाउको निहुरायो । "भैगो काम थियो उठाइदियौं राम्रै भो" सबिना हाँसेर बोलेपछि भने राते बुरुक्क उप्रुेर घरको भर् याङमा पुग्यो । ज्यान तिनिक्क तन्काउँदै कुर्लन थाल्यो "कुखुरी काँ" । सबिना हाँस्दै पँधेरा तिर दकुरी । राते पनि उनैको पछि लाग्यो । *** सबिना ११ वर्षकी भइन् । उनको घर पूर्व पाँचथरको दुर्गम गाउँमा पर्छ । एकाबिहानै बाघमारा डाँडामाथि घाम उ...

सुइऽऽऽयँ झ्याप्प !

भवसागर घिमिरे सुइऽऽऽयँ झ्याप्प । नमस्ते म साइकल । तिमी हिड्ने खुट्टा म गुड्ने पांग्रा । तराइको सम्मबाटोमा पनि कुद्दिन्छु । डाँडैडाँडा पनि हिड्दिन्छु । साँगुरो बाटोमा पनि छिर्छु । सम्म र ओरालोमा म तिमीलाई बोक्छु । ठाडो पहाड तिर चढ्न खोज्यौं भने तिमीले मलाई बोक्नु पर्छ । तिमीले मेरो पेडलमा बल लगाएनौ भने म हिड्दिन क्यारे । ओहो हतार पो भयो बाइबाइ गएँ है ! ल साइकल त गयो । उसले भन्नै भुल्यो कि हामीले रिक्सा चलाउन पनि आफ्नै बल लगाउनु पर्छ । गाडा तान्न पनि आफैं नै तम्सनु पर्छ । सामान बोक्ने गाडा क्या बयल गाडा होइन नी । बयल गाडालाई त गोरु राँगोले तान्छ । तराइमा देखेका हौंला नि तिमीले बयल गाडाले त गाडाले भन्दा पनि धेरै गह्रौं भारी बोक्छ । हुन त मान्छे पनि त भारी जस्तै गह्रौं हुन्छ नी । जिउ कति भारी हुन्छ है मान्छेको पनि मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने साधन पनि हुन्छन नी जनावरले तान्ने खालका । खच्चड गधाले तान्ने साधन देखेका छौं दुई पांग्रे क्या त तराइ तिर देखिने । हो टाँगा बल्ल चिन्यौं भारी त चौंरी भेडा गधा खच्चडले पनि बोक्छन् । अब भने तिमीले बुझे जस्तो छ । म दुर्गम पहाडी र हिमा...