Saturday, December 28, 2013

जिएमओ : प्रयोगशाला बन्दैछ नेपाल


जिएमओ र मोन्सान्टो कम्पनीका बारे पुष, १३, २०७० को नागरिक शनिबारबाट केही मुख्य बुँदाहरू:

अमेरिकाले सन् २००० मा जिएमओ मकैको एक जात बिटी कर्न लाई खानका लागि नभइ दानाका लागि मात्र उपयुक्त भएको ठहर्याएको थियो । तर खाने मकैमा पनि दानाका केही अवशेष फेला परेपछि अमेरिकी सरकारले बजारमा पठाइएका बिटी कर्न पूरै फिर्ता लियो । सो मकैमा पाइएको बिटी टक्सिनले मानिस लगायतका स्तनधारी जनावरको रगतमा असर पार्ने अध्ययनले देखाएको छ ।

यो घटनाको ९ वर्ष पछि वर्चेस्टर पोलिटेक्निक इन्स्टिच्युट (डब्लुपिआइ) को एक अध्ययन प्रतिवेदन     (एक अमेरिकी विश्वविद्यालयको रिसर्च पेपर ??) ले सन् २००९ मा नेपालमा जिएमओ मकै बिटी कर्नको सफल परिक्षण गरिएको उल्लेख भएको छ । जसलाई नेपालमा अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टो कम्पनीले नै नेपाल प्रवेश गराएको डब्लुपिआइले किटानी गरेको छ ।

‘हो र ! थाहै पाइन त’

डब्लुपिआइ रिपोर्ट: मोन्सान्टोको सक्रियतामा पाँच वर्ष अघि नै नेपालमा जिएमओ बीउको परीक्षण भइसकेको छ ।
सरकारः नेपाल कृषी अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक दिलबहादुर गुरुङ, ‘हामीलाई भने यसबारेमा कुनै जानकारी छैन ।’
रोचक कुराः नेपालको बीउ नितीले अनुसन्धानको निहुँमा जिएमओ प्रवेश खुकुलो पारेको पनि पाँच वर्ष नै भयो ।

शंकाः आम्मै, कस्तो ठ्याक्क, पाँच वर्ष नै भएको त ? साँठगाँठ हुनसक्छ !

‘फिड द फ्युचर’ (किल द फ्युचर ?)

  • ‘फिड द फ्युचर’ कार्यक्रम अन्तर्गत नै युएसएड र कृषि विभागले आधिकारीक रूपमै २०११ मा मोन्सान्टोका हाइब्रिड बिउ नेपाल भित्राउन खोजेका थिए ।
  • फिड द फ्युचरकै रिपोर्टका अनुसार हाइब्रीड बिउको बाटो हुँदै जिएमओमा पुग्ने रणनिती उनीहरूको छ ।
  • प्रतिवेदनमा उल्लेखित जिएमओ बिउ मध्ये सबै भन्दा जोखिम पुर्ण बिउ आइरन मिसिएको धान हो । जसलाई कार्यन्वयनमा ल्याउन अझै दश वर्ष अनुसन्धान गर्नु पर्ने तर्क सन २०११ मा वनस्पती सम्बन्धी अष्ट्रेलियन बैज्ञानिकहरूले गरेका थिए । तर अमेरिकी कम्पनीले सन २०१५ मा नेपालमा ल्याउने रणनिती रिपोर्टमा उल्लेख गरेको छ (बिना अनुसन्धान ? नेपाल प्रयोगशाला ?) ।
  • २०६६ साल चैत्रमा तराईमा एकाएक मकैमा घोगा लागेन भन्दै किसानहरू आन्दोलित भए । सो बेला गरेको अनुसन्धानले घोगा नलागेको मकैको बिउमध्ये मोन्सान्टोकै पिनाकल जातको मकैको बिउ ७० प्रतिशत थियो । बाँकी अन्य विउहरू थिए । नेपाल सरकारले त्यती बेला  किसानहरूलाई २० करोड क्षतीपुर्ति दिएको थियो । 

घोगा नलाग्ने मकैको बिउः मोन्सान्टोको ।
क्षतिपुर्ति भराउनेः नेपाल सरकार (हामीले तिरेको कर ) ।
कम्पनीलाई कार्वाहीः शुन्य ?

करिब चार वर्ष अघि मोन्सान्टोले उत्पादन गरेको हाइब्रीड मकैको बिउ नेपालमा दर्ता भयो, नाम थियो ‘सुपर ९०० एम’ । यो त्यही विउ थियो जसलाई भारतको विहार सरकारले दूषित र खराबयुक्त भन्दै बिक्रि बितरणमा रोक लगाएको थियो । मोन्सन्टोको यस्ता हाइब्रीड बिउ नै असफल भएको धेरै उदाहरणहरू छन् ।

दुई दिनमा सिजीको दुई थरी बोली

सिजी सिड्सका प्रवन्ध निर्देशक अभिनाश पन्तको बोली । (Click Down: Read More)