Sunday, March 31, 2013

बा बाँचेका भए कति खुशी हुन्थे


भवसागर घिमिरे

'खुशीको आँशु के हो केहि थाहा थिएन' यसपाली एसएलसी पास गरेका घरेलु श्रमिक कविराज लामाले सोमबार भने, 'आजै बिहान झर्यो ।'

डुकुछाप ललितपुरका १७ वर्षो लामा घरको कमजोर आर्थिक अवस्थाका कारण ८ वर्षअघि राजधानी झरे । कुपण्डोलको एक घरमा काम गर्दै नजिकैको प्रगति शिक्षा सदन माविमा पढ्न थाले । २०५८ मा बाबा बितेपछि उनलाई थप ठूलो चोट पर्यो ।

'गाउँमा खानलाउन गाह्रो भएपछि आमा र भाइबहिनी पनि यही आए' लामाले भने, 'सबैले फरक फरक घरमा काम गर्न थाल्यौं ।' उनकी कान्छी बहिनी भोटेबहालको घरमा काम गर्छन। मानसिक अवस्था कमजोर भएकी माइली दिदी र भाई आमासँगै सानेपा, काठमाडौं बस्छन् । राजधानीमा नै रहेका आफ्ना परिवारका सदस्यबाट टाढा बस्नुपर्ने उनको बाध्यता हो । बाध्यताकाबीच पढ्नु र बढनु उनको रहर । 

आठ आठघण्टा बन्द उपहार



भवसागर घिमिरे 

पोखराबाट काठमाडौं तिर हुँइकिएको माइक्रोबस आइतबार चितवनको फिस्लिङमा झयाप्प रोकिएपछि हाम्रो दुखद दिन सुरू भयो । एकीकृत माओवादीको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चाले अप्रत्यासित बन्द आयोजना गरेको रहेछ । त्यो पनि बिहान सात बजे देखि साँझ ६ बजे सम्म । प्राय यात्रुले यात्रा अगावै बिहान दश बजेबाट दुइघण्टा नेपालबन्द हुँदैछ भन्ने सुनेका रहेछन् । जहाँ बन्द होला त्यहीँ दर्ुइघण्टा बिताउने योजनामा बिहान सात बजे निस्केका हामीले थप ६ घण्टाको गणतान्त्रिक बोनस पायौं । बिहान पाँचै बजे काठमाडौंका लागि छुटेका गाडीले भने फिस्लिङमा 'दश घण्टा बन्द' उपहार पाए ।

सबैलाई सकेसम्म चाँडो गन्तव्यमा पुग्नको हतारो थियो । बिहानी खानाको कुरै नगरौं धेरै यात्रुले चिया पनि पिउन पाएका थिएनन् । फिस्लिङको फलफुल तथा तरकारी संकलन केन्द्र नजिकै रूखका मुढा तर्ेसाएर आन्दोलनकारीको झण्डा गाडिएको थियो । चार पाँच आन्दोलनकारी सडक छेउ चौतारोमा सुस्ताएर आँखा ठूला ठूला पार्दै थिए । बन्दगर्न राखिएका ढुङ्गामुढा भन्दा केही मिटर पर काठमाडौं कुद्न तम्सिएका गाडीहरूको एकतफिर् लस्कर सुरू भएको थियो । काठमाडौंबाट बाहिरी जिल्ला निस्किएका गाडीहरूलाई मलेखु नेरै रोकेर राखिएको आयोजक बताउथे । बन्दगर्न सडकमा राखिएका साना साना ढुङ्गापनि गाडीका निम्ति पहाड झै खडा भएका थिए ।

'आठ आठघण्टा सम्म के गरेर बस्ने ?,' आक्रोशित यात्रुको गन्थन सुरू भयो । 




लोडसेडिङ जस्तो माया

हाम्रो माया चाकु जस्तो गुलियो होस् तर कालो नहोस्
हाम्रो माया सखरखण्ड र तरुल जस्तो फैलियोस, झांगियोस् तर नमरोस
हाम्रो माया स्वास्थानी जस्तो सधैं दोहोर्याएर पढ्न पाइयोस्, पढेर मिल्काउन नपरोस्
तिलको लड्डु जस्तो साह्रो होस् प्रेमको गाँठो तर कसार जस्तो टोक्नै गाह्रो नहोस्
सूर्य ग्रहण जस्तो वर्षवर्षा मात्र आउने नहोस् हाम्रो माया
लोडसेडिङ जस्तो हरपल, हर क्षण साथ दिने होस् !!!
हरपल, हर क्षण साथ दिने होस् !!!
(२०६६-१०-१, कालिमाटी तरकारी बजार, तरूल सखरखण्ड व्यवस्थापन समिती) :)

Wednesday, March 27, 2013

Fathers, daughters and dowries

Fiona Ledger

OCT 29 - Kathmandu Post
Nearly every successful woman I know attributes her success to a loving and supportive father. But the tenderness between a father and a daughter is a story rarely told. All too often the love a father has for his daughter is a private love. It stands in distinct contrast to the very public and ritual celebration that parents shower on their sons. After all, the son is guarantor of a comfortable old age and at death facilitates the journey to the after life. The daughter is seen as the plant that ends up growing in another family’s garden. 

But what if there is no son? What if there is no wife and the relationship between father and daughter is intensely caring? And what if that happens in a traditional Tarai community? These are questions that BBC World Service Trust writer Bhabasagar Ghimire pondered on when he sat down to write the  latest story in the BBC World Service Trust’s radio drama, Katha Mitho Sarangiko.

स्वास्थ्यक्षेत्रमा महिला



समसेरगाज गावीस- बैजनाथपुरकी खगीसरा तामाङ्गले महिला स्वास्थ्य स्वयं सेवीकाको काम छाडेको धेरै भएको छैन आफ्नो उमेरको झण्डै एक दशक समय स्वास्थ्य सेवाको निम्ति खर्चेकी उनको उमेरले भने आधा श्ाताब्दी काटीसकेको उमेरले डाँडा चुम्ने बेलामा उनको आँखाले अल्लि कम देख्न थालेको भने बोलीसुन्दा भने उनीलाइ अझै टाठी छिन भन्न मील्छ पहिला पहिला गाउँडुल्दा हातमा स्वास्थ्य चौकीले थमाइदेको रेकर्ड फाइल सँग सँगै केहि औंषधिहरु खेलाउँदै हिड्ने उनीलाइ अहिले के गर्नु हुन्छ भन्ने मेरो प्रश्नमा घरमै नाती खेलाएर बस्छु भन्दै मज्जाले हाँसीन
उनीले यो क्षेत्रलाइ छाडीन तर बाँके जील्लामै अहिले सातसय पचासका हाराहारीमा उनका सहकर्मीहरु काम गरिरहेका छन् उनीहरु मातृशीशु स्वास्थ्य,एचआइ भी एड्स भिटामीन पोलीयो थोपा गर्भवती तथा सुत्केरी महीलाको स्हार परिवार नीयोजन लगायतका पच्चीस भन्दा बढी सेवाहरुका बारे जानकारी प्रदान गर्न तथा सेवाहरु प्रदानमा सहयोग गर्न अहोरात्र खटिएका छन

भर्ना खुलेछ !


चाहेको रकम असुल्न पाइने सीत्तैमा मागेर हसुर्न पाइने
रीस उठेमा छाला तार्दीन पाइने बङ्गारा गनेर झार्दीन पाइने
सी।डी।ओ प्रहरी कुट्न पाइने कार्वाहीमा नपरि छुट्न पाइने
आफ्नो वीरुद्ध बोल्नेलाइ धान चुटेझै चुट्न पाइने
मुर्खको हातमा कानुन फुलेछ आउनुहोस् नयाँ भर्ना खुलेछ ।

Tuesday, March 26, 2013

जिउँदै खाल्डोमा


–भवसागर घिमिरे

‘अब यसलाई गाड्नु पर्छ’
‘म जिउँदै छु’
‘कसले मरिस भन्यो र ?’
‘किन गाड्न लाग्या त ?’
‘हामी जिउँदो मान्छेलाई मात्र गाड्छौं’
‘किन ?’
‘हाम्लाई जिउँदो मान्छे मन पर्दैनं’
‘तिमेरू जिउँदा छैनौं र ?’
‘उहिल्यैँ मरिसक्यौं’