समसेरगाज गावीस-७ बैजनाथपुरकी खगीसरा तामाङ्गले महिला स्वास्थ्य स्वयं सेवीकाको काम छाडेको धेरै भएको छैन । आफ्नो उमेरको झण्डै एक दशक समय स्वास्थ्य सेवाको निम्ति खर्चेकी उनको उमेरले भने आधा श्ाताब्दी काटीसकेको छ । उमेरले डाँडा चुम्ने बेलामा उनको आँखाले अल्लि कम देख्न थालेको छ भने बोलीसुन्दा भने उनीलाइ अझै टाठी छिन भन्न मील्छ । पहिला पहिला गाउँडुल्दा हातमा स्वास्थ्य चौकीले थमाइदेको रेकर्ड फाइल सँग सँगै केहि औंषधिहरु खेलाउँदै हिड्ने उनीलाइ अहिले के गर्नु हुन्छ भन्ने मेरो प्रश्नमा घरमै नाती खेलाएर बस्छु भन्दै मज्जाले हाँसीन ।
उनीले त यो क्षेत्रलाइ छाडीन तर बाँके जील्लामै अहिले सातसय पचासका हाराहारीमा उनका सहकर्मीहरु काम गरिरहेका छन् । उनीहरु मातृशीशु स्वास्थ्य,एचआइ भी एड्स भिटामीन ए पोलीयो थोपा गर्भवती तथा सुत्केरी महीलाको स्हार परिवार नीयोजन लगायतका पच्चीस भन्दा बढी सेवाहरुका बारे जानकारी प्रदान गर्न तथा सेवाहरु प्रदानमा सहयोग गर्न अहोरात्र खटिएका छन ।
बाँकेमा मात्र नभएर नेपालका अधिकांश जील्लाहरुमा स्वाथ्य क्षेत्रमा सर्वसाधारणको पहुँच पुर्याउनका निम्ति महिला स्वाथ्य स्वयं सेवीकाहरु अरु कर्मीहरुसँगै हात बटार्दै लागि परेका छन् । खगिसरालाइ याद छ दुइहजार बाउन्न सालताका हेल्थपोष्टबाट हेपो आएका व्यक्तीहरुले गाउँभरिबाट जम्मा पारेका पन्ध्रजना महिलाहरु मध्य उनीलाइ नै यो कामका लागि चुने । त्यतीबेला सबै भन्दा फुस्रदीलो देखेर नै उनीहरुले आफुलाइ योग्य ठानी कोहलपुरमा पन्ध्र दिने महिला स्वास्थ्य स्वयं सेवीकाको तालीममा खटाए । पढाइ लेखाइका नाममा आफ्नो नाम मात्र लेख्न जान्ने उनीले बाँकेका धोरपुर, हवल्दारपुर, गीतापुर बैजनाथपुर गावीसहरुका घरघरै गएर सेवा दिन भ्याइन । पढाइ लेखाइ भनेपछि श्रीमान पनि उस्तै आफु पनि उस्तै आफुले दिएका सेवाहरुबारे रेकर्ड फाइल भर्नका निम्ति भने उनीले कहिले छोराछोरीलाइ गुहार्न पर्दथ्यो त कहिले आफन्तलाइ । कामका दौंरानमा बिहान सबेरै घर बाट निस्केर बेलुका सबै सुतेपछि ढोका ढकढकाउँनु परेको पनि याद छ उनीलाइ । तपाइले पढ्न लेख्न सक्नुहुन्न अब छोड्नु पर्छ भनेर हेपोका ले भने पछि उनीले लौं त भनेर हेपोमा राजीनामा बुझएपछि चट्टै कामको माया मारीन । आइजा भनेथे गएँ छाड भनेपछि छाँडेर आएँ उनका निर्दोष आँखाले यइ भनिरहेका थिए ।
नेपाली स्वास्थ्यको क्षेत्रमा यति लामो समयसम्म खट्टिने खगिसराले के पाइन त साठीसाल हेपोले हो वा अन्य संघसंस्थाले हातमा थमाइदीएको एकसरो धोती अनि बर्षमा आकल झुकल एकदुइ पटक हुने गरेको तालीमामा पाएको खाजा खर्च त्यत्ती हो । अब तलब दिन्नथे सेवानै धर्म हो भन्दै यत्रो वर्ष काम गरंे',उनीले ङ्ीच्च हाँस्दै भनिन । यत्रो वर्ष सम्म काम गराएपछि धेरै तालीमहरुका अवसर सँगसँगै हामी जस्ता अनपढलाइ पढाइ दे भा' नी हुन्थ्योनी उनी दुख पोख्छीन । तर उनका दुख उनीलेनै बुझीन बुझ्दीनु पर्ने निकायले कहिल्यै बुझीदिएन ।
खगसिरा मात्र हैनन विगत सात बर्ष देखि महिला स्वास्थ्य स्वयं सेवीकामा काम गर्दै आएकी पुष्पा शाहीको दुखेसो पनि यस्तै छ । स्वास्थ्य क्षेत्रमा दिनदिनै नयाँ नयाँ जानकारीहरु आएका हुन्छन । सात वर्ष अगाडि लिएको तालीमले के नाप्थ्यो । त्यसैले आवश्यक तालीम सँग सँगै स्वास्थ्य सेवा सम्बन्धी प्रर्याप्त पाठ्याक्रमहरु उपलब्ध गराए पढ्न सक्ने आफै पढेर नयाँ कुराहरुबारे जानकारी लिनेथिए । अब नसक्नेले छोराछोरी र आफन्तलाइ पढ्न लगाएर सुन्ने थिए । उनीले मलीन स्वरमा यसै भन्दै थिइन । के कारणले हो त उनीहरुको आवाज नसुनीएको भन्ने प्रश्नमा महिला स्वास्थ्य स्वयं सेवीका हकहीत संगठनकी केन्द्रीय महासचिव नारायणी रुपाखेतिले महिला माथी सदिऔं देखि लाद्दै आएको हेपाहा प्रवृती अझै नमेटीएको जीकिर गर्छीन । विगत बिस वर्षको अथक प्रयासबाट नेपालका महिला स्वयंसेवीकाहरुकै प्रत्यक्ष प्रयासबाट नेपालको मातृमृत्युदर शीशु मृत्युदर उलेख्यमात्रामा घटेको दावी गर्ने उनीले आफुहरुको समस्याको बेलैमा सुनुवाइ हुनु पर्नेमा जोड दिन्छीन ।
अन्य सँगसँगै मुस्लीम समुदायमा स्वास्थ्य सेवा तथा परिवार नीयोजनका बारे जानकारी पुर् याउँन अग्रसर बाँकेकै नुर जाँ र तारा खाँ लाइ पनि सरकारी रबैयामा चित्त दुखेको छ । गावीसका महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाइ मन्त्रालयले आफ्नो मातहतमा दर्ता गरेको भएपनि नगरका महिलाहरुलाइ भने अझै दर्ता गरिएको छैन । उनीहरुको भनाइमा स्वास्थ्य मन्त्रालय उनीहरुलाइ तिमीहरु स्थानीय मन्त्रालयका हौं भनेर पन्छीने र स्थानीय मन्त्रालयले भने तिमीहरु स्वास्थ्य मन्त्रालयका हौं भनेर वास्ता नगर्नाले यस्तो भएको हो ।
नेपालका अधिकांश गाम्रीण भेगका घरदैलोमा प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा पुर् याउँने बाहकका रुपमा चिनीनॆ्र यी महिलाहरु देश भरि लाखौंको रुपमा छरिएर रहेका छन । तुलनात्मक रुपमा कामको जीम्मा अनुसार यीनीहरुलाइ न त प्रयाप्त तालीम सुवीधा उपलब्ध गराइएको छ न त मासीक तलबको व्यवस्था नै । अकल झुकल हुने गरेको तालीमका बेला प्रदान गरिने भत्ता पनि अत्यन्त न्युन रहेको यसै क्षेत्रमा धेरै बर्ष काम गरेकी बाँकेकी बिनिता आचार्यको दाबी छ ।
महिला स्वाथ्य स्वयं सेवीकाले नेपाली स्वास्थ्यको क्षेत्रमा पुर् याएको सेवालाइ उच्च सम्मान गर्नु पर्नेमा लक्ष्मीपुर हेपो दाङ्गमा कार्यरत सी.अहेब प्रदीप सुबेदी जोड दिन्छन । यस्तै सीराहाका डा.जामुन प्रसाद सिङ्गको भनाइमा महिला स्वास्थ्य स्वयं सेवीका लगायतका अन्य स्वाथ्य क्षेत्रमा लागेका एच ए अहेब अनमी मासीका आदीलाइ क्षमता वृद्धीका अवसरहरु ज्यादै न्युन रुपमा रहेको र त्यसलाइ बढाउँनु पर्ने बताउँछन । नेपालको अन्तरीम संवीधान दुइहजार त्रीसठ्ठीले आधारभुत स्वास्थ्य सेवालाइ नागरीकको मौंलीक अधिकारको रुपमा उल्लेख गरेतापनि ति उल्लेखित शब्दहरुले न्याय पाउन सकिरहेका छैनन । तिनै शब्दहरुलाइ धेरथोर न्याय दिन कस्सियका यी महिलाहरु पनि आफै अन्यायमा परेका छन । यीनीहरुको नाममा सरकारले ठूलो रकम खर्च गरेका भएपनि त्यसमा पार्दशीता नभएको यी महिलाहरुको गुनासो छ । सत्तालिप्सामा लागेर हरदिन इलेक्टोनीक तथा छापा माध्यमहरुको प्रमुख समाचार बन्ने हाम्रा भलाद्मी नेताहरुले यीनीहरुको गुनासामा न्यायोचित सम्बोधन गरिदीय उनीहरुले न्याय त पाउँने थिए नै सँग सँगै त्यसले पनि एक दिन समाचारमा प्रमुखता पाउँने थियो कि
(Letter to Editor in Kantipur-2008 - भवसागर घिमिरे)
Comments
Post a Comment