जिएमओ र मोन्सान्टो कम्पनीका बारे पुष, १३, २०७० को नागरिक शनिबारबाट केही मुख्य बुँदाहरू:
अमेरिकाले सन् २००० मा जिएमओ मकैको एक जात बिटी कर्न लाई खानका लागि नभइ दानाका लागि मात्र उपयुक्त भएको ठहर्याएको थियो । तर खाने मकैमा पनि दानाका केही अवशेष फेला परेपछि अमेरिकी सरकारले बजारमा पठाइएका बिटी कर्न पूरै फिर्ता लियो । सो मकैमा पाइएको बिटी टक्सिनले मानिस लगायतका स्तनधारी जनावरको रगतमा असर पार्ने अध्ययनले देखाएको छ ।
यो घटनाको ९ वर्ष पछि वर्चेस्टर पोलिटेक्निक इन्स्टिच्युट (डब्लुपिआइ) को एक अध्ययन प्रतिवेदन (एक अमेरिकी विश्वविद्यालयको रिसर्च पेपर ??) ले सन् २००९ मा नेपालमा जिएमओ मकै बिटी कर्नको सफल परिक्षण गरिएको उल्लेख भएको छ । जसलाई नेपालमा अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टो कम्पनीले नै नेपाल प्रवेश गराएको डब्लुपिआइले किटानी गरेको छ ।
‘हो र ! थाहै पाइन त’
सरकारः नेपाल कृषी अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक दिलबहादुर गुरुङ, ‘हामीलाई भने यसबारेमा कुनै जानकारी छैन ।’
रोचक कुराः नेपालको बीउ नितीले अनुसन्धानको निहुँमा जिएमओ प्रवेश खुकुलो पारेको पनि पाँच वर्ष नै भयो ।
शंकाः आम्मै, कस्तो ठ्याक्क, पाँच वर्ष नै भएको त ? साँठगाँठ हुनसक्छ !
‘फिड द फ्युचर’ (किल द फ्युचर ?)
- ‘फिड द फ्युचर’ कार्यक्रम अन्तर्गत नै युएसएड र कृषि विभागले आधिकारीक रूपमै २०११ मा मोन्सान्टोका हाइब्रिड बिउ नेपाल भित्राउन खोजेका थिए ।
- फिड द फ्युचरकै रिपोर्टका अनुसार हाइब्रीड बिउको बाटो हुँदै जिएमओमा पुग्ने रणनिती उनीहरूको छ ।
- प्रतिवेदनमा उल्लेखित जिएमओ बिउ मध्ये सबै भन्दा जोखिम पुर्ण बिउ आइरन मिसिएको धान हो । जसलाई कार्यन्वयनमा ल्याउन अझै दश वर्ष अनुसन्धान गर्नु पर्ने तर्क सन २०११ मा वनस्पती सम्बन्धी अष्ट्रेलियन बैज्ञानिकहरूले गरेका थिए । तर अमेरिकी कम्पनीले सन २०१५ मा नेपालमा ल्याउने रणनिती रिपोर्टमा उल्लेख गरेको छ (बिना अनुसन्धान ? नेपाल प्रयोगशाला ?) ।
- २०६६ साल चैत्रमा तराईमा एकाएक मकैमा घोगा लागेन भन्दै किसानहरू आन्दोलित भए । सो बेला गरेको अनुसन्धानले घोगा नलागेको मकैको बिउमध्ये मोन्सान्टोकै पिनाकल जातको मकैको बिउ ७० प्रतिशत थियो । बाँकी अन्य विउहरू थिए । नेपाल सरकारले त्यती बेला किसानहरूलाई २० करोड क्षतीपुर्ति दिएको थियो ।
घोगा नलाग्ने मकैको बिउः मोन्सान्टोको ।
क्षतिपुर्ति भराउनेः नेपाल सरकार (हामीले तिरेको कर ) ।
कम्पनीलाई कार्वाहीः शुन्य ?
करिब चार वर्ष अघि मोन्सान्टोले उत्पादन गरेको हाइब्रीड मकैको बिउ नेपालमा दर्ता भयो, नाम थियो ‘सुपर ९०० एम’ । यो त्यही विउ थियो जसलाई भारतको विहार सरकारले दूषित र खराबयुक्त भन्दै बिक्रि बितरणमा रोक लगाएको थियो । मोन्सन्टोको यस्ता हाइब्रीड बिउ नै असफल भएको धेरै उदाहरणहरू छन् ।
दुई दिनमा सिजीको दुई थरी बोली
सिजी सिड्सका प्रवन्ध निर्देशक अभिनाश पन्तको बोली । (Click Down: Read More)
२०७० साल पुष ४ गते : अघिल्लो वर्ष आयात गरेको बिउ केही मात्रामा बाँकी रहेकाले स्टक क्लियरेन्सका लागि पत्रिकामा विज्ञापन गरेको हो । (बीबीसी नेपाली सेवाको साँझको कार्यक्रममा अन्तवार्ता दिँदै) ।
२०७० साल पुष ५ गते प्रेस मिटः स्टोर किपरको गल्तिले गर्दा विज्ञापन छापिएको हो, हामीसँग बिउ छैन ।
दुई दिनमा दुई थरि कुरा, हामीले के बुझ्ने ?
अझ्, सिजी सिड्सले पछिल्लो समय मोन्सान्टोसँग कुनै कारोबार नगर्ने बताए पनि उसँगको सम्झौंता र बिगतको कारोबार बारेमा भने आजसम्म केहि खुलाएको छैन ।
भारत र विश्व
- नेपालमा मात्र नभइ भारतमा पनि मोन्सान्टो समस्याको रुपमा छ । भारतीय मिडियामा आएका विभिन्न समाचार र प्रतिवेदनलाई आधार मान्नेहो भने मोन्सान्टो सुरुमा हाइब्रिड बिउ बेच्न भनेर बजार पस्छ र सरकारलाई सोध्दै नसोधी गुपचुप रुपमा जिएमओ परिक्षण गर्न थाल्छ । (मनोमानी ?)
- भारतीय सरकारी तथ्याङ्क अनुसार दुई लाख ८० हजार भन्दा धेरै कृषकले सन् १९९५ यता आत्महत्या गरिसकेका छन् । कपास खेती हुने क्षेत्रतिर धेरै आत्महत्या भएका छन् । जहाँ बिउको स्वामित्व कृषकबाट अन्तराष्ट्रिय बिउ उत्पादक कम्पनी (मोन्सान्टो) को हातमा पुगेको छ । किसानहरू ऋणमा डुबेका छन् ।
- सन् १९९८ मा वल्ड बैंकले भारतलाई नयाँ बिउ निती अख्तियार गर्न दबाद दियो । जसले मोन्सान्टोको भारत प्रवेश सहज बन्यो । मोन्सान्टोले पहिला स्थानिय साना बिउका कम्पनीसँग सहकार्यको बाहाना गर्छ र पछि एकाधिकार जमाउँछ ।
- ‘द इन्टर नेशनल एसेसमेन्ट अफ एग्रिकल्चर नलेज, साइन्स एण्ड टेक्नोलोजी फर डेभ्लप्मेन्ट’ नामक प्रतिवेदनले आनुवंशिक परिवर्तन गरिएका उत्पादनले खाद्य संकटको दिगो समाधान नगर्ने निक्र्यौल निकालेको थियो । यो प्रतिवेदन संसारका चार सय बैज्ञानिक मिलेर तयार पारेका थिए ।
- विश्वभर जिएम फुड खान हुने नहुनेबारेमा अनुसन्धान जारी छ । सुरुमा पशुका लागि मात्र भनेर उत्पादन थालिएको यसले उत्पादकको व्यारिक जालोले यसलाई त्यसमै मात्र सिमीत राखेन । पशुपन्छी हुँदै मानवीय भोजनमा समेत यो अप्राकृतिक भोजन नजानिँदो रुपमाले प्रवेश भैसकोको छ । यसको प्रयोगले पशु र मान्छे दुबैको कलेजो, पित्त मृगौला र प्रजनन स्वास्थ्यमा समस्या ल्याउँछ ।
- युरोपियन युनियनका सबै देशसँगै अस्ट्रेलिया चीन जापान लगायत ४० भन्दा बढी मुलकमा जिएम फुड प्रतिबन्धीत छ ।
- मोन्सान्टोका लागि नै काम गरिसकेका वैज्ञानिक गुडम्यान भन्छन्, ‘कुनै पनि चिजको प्राकृतिक गुण परिवर्तन गर्नु भनेको जुवा खेल्नु जस्तो हो । यसो दुष्प्रभाव कहिले देखिन्छ अनुमान गर्न सकिन्न ।
- अमेरिका र युरोपमा घारका घार मौरी मर्नुमा अध्ययनहरूले जिएम खेतीलाई नै दोषी देखाएका छन् ।
- मोन्सान्टाको स्वार्थ विउमाथि आफ्नो सर्वाधिकार कायम गर्नु हो किनकी यसको बिउ एक पटक मात्र प्रयोग गर्न सकिन्छ ।
र अन्त्यमा,
- मोन्सान्टो मकै खाँदा हामीले त्यस ब्याक्टेरियाको वंशाणु पनि खाइरहेकै हुन्छौं । यसले हाम्रो जैविक विविधताको संसार भित्रका किरा फट्याग्रां, पुतलीहरूमा के प्रभाव पार्ने हो ? तिनको भोजनले हामीलाई के कति फाइदा हुने हो ? यी प्रश्न अझै अनुत्तरित नै छन् ।
- नेपाल जस्तो पर्यावरणको विविधताले भरिएको देशमा बिउ परिक्षण गर्ने प्रयोगशाला कुनै पनि ठूला कम्पनीका लागि ठूलो अवसर हो । अस्थिर सरकार र कमजोर प्रशाशनका बीच ससाना छिद्रबाट पनि हात्ति छिर्नेगर्छ ।
हेर्ने नहेर्ने, बोल्ने नबोल्ने हामीले नै हो, किनकी भोली भोग्ने हामी नै हो ।
धन्यवाद पत्रकार/लेखक/वातावरणविद्:
सन्तोष रिमाल, अर्पण श्रेष्ठ, भाषा शर्मा, स्वरूप आचार्य, तिर्थबहादुर श्रेष्ठ, बन्दना शिवा ।
विस्तृतमा पढ्न
अनुवांशिक बीउको प्रयोगशाला बन्दैछ नेपाल
http://www.nagariknews.com/feature-article/story/11389
http://www.nagariknews.com/nagarik-sanibar/story/11384
Comments
Post a Comment