Saturday, May 28, 2011

सिंजाको सेरोफेरो


भवसागर घिमिरे

म छक्क परेँ जुम्ला बसपार्कमा गाडीको भिड देखेर । सुर्खेत दैलेख र कालिकोट हुँदै जुम्ला भित्रिएका ट्याक्टर जीप र बसले पुरै बसपार्क भरिएको थियो । यो देख्दा कर्णालीको मुहार बिस्तारै फेरिँदै गएको अनुभव हुन्थ्यो । यिनै ढुवानीका साधन सुर्खेतबाट कर्णाली उकालो लाग्दा जुम्लामात्र हैन मुगु कालिकोटमा आकासियको सामानको बजारभाउ एक्कासी ओरालो झरेको थियो ।

फेरिएको कर्णाली जीवन हेर्ने सपना अब साँच्चैनै पुरा हुँदैथियो मेरो । जुम्लाबाट सिंजा हुँदै मुगु उपत्यकाको यात्राका लागि झोला बोकेर खलंगा बसपार्क पुगेको थिएँ म । हाटिसंजाका सुर्यमणी हमाल पनि मसँगै थिए ।

'हामी सिंजाको आचार्यलिही सम्ममात्र गाडीमा जान्छौं' सुर्यमणीले यात्राको बारेबताउन सुरु गरे 'लगभग ४ देखि ५ घण्टाको यात्रा ।' गाडीबाट ओर्लेपछि हाटिसंजा पुग्न हामीले झण्डै उती नै घण्टाको पैदल यात्रा गर्नु पथ्र्यो । यसका लागि केही ड्राइफुड र पानी सहितको बोतलसँगै म तम्तयार भएको थिएँ । हुन त सिंजाका लागि जुम्लाबाट पुरै पैदल यात्राको बाटो नभएको भने हैन । बिहानै हिड्ने हो भने जलजलाको लेक भएर सामान्य हिडाइले १२ देखि १४ घण्टामा हामी हाटिसंजा पुग्न सक्छौं । गाडीको यात्रा छोटो हुनु पर्ने भएता पनि कालिकोट छोएर जाने र घुमाउरो पर्ने भएकाले सोचेजस्तो चाँडो भने हुँदैन् । तै पनि नौलो अनुभव लिनका लागि बल्ल तल्ल ११ बजेको अन्तिम गाडी समाउन भ्यायौं हामीले ।

Tuesday, May 10, 2011

खड्गमायादेखि मनमायासम्म

Bhabasagar Ghimire's picture
घुर्बिसे पन्चमी पाँचथरको आफ्नै सानो होटलमा उनी चिया पकाउँदै थिइन् । चिया पिउन आएकाहरुसँग ठट्टा पनि गर्दै थिइन् । मनमायाको कथाका लागि कलाकार खोज्दै पाँचथर पुगेको म उनैको पसलमा बसेर तीनै खड्गमाया दिदीलाई नियाली रहेको थियो । उनी पसलमा उधारो खाएकालाई पैसा तिर्न कराउने मात्र हैन सधैं आइरहने ग्राहकलाई रमाइलो व्यवहारले आइरहने बनाउन तल्लित थिइन । यीनै खड्गमायालाई नाटककी हठ्ठी मनमाया बनाउने सोच मेरो मनमा त्यसै बेला आयो । उनी कथा मिठो सारङ्गीको नियमीत सुन्ने गर्छिन भन्ने थाहा पाएर मेरो आत्मविश्वास झन् बढ्यो । 'दिदी यो कथा मिठो सारङ्गीको नाटक खेल्नु हुन्छ, ' मेरो प्रश्न सुन्ने बित्तिकै उनी अलमलमा पर्दै भनिन् 'आम्मै काँ सकुँला र ?'


तर सबै कुरा बताएपछि भने उनी कलाकार छनौटमा भाग लिन राजी भइन् । 'मैले नाटकमा अभिनय गर्नेबारेमा सोचेकै थिइन्', ४२ वर्षे खड्गमायाले भनिन्, 'एकाएक कसरी खेलेँ थाहै पाइन् ।' गत फागुन महिना उनले नाटक खेल्नका लागि ८ दिन पसल छाड्नु पर् यो । उनको पसलमा कहिले श्रीमान त कहिले बहिनी बसेर व्यापारमा सघाएछन् । नाटक बज्न थालेपछि भने उनका पसलमा आउने मान्छेको चाप बढे । 'जो पसल अघिको बाटो भएर हिड्थे मकहाँ नपसी छाड्दैनथे', उनले भनिन् 'कोही मेरो अभिनयको प्रशंशा गर्थे त कोही क्यारीकेचर गरेर जिस्काउँथे ।'



यसरी एकाएक आफ्नो प्रशंसक बढेपछि मनमाया दंग छिन् । स्थानीय सुमात्लुङ्ग र इगल एफएमबाट फिदीम आएको बेला अन्तर्वार्ताका लागि आफूलाई निम्तो पनि आएको उनले बताइन् । पहिलो पटक जीवनमा नाटकका खेल्दाको अनुभव साट्दा उनी निक्कै उत्साहित भएकी थिइन् । उनका श्रीमान ज्यामी कामका लागि दैनिक गाउँघर डुल्ने गर्थे ।

Tuesday, May 3, 2011

Just New Creation

video
ख्याल ख्यालमै एक मिनेटको सानो भिडियो तयार गरेँ यो मेरो पहिलो प्रयास हो तपाइबाट सुझावको अपेक्षा गरेको छु...

Monday, May 2, 2011

सन्तान खोज्दै आमाहरु


पशुपतिका घाटछेउ
उराठ वृद्धाश्रममा
मृत्यु नजिकीएका आमाहरु
तिनकुनेका पुलपारीको वृद्धाश्रममा
बाती काट्दै गरेका आमाहरु
रविभवनको दिलशोभा घरबाट
सडक नियाली रहेका आमाहरु
डोर् याउने कोमल हात खोज्दैछन्
तपाइ हाम्रै साथ खोज्दैछन्
कैयौं सन्तान जन्माएका उनीहरु
आफूले नजन्माएका सन्तान खोज्दैछन्
सहारा दिने नयाँ सन्तती खोज्दैछन्
(भवसागर घिमिरे-२०६८)