Wednesday, September 9, 2009

अध्यारोबाट उज्यालो तिर

भवसागर घिमिरे

गुल्मीका दिनेश ज्ञवालीले सानो छँदै दृष्टि गुमाए । हेटौडाकी सुप्रभा आचार्य अल्प दृष्टि छ । उनीहरू मात्र हैन तनहुँका सरोज भट्टर्राई, कञ्चनपुरका भविन्द्र सिङ र चितवनका मनोज गौंतमको पनि सानैमा दृष्टि गुमेको छ । यसरी विभिन्न जिल्लाका उनीहरूलाई समयले अहिले एकै ठाउँमा ल्याएको छ, कीर्तिपुरको ल्यावोरेटोरी उच्च मावि ।

१६ वर्षहाराहारीका उनीहरू अहिले नयाँ काममा व्यस्त छन् । के काम होला त - 'नाटक रिहर्रसल गर्दैछौं,' कक्षा ९ अध्ययनरत भविन्द्रले नाटकको नाम बताए, 'ग्रिन सिग्नल ।' शिर्षको अर्थ के हो त - हरियो संकेत वा अगाढी बढ् भन्ने संकेत ।

भविन्द्र सानै देखि रेडियो सुन्थे । रेडियोमा नाटक सुन्दा यस्तै खेल्नपाए हुन्थ्यो झै लाग्थ्यो रे । दश कक्षामा पढ्ने दिनेशले पनि यस्तै सोचेर बस्दा रहेछन रेडियो सुन्दा । सरोज त साथीहरूसँग मिलेर साँझ क्यासेटमा आफै नाटक रेकर्ड गर्दथे रे । 'अनि प्ले गरेर पनि सुन्थे' कक्षा आठका उनले भने । यसो गर्दा उनी र उनका साथीहरू रात गएको पत्तो पाउँदैन थे ।

भच्काइदे


पैला तेरो नाम भन,
गर्न आको काम भन,
अनि आफ्नो गाम भन,
घुस मागे भुस पार्दे,
आलटाल गरे ढुस पार्दे,
हाकीम साकीम बंङ्गरा झार्दे
ढाड साड लच्काइदे
निहुँ खोज्नेलाइ भच्काइदे

खानेपानी, बिद्युत सटासट
भन्सार, मालपोत फटाफट
भएन भने हिर्काइदे
हाडखोर बङ्गाइदे
जसको शक्ती उसको भक्ती
कालो मोसो रङ्गाइदे
गर्दन पुरै मस्काइदे
निहुँ खोज्नेलाइ भच्काइदे

सोझो मान्छे खाली हात
भरिहुन्छ जाली हात
दल बलले हीरो बन
खुर्सानी भन्दा पीरो बन
पढे पनि बेरोजगार
नपढे'नी बेरोजगार
किताब कापी मील्काइदे
गाला साला पच्काइदे
निहुँ खोज्नेलाइ भच्काइदे

(भवसागर घिमिरे, समता काव्य सन्ध्या-२०६२)

निहुँ खोज्ने कोही छ ?

भवसागर घिमिरे
हात भाँच्दिन्छु, दाँत भाँच्दिन्छु। बोरामा राखेर क्याम्पमा लगेर खाँदिन्छु। क्याम्पस प्रमुखलाई कुट्दिन्छु, औधोगिक क्षेत्रका व्यापारिलाई पनि कुट्दिन्छु। एक एकलाई समातेर चिकेन फ्राइ झैँ भुट्दिन्छु। ए पुलिस आउँछस समात्न ? नेताको एक फोनले छुट्दिन्छु। मलाई के नपुग छ र, सब थोक पार्टी जुराउँछ। घ्याम्पो जाँड छ, ठेकीमा मोही छ। ओइ, मसँग निहुँ खोज्ने कोही छ ?

कसैले 'वइ स्याल' भन्छन, कसैले 'युथ कोर्स' भन्छन्। 'गरुण जस्ता', 'कराइ फोर्स' जे भनेनी, हाम्लाइ ठूलै मान्छे गन्छन। कहिले चन्दन तस्करी रोक्दिन्छु। कहिले आफै तस्करबनी बोक्दिन्छु। भष्ट्राचारीलाई कानुनले हैन, भ्याच भ्याच हातैले ठोक्दिन्छु। उद्योग बन्द गर्दिन्छु, स्कुल बन्द गर्दिन्छु, गरिब उक्साउनलाई सबैको कान भर्दिन्छु। मै हो क्या कानुन, नेपाली मानुन या नमानुन।

हाम्रा नेताले भन्दैछन्, सडक सदन बाल्ने हो। प्रचण्ड गर्मीको तातोले, माकुरे सरकार ढाल्ने हो। नेताको त म दाहिने हात, मर्ुख हो मेरो जात। सत्ता पल्टाउन पर्यो भने बौलाइदिन्छु रातारात। कुखुराको सपेटाले मोल्छु दाँत, बियरले गर्छु मुख कुल्ला। हातमा मेरो रिमोट छ, घरि बन्द, घरि खुल्ला। जे भनेपनि भा कै छ। मान सम्मान पाकै छ। नपढेनी टन्न खाकै छ। के भो र ?

हिंसाले थिलोथिलो बालापन

भवसागर घिमिरे-

काठमाडौंको वानेश्वरमास्थित माउन्ट सेनाइ विद्यालयमा गत महिना हल्लागरेको निहुँमा एक छात्रा कुटिइन्। दश कक्षामा अध्ययनरत ती छात्रालाई प्रिन्सिपल नै पाइपले कुटेका थिए। थप लाजमर्दो ती प्रिन्सिपल एन प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष रहेछन्। उनले आफू 'बालबालिकालाई सजायविरुद्ध' तालिम प्राप्त शिक्षक भएको दाबी साचारकर्मीसामु पनि गर्न भ्याए। प्रसाशनमा उजुरी पुगेपछि उनले वानेश्वर प्रहरीसमक्ष छात्रा र उनका परिवारसँग क्षमा मागे र उम्के ।

पर्यटकको स्वागतमा केटाकेटी



भवसागर घिमिरे
गोरखाको देउराली गाविस गोप्लिङ्गका प्रख्यात बूढाथोकी अहिले कक्षा ६ मा पढ्छन् । उनको स्कुलको नाम सनराइज आवासिय मावि हो । अभिषेक पन्तपनि सोही स्कुलको कक्षा २ मा पढ्छन् । उनीहरू आफ्नो गाउँलाई निक्कै माया गर्छ । हुन त आफू जन्मे हर्ुर्केको ठाउँलाई माया नगर्ने को होला र है ? उनी र उनका साथीहरू अहिले निक्कै उत्साहित भएका छन् । किनकी उनी बस्ने गाउँका आफन्तहरू सबै मिलेर गाउँमा पर्यटक भित्राउन लागि परेका छन् । गाउँमा पर्यटक भित्राउने उनीहरूले ठूलै योजना बनाएका छन् । पर्यटकीय गाउँ बनाउने सम्भावनाबारे केही महिना अगि गाउँमा भएको छलफलमा केटाकेटीपनि उर्लिएर पुगेका थिए ।

चिसो पानीमा झ्वाम्म



क्या मज्जा
दुइ महिना अघि अकस्मात घोषणा भएको राजमार्ग बन्दले हामी आठ घण्टा चितवनको फिस्लिङमा अड्कियौं । जेठको तातो मौसम, आठ आठ घण्टा, सडकमा के गर्ने त ? दिक्क परेका हामी दिन कटाउन नजिकै बगेको त्रिशुली तिर झर्यौं ।

भवसागर घिमिरे

अहिले निक्कै गर्मि बढेको छ । तिमी गर्मीमा के गर्र्छौ - आइसक्रिम बरफ खान्छौं, पँधेरो, धारोमा नुहाउन जान्छौं वा कुलोमा डुबुल्की माछौं होला हैन - यस्तो गर्मीमा अरूलाई झै तिमीलाई पनि त चिसो कुरा मन पर्छ होला, है - हो त, गर्मीले वातावरणको तापक्रम बढ्ने हुँदा हामी चिसोको खोजीमा हुन्छौं ।

दुइ महिना अघि अकस्मात घोषणा भएको राजमार्ग बन्दले हामी आठ घण्टा चितवनको फिस्लिङमा अड्कियौं । जेठको तातो मौसम, आठ आठ घण्टा, सडकमा के गर्ने त ? दिक्क परेका हामी दिन कटाउन नजिकै बगेको त्रिशुली तिर झर्यौं । यसै क्रममा खोलामा पौडदै गरेका साना भाइ कमल गुरूङ भेटिए ।