भच्काइदे


पैला तेरो नाम भन,
गर्न आको काम भन,
अनि आफ्नो गाम भन,
घुस मागे भुस पार्दे,
आलटाल गरे ढुस पार्दे,
हाकीम साकीम बंङ्गरा झार्दे
ढाड साड लच्काइदे
निहुँ खोज्नेलाइ भच्काइदे

खानेपानी, बिद्युत सटासट
भन्सार, मालपोत फटाफट
भएन भने हिर्काइदे
हाडखोर बङ्गाइदे
जसको शक्ती उसको भक्ती
कालो मोसो रङ्गाइदे
गर्दन पुरै मस्काइदे
निहुँ खोज्नेलाइ भच्काइदे

सोझो मान्छे खाली हात
भरिहुन्छ जाली हात
दल बलले हीरो बन
खुर्सानी भन्दा पीरो बन
पढे पनि बेरोजगार
नपढे'नी बेरोजगार
किताब कापी मील्काइदे
गाला साला पच्काइदे
निहुँ खोज्नेलाइ भच्काइदे

(भवसागर घिमिरे, समता काव्य सन्ध्या-२०६२)

Comments

Post a Comment