Wednesday, March 30, 2011

बास्तविक कथाका पात्र

 चुनादेवी अधिकारी, ७८  । पशुपतिनाथको वृद्धाश्रममा -२०६७ । एक वर्ष पहिले यहि ठाउँमा उनकै कथा लेखेको थिएँ । पत्रिका पढेर छोरीले भेट्न आएपछि उनी निक्कै खुसी भइन् ।

"बाँचुन्जेल खाटमा अनि मरेपछि घाटमा पुग्ने हो, "  उनी घाट छेउ रहेको यो वृद्धश्रम छाडेर अब कहि जाने रहर नभएको बताउँछिन्

Wednesday, March 23, 2011

साँझ बत्ति जाँदैन…

पाँचथरकी बबी चेम्जोङ ७ वर्षकी भइन् । उनको घर फाक्थेप-१ मसरेमा पर्छ । उनी जनकल्याण उच्च मावि फाक्थेपको कक्षा २ मा पढ्छिन् । उनको घरमा बाजे बज्यै बाबा आमा काका भाइ र बहिनी छन् ।
उनको यो लिम्बु गाउँ पुग्न इलामबाट विहानै जीप चढ्न पर्छ । जीप पक्की सडक हुँदै राँके पुगेपछि भने मुलबाटो छाडेर कच्ची सडक तिर लाग्छ । लगभग साढे दुई घण्टाको यात्रा गरेपछि फाक्थेप गाविसको घुर्बिसे पाचमी बजार पुगिन्छ । त्यहाँबाट लगभग डेढ घण्टाको पैदल दुरीमा उनको गाउँ आइपुग्छ ।
बबीको दिनचर्या शहरमा बस्ने साथीहरुको भन्दा अल्लि फरक छ । उनले न कम्प्युटरमा भिडियो गेम खेल्छिन् न टेलिभिजनमा दिनहुँ कार्टुन नै हेर्छिन । 'के कुरामा रमाउँछौं त, 'प्रश्न सुन्ने बित्तिकै उनी हाँसिन्,' 'भाँडाकुटी खेल्दा ।' उनलाई टकडी खेल्न मन पर्छ रे साथीलाई छक्काइ छक्काइ बस्ने उठ्ने खेल । खेल खेल्दा उनीसँगै उनको भाइपनि साथमा हुन्छ । २ वर्षे भाइ नुमालाई निक्कै माया गर्छिन् उनी । नुमा सानै भएपनि वल्लो पल्लो घर डुल्ने भैसकेका छन् ।

Monday, March 7, 2011

मनमायाको खोजिमा...

नयाँ ठाउँमा नाटक रेकर्ड गर्न जानु जत्तिको उत्साहजनक कुरा हुन्छ त्यतीकै चुनौतीपुर्ण पनि । तर चुनौतीसँग जुद्धै अगाडी बढ्नुको मज्जा भने बेग्लै छ । यसरी कथा मिठो सारङीको नाटक रेकर्डका लागि विभिन्न समुदाय क्षेत्रका कथा खोज्दै जाने क्रममा यसपाली हाम्रो समुहको छलफल अनुसार यहि महिना पाँचथर पुगेँ म । जानु अघि लेखक सहकर्मी सिवानी जीले बर्दियामा रोइनीको कथा रेकर्डको गर्नु पूर्व कलाकार खोज्दै जाँदा पाएको रोमाञ्चक कथा मैले सुनिसकेको थिएँ । त्यो उहाँको दुःख मलाई सुन्दा जति रोमाञ्चक लागेको थियो उहाँलाई त्यो तनाव झेल्दा उतिकै हैरानी भयो होला । जुन हैरानी मलाई अब पदैछकी भन्दै सशंकित पनि थिएँ म ।

Wednesday, March 2, 2011

कीर्तिपुरका कमालका कुरा





"कीर्तिपुरका घरैपिच्छे झटारो हान्नी हो भने केही नभए पनि
 प्रत्येकबाट ४/५ डिग्रीहोल्डर स्नातकोत्तर झर्छन्" कीर्तिपुरका
चोकचोकमा यस्तो कथन धेरै सुनिन्छ ।
 त्यसैले त कोही भन्छन् यहाँ डिग्रीहोल्डरहरुको खात छ
कोही भन्छन् बेरोजगारहरुको जमात छ ।
अर्थशास्त्रका स्नातकोत्तर पोखरेली ठिटो होमनाथ
 पौडेल २५ का लागि भने "कीर्तिपुर झकास् छ ।"
 डिप्लोमा स्नातक सकेपछि मोफसल बस्ने धेरैकॊ मन कुत्कुत्याउँछ ।
"बिहेका लागि हैन एमएका लागि" उनले ठट्यौली पारामा भने । उनका स्याङ्जाली साथी नरेन्द्र थापा २६ ले थपे- "बुद्धले ज्ञानको खोजीमा दरबार छाडेजस्तै हामीले पनि केही वर्ष घरबार छाड्नै पर् यो ।"घर छाडेर पढ्न कुदेपछि दुवैको रोजाइ बन्यो कीर्तिपुर । थानकोट हुँदै कलंकी कलंकीबाट बल्खु बल्खुबाट दक्षिण मोडेपछि आइहाल्छ त्रिभुवन विश्वविद्यालय क्षेत्र जसलाई बोलीचालीमा "टियू लाइन" भनिन्छ । त्यसपछि त "नमरी स्वर्ग देखिन्नु भन्ने उखान बटारेर "नपढी स्वर्ग देखिन्न" भन्ने हुलका हुल विद्यार्थी पढ्न तल्लिन भेटिन्छन् ।

के हो कीर्तिपुर
"एउटा फ्याक्ट्री हो । मोफसलबाट विद्यार्थी हुल्छ अनि जुस बनाएर एकापट्टि फाल्छ कि भुस बनाएर अर्कापट्टि" कीर्तिपुर चोकमा निस्केका विद्यार्थीको हुलमा यस्तै चर्चा सुनिन्छ ।
अरुका लागि राजधानी धरहरा घन्टाघर चिडियाखाना स्वयम्भू र पशुपति विद्यार्थीको त राजधानी नै कीर्तिपुर । यही कीर्तिपुरमा विद्यार्थीले सुनेका देखेका र नियालेका भोगाइको दिल खोलेर कुरा गरौं-

नो स्मोकिङ्ग

"त्यो बेला बुबालाई चुटोट त्याग्न आग्रह गर्दा धुँवा लागेको काठ कति बलिया हुन्छ तँलाई थाहा छ म पनि त्यस्तै बलियो हुन्छु भन्नुभएको थियोु काठमाडौं बस्ने धनकुटे चेली मनुले आफ्नो अनलाईन ब्लगमा लेख्छिन्-"त्यसको परिणाम अहिले आएर बिस्तारै देखिन थालेको छ ।"
कुरो चुरोटको । धुमपानको बच्चो । मनुलाई लाग्ला इसाईपूर्व ५००० मा धुमपान संस्कृति पेरुभियन र इक्वडरियन एन्डस्मा सुरुवात नभएको भए हुन्थ्यो । भएपनि अमेरिका भरि धामी बस्ने परम्पराका माध्यमबाट धुमपान फैलिनु पुर्वनै नै त्यहाँको सभ्यताले यस्तो अभ्यासको जरो काटेको भए उनको ब्लगमा गुनासाका पर्दा सायदै खुल्ने थिए ।

Tuesday, March 1, 2011

पशुपतिनाथ सम्झदा जोगमेहर आँखामा

-नगेन्द्र थापा
सम्झना पातलिए हुन्थ्यो झै लाग्दा झन् बाक्लिएर आउँछ । बिर्सन खोज्दा झन् झन् सम्झन्छु । अनि दुख्छु टोलाउँछु र एकान्तमै हराउँछु । नारायण गोपाल खस्दा पचास र गोपाल योन्जन खस्दा सय प्रतिसत नै बिमुख भएँ म । यो पट्यारलाग्दो युगमा नितान्त एक्लो र असान्दर्भिक नै भएको छु ।

गाढी चढेर हिड्दा एफएम लगाउँछु त्यो पनि चाख दिएर सुन्न सक्दिन् । गीत लेख्नै छाडेँ । दिनभर घरमै कवितामा रुमल्लिन्छु बरालिन्छु बिलाउँछु । साँच्चीकै एक्लोपनको महसुस भएको छ ।

***
सन् १९६४ को कुरो । नेपाली कला संगीतको उर्लदो बाढी थियो दार्जलिङमा । बैरागी काई,ला ईश्वर बल्लभ, अमर गुरुङ, अगमिसंङ गिरी, गोपाल योञ्जन, कर्म योञ्जन जस्ता व्यक्तित्वहरुको चहलपहल थियो त्यहाँ । स्नातकको पढाइका क्रममा म त्यतै थिएँ ।

रेडियो नाटकका वैष्णव बूढा

घरको छतमा बसेर हिमाल हेर्दै थिए उनी । हिमालमा हिउँ नदेखिएपनि उनको कपालमा भने पुरै हिउँ फूलेको थियो । चश्मा अड्याउने कान पनि लत्रीसकेका थिए । चाउरिएको मुहार पहाडका गह्राझै खण्डखण्ड परेको थियो । तर ८५ वर्षे श्यामदास वैष्णवमा उहि जोश छ २००७ सालमा रेडियो नेपाल पस्दाको जस्तो जोश ।

बूढ्यौली उमेरमा युवा जोश निकाल्दै उनी अहिले नाटक बारे पुस्तक लेख्ने तरखरमा छन् । 'नाटकलाई कसरी विकास गर्ने बारे मेरो सोच पुस्तकमा पस्कने छु' ज्ञानेश्वर काठमाडौंका वैष्णवले भने ।

२००७ सालको आन्दोलनताका आन्दोलनकारीको पक्षमा काम गरेको आरोपमा बालकृष्ण समलाई पनि राणा शासकले पक्रेर जेल हालेका थिए । जेल परेका बालकृष्ण सम प्रजातन्त्रको बाहाली पछि लामो दाह्री लिएर बाहिर निस्के । प्रजातन्त्रको नयाँ युगमा धेरैमा नयाँ काम गर्ने जोश थियो ।
एक दिन बालकृष्ण समले वैष्णवलाई भने 'लौं मेरो छोरा जनादर्न पनि छ हामी मिलेर केही रेडियो कार्यक्रम गरौं ।' पहिलो रेडियोमा काम गर्ने अवसर पाउनु पनि भाग्यकै कुरा हो ।  उनले भने, "काम पनि सिकौं सुरु पनि गरौं भनेर मानीहालेँ ।"
उनी रेडियो नेपालमा काम गर्नथाल्दा २६ वर्षका थिए । संचारको विकास भइसकेको थिएन । रेडियोसँग थोरै वर्गको मात्र पहुँच थियो । समाचार सुन्नका लागि विष्टकहाँ जानु पथ्र्यो । कार्यक्रम धेरै थिएनन् । कस्ता कार्यक्रम बनाउने कसरी बनाउने अन्योल नै थियो ।
वैष्णव गीत लेख्थे । कविता कोर्थे । गीति नाटक प्रशारण गर्थे । नाटक लेख्थे र खेल्थे पनि । धेरै रेडियोकर्मी सोच नयाँ र प्रभावकारी कार्यक्रम तयार गर्ने तर्फ नै थियो । त्यही सोचलाई कार्यमा बदल्न उनीहरु लागिपरेका थिए त्यसबेला । त्यसको परिणाम स्वरुप रेडियो नेपाल स्थापनाको पहिलो ६ महिना भित्रै रेडियो नाटकको जन्म भयो ।