नो स्मोकिङ्ग

"त्यो बेला बुबालाई चुटोट त्याग्न आग्रह गर्दा धुँवा लागेको काठ कति बलिया हुन्छ तँलाई थाहा छ म पनि त्यस्तै बलियो हुन्छु भन्नुभएको थियोु काठमाडौं बस्ने धनकुटे चेली मनुले आफ्नो अनलाईन ब्लगमा लेख्छिन्-"त्यसको परिणाम अहिले आएर बिस्तारै देखिन थालेको छ ।"
कुरो चुरोटको । धुमपानको बच्चो । मनुलाई लाग्ला इसाईपूर्व ५००० मा धुमपान संस्कृति पेरुभियन र इक्वडरियन एन्डस्मा सुरुवात नभएको भए हुन्थ्यो । भएपनि अमेरिका भरि धामी बस्ने परम्पराका माध्यमबाट धुमपान फैलिनु पुर्वनै नै त्यहाँको सभ्यताले यस्तो अभ्यासको जरो काटेको भए उनको ब्लगमा गुनासाका पर्दा सायदै खुल्ने थिए ।

हुनत मानिसले चुरोट बनाउन र सल्काउन सभ्यताको सुरुवातमै जानेका भने हैनन् । बेबिलोनी भारतीय तथा चिनियाँ इजरायली र ुअर्थोडक्स कि्रश्चियन्स् चर्चु पश्चात् क्याथोलीक सभ्यताका सुरुवातमा धार्मिक कार्यहरुमा धूपबाल्ने प्रचलन थियो । धूपको मिठो वास्नाले धुवाँ प्रति मान्छेको लगावलाई बिस्तारै बढाउदै लगेको देखिन्छ ।

सभ्यताको सुरुवातमा उत्तरी अमेरीकामा मुख्यतया धुपमान पाएपमा गरिन्थ्यो । त्यो अहिले त्यहाँका केही जातीका माझ ुशान्तिको सुईरोु पिस पाइप रुपमा निकै प्रचलित भएको छ । प्राचिन युरोपेली सभ्यतामा भने ुपिस पाएपु शुभकामना र कुटनीतिको संकेतको रुपमा आदान प्रदान गरिन्थ्यो । धुमपानको इतिहासका बारे इन्टरनेट वेभसाईटहरुले विकिपिडीयाले कोरेझै यो देशमा धुमपानको इतिहास कोर्न प्राचिन धार्मिक संस्कृति मार्फत हाम्रा पुर्खाहरु पनि पछि परेनन् । पर्व विशेषमा गाँजा सेवन उच्च खानदानी परम्पराका रुपमा तमाखुसँगै आर्थिक हैसियत कम राख्नेकै घरमा सल्केको बिडिले हाम्रो देशमा धुँवाको मुस्लो भित्रियो । अनि त सल्किहाल्यो जोवन स्वास्थ्यको ।

सायदै कमैको जानकारीमा नहोला ुचुरोट पिउनाले शरिरलाई हानी हुन्छु । तर चुरोटको धुँवासँगै धुमधामसँग धमिलिनुमा मज्जा मान्नेको कमी छैन् यहाँ । क्यान्टिन होस् या क्याफे बार होस या बगैँचा सडक होस या सभा पारखीहरु तलतल लागेपछि चुरोटको चुस्कीमा आफैलाई बिसर्िदिन्छन् ।

८८८८ ८८८८ ८८८८ ८८८८ ८८८८

काठमाडौंको पाटन दरबार स्क्वायर । फागुन महिनाको एक दिन । एक जवान ठिटो प्रनिब अधिकारी नाम परिवर्तन भर्खर मुखैनेर लाइटर कोर्दै छन् चुरोट सल्काउन । आँखा ढाक्ने चश्म देखि पैताला छोप्ने जुत्ता सम्म गेटअप पुरै कालो । मन बुझ्न बाँकी थियो ।

ुकिन चाहियो ु

चुरोट पिउँन कहिले देखि सुरु गर्नुभयो भन्ने मेरो प्रश्नलाई उनले सल्कि सकेको चुरोटको खरानी ठानेछन क्यारे । एष्ट्रेमा झै मिल्काईदिए । ुनो स्मोकिङ्गु मेरो लेख सक्न चुरोटमा उनको अनुभव अत्यावशेक थियो ।

ुएक छिन हैत ु

छालाको कालो हाफ पाजा कालो पल्सारमा अडिएको अजंगको ज्यान । पिट्नै तम्तयार भएझै । राशीफल राम्रै हुनुपर्छ उनी सकारात्मक देखिए । बाँकी चुरोट एक्कै सासमा सकेर उनले लामो खिल्लीको ुखिल्लीु नै उडाए ।

ुपाँचवर्ष भोु बाँकी ठूटोलाई खुट्टाले किचेर ढुटो पार्दै उनले मुख खोले । ुप्लसटु पढ्दाका दिन थे ती । पहिलो पटकको चुस्की आँखै भिजाउने नाकै रसाउने गरि खोकी आएको अनुभव छ उनको । सबैसाथी उस्तै । खान्न भन्दा भन्दै सल्काइदिनैकै लागि मात्रै भएपनि बाध्य हुन्थे उनी ।

ुसल्काउँदा सल्काउदै पुरै सल्कियो ु उनले चश्म उतारे । उस्तै साथीभाईको सँगत नभएको भए बितेका केहि वर्षमा बारम्बार चुरोटको लत छोड्ने असफल प्रयास गर्नु पर्दैनथ्यो होला उनले । सुरु गरेको दुइृवर्ष पछिको एकवर्ष त उनले चुरोटसँग सम्बन्धै बिच्छेद गरे । ुजो देखे पनि खाएकैछन् जता हेरे पनि पिएकै छन् मन चुलबुल भएपछि चिप्लिन बेर लाग्दो रहेनछु उनको मुखबाट रयलपयल धुँवाको बाफ छुट्दै थियो । प्रेममा दिक्क परेर पनि बढि पिउँछन भन्छन् तपाईले कोही केटी…

ुयो उमेरमा पनि गर्लप्रुेन्ड नहोला त ु प्रश्न झर्न नपाउँदै उनी मरिमरिहाँसे-ुपाँच जनासँग ट्राजिडी भइसक्यो ।ु तर उनी दाबी गर्छन् उतारचढाव युक्त प्रेमप्रसंगले चुरोट पिउनु र नपिउनुमा कुनै फरक पारेन । ुयस्तै हो लभ भनेको चलिरहन्छु विक्षिप्त चुरोटको ठूटोमा एक नजर सोझ्याएर उनी बोले- ुमैले कहिल्यै सिरियसली लिइन् ।ु

उनले न प्रेमलाई ुसिरियसलीु लिए न स्वास्थ्यलाई नै । लुकिछिपी पिएरै पाँचसाल कटाए । सुनसरीका २५ वर्षे केशब पनि उनी जस्तै । ुविहान चिया खाना पछि साथीभाईसँगको जमघट अनि एकान्तमा हुँदा तलतल लागि हाल्छु आफ्ना अनुभवका पोका फुँदै केशबले थपे-ुघर बस्दा भने सकेसम्म खान्न । आमा बाले थाहा पाउनु भयो भने त…मुन्टो बङ्गाएर हाँसे ।ु एकपटक मामाघरमा चुरोटको बट्टा खसालेको पत्तो पाएनछन् उनले । ुपुराऽ हप्की खानु पर् यो नीु जीब्रो दाँतले कुटुक्क पार्दै उनले भने- ुसाथीले त्यसै खल्तिमा हाल्देछ नभनेको भए त…।ु सायद कुरो ुमामा घरु बाट ुआमा घरु पुग्थ्यो ।

स्वास्थ्यको दुर्भाग्य चुरोटसँग उनको हिमचिमबारे परिवारको कानसम्म पुग्न पाएको छैन् । चुरोटका धुँवा भने सारा श्वासप्रश्वास हाइबे हुँदै उनको फोक्सो भ्रमण सकेर सोहि रुट हजारौं पटक फर्किसकेको थियो । धुवासँग गहिरो दोस्ती कसरी जम्यो उनले पत्तै पाएनन् ।

८८८८ ८८८८ ८८८८ ८८८८ ८८८८

ुहामी चुरोट किन्न पसल दकुथ्यौ हजुरबा सल्काउँथे बाले पिउँथे । तिनैका काखमा हामी हुक्र्यौ जसलाई चुरोटका धुँवाले पेटका चुर्ना मार्छ भन्ने गलत सत्यले कसेको थियो ।ु ललितपुरका स्थायी बासीन्दा हिरालालका शब्द सापटी माग्दै छु म । उनले आफ्नै बाबाट सिके चुरोट पिउन ।

चुरोटसँगको उठबस पनि साढे दुइदशक जम्दै रहेछ । यसबिचमा उनी धेरै पटक बिरामी पनि परे गाली पनि पाए । ुवाँ घराँ ओच्छ्यान कपडा कोठा गन्हायो धुँवा भो भनेर गाली गरेु उनी अब मरिमरि हाँस्न थाले-ुचर्पी बस्दा लुकेर चुरोट खान्थे त्यहाँ पनि गन्हायो भनेर हैरान ।ु

सानै छँदा उनलाई पनि उनका बालाई झै धुमपानले हानी गर्छ भन्ने पत्तो थिएन् । ुपहिला मैले बालाई नपिउनुस भनी गाली गरिनु ४० वर्षे हिरालाल मलिन देखिए-ुऐले छोराछोरीले मलाई सम्झाउँछन गाली गर्छन अनि मैले छोड्छु भनी बाचा पनि गरिसकेँ ।ु जहान र सन्तानका नजरमा उनले चुरोट छाडिसकेछन् । ुतीन दिन भो नखाुको तलतल लागेर यहाँ आुकोु भोजनालयमा भेटिएका उनले चुरोटको अन्तिम सर्को तान्दै मुन्टो हल्लाए-ुत्यही पनि तपाईले पक्डिनु भो ।ु यसैगरि कम कम गरेर छाड्न सकिन्छ जस्तो उनलाई लाग्छ । परिवारले चुरोट पिएको थाहा नपाउन है उनको अनुरोध मैले नमान्ने कुरै भएन ।

ुखाइरहेको कुरा झट्ट छाड्नुको अफ्ठ्यारोु हिरालालका झै केही मात्रामा भएपनि धुमपानमा गर्नै पर्ने बाध्यता अनेक तेसर्िएका हुन सक्छन् । धुमपानका लागि दबाब सहजै नकार्न नसक्नुको हैरानी । साथीभाई परिचित हुनैका निम्ति चुरोटलाई माध्यम बनाउनु । अन्तर सम्बन्ध बढाउने लोभमा एक चुस्की लगाएरै भएपनि साथीभाईको मन राख्ने प्रयास । ुकुलतः सके आफुले छाड्ने नसके अरुलाई तान्नेु यहाँको चलन । यीनै कुरा हुन सक्छन् जसले हामी आफैले आफैलाई सल्काउन बाध्य बनाएको छ ।

ुसाहासीको चाहना मर्दको साथी आदिका नाममा पस्किएका विज्ञापन । सबैलाई थर्कमान गराउने नायक वा खलनायकले चुरोटमा आगो झोस्दाको पर्दाका सानदार दृश्य । संगीत साहित्य नाटक वा चित्रकलामा चिप्काईएका धुमपानका अनुपम क्षण तथा तस्विरहरु । यी आँखामा छपक्कै छाएपछि व्यवहारबाट पोखिन बेर लागेन हाम्रो । नेपाली साहित्यमा ुगोबिन्द बर्तमानु को पुस्तक ुस्रोह्र साँझु कै कुरा गरौं । यदि शब्दहरु आफै बल्ने भए त्यहाँका पानै पिच्छे सल्काईने चुरोटले किताब खरानी बन्थ्यो होला ।

तर साहित्यका पानै पिच्छे । कलाका चित्रै पिच्छे । चलचित्रका दृश्यै पिच्छे । धुमपानको शानलाई बढाउने बाहाना भरियो भने सायदै सामाजिक भलाई होला ।

बाहानाकै कुरा गरौं चुरोट सल्काउने । अनेक हुन सक्छन् दिक्दार थकाई रिस खुसी भेट बिछोड यी मध्य केही पनि नभए ुत्यत्तीकैु । धुमपान विरोधी सन्देश देख्ने र सुन्ने बित्तिकै हत्तनत्त चुरोट सल्काउन सम्झनेहरु पनि कम छैनन् यहाँ ।

ुनो स्मोकिङ्ग देख्यो की झट्ट याद आउँछु कुलेश्वरको क्याफेमा चुरोट सल्काउँदै गरेका कालो जकेट ओढ्ने युवाले ठट्टागर्दै भने-ुरुल्स् आर मेड टु बि ब्रोकन नियम बिगार्नका लागि नै बनाईन्छ हैन ु साना साना पोके झोला बोकेका कलेजका ठिटाको त्यो झुण्डमा ठूलै हाँसो भो । ुनो स्मोकिङ्गुको सट्टा ुनो-नो स्मोकिङ्गु लेख्न पाए त्यहाँको वातावरण निकै सुहाउँदो हुन्थ्यो । ती ठिटालाई पनि हाईसुख्ख ।

साथीभाइका गफबिच मुखनामको चिम्निबाट धुँवा पुत्ताउँदै हुत्ताउने तिनी सानोतिनो इट्टा भट्टा भन्दा कम देखिदैनथे । ुफोटा खिच्न र नाम सोध्न पाइन्न है मैले भन्द्याछु परिचत भएपछि उनले आफ्नो सर्त म तिर तेसारे- ुपत्रिका भनिहाल्नु भो आफ्नो इमेज हेर्नु पर् यो नी ।ु भोजपुरबाट प्लसटु सकेर काठमाडौं छिरेको बताउने उनले कक्षा आठबाटै पिउन सुरु गरेका रहेछन् चुरोट । ुधेरै हैन दिनको सत्र अठार खिल्लि मात्रु साथीभाईको गललल हाँसो बिचउनले अर्को खिल्ली सल्काउन सुरु गरे ुसब सिस्टम देखेर प्रुस्टेट भइन्छ अनि सल्काउनु परेन त ।ु

उनको ठाडो उत्तरसँगै धुँवाले हावामा गोलागोला चक्का बनाउन सुरु गरिसकेको थियो । धुवाको चक्का उकालो लाग्यो । स्वास्थ्यको चक्का भने भिरको बाटो समातेर अगि बढेको प्रतित हुन्थ्यो । ुतपाई नी खानुहुन्छ होला नी हैन ु धूवानै सहन गाह्रो भएको बखत धँुवाको कम्पनीनै अब म तिर तेसर्ियो-ुनखाने भए चाख्नुस् अनि लेख्नुसु भोजपुरेसँगै अन्य ठिटाहरु धुँवादार हाँसो हाँसे । पछिल्लो सिटमा बसेका दुई युवतीलाई भने असैह्य भएछ क्यार अर्को सीट नपुगै सुखै पाएनन् ।

हुन त महिला पनि चुरोट पिउने मामलामा पछि परेका छैनन् । विश्व स्वास्थ्य संगठनले २००८ मा प्रकाशित गरेको आँकडा अनुसार पूर्वी मध्य र दक्षिण युरोपमा पछिल्ला वर्षमा धुमपान गर्ने पुरुषको अनुपात पहिलाको तुलनामा घटेको छ भने महिलाको बढेर गएको छ । दक्षिण पुर्वी एसियामा पनि वयस्क युवकको धुम्रपान दर वयस्क महिलाको भन्दा दश गुणा बढि छ । तर धुम्रपान गर्ने महिलाको संख्या दिनहुँ बढ्दै जान थालेकाले पुरुष र महिला बिचको अनुपात साँगुरीदै छ प्रतिबेदन यस्तै भन्छ । नेपाल लगाएत विश्व स्वास्थ्य संगठनका १४० सदस्य राष्ट्र तथा विश्वका केही अन्य प्रान्तहरुमा गरिएको ग्लोबल युथ टोबाको सर्वे जिवाइटिएस¬-२००७ पनि धुमपान गर्ने महिलाको संख्या उल्लेख्य बढेकोमा चिन्तित छ । वयस्क महिला भन्दा नवयुवतीमा धुमपान आकर्षण अधिक बढ्दै छ । ुविश्वमा धुमपानका कारणले ज्यान गुमाउन सक्नेको संख्या २०२० बाट वार्षिक १० मिलियन भन्दा बढी हुने सम्भावना छु जिवाइटिएस यसै भन्छ ।

ुरिपोर्ट जे बोलोस मनको पिर मनैमाु चुरोटको लतमा फसिसकेका युवालाई रिपोर्ट भन्दा चुरोटै प्यारो छ । ुमर्ने कहिले हो कस्ले देखेको छ र ु सुन्धाराको क्याफेमा भेटिएकी ममताले भावुकता देखाईन्-ुजीवनमा चुरोट पिएरै मरिन्छ भने मरेकै बेस ।ु

दिनको एक देखि पाँच खिल्ली सम्म पिउँछिन ममता । बेलैमा एमबिबिएस्को प्रवेशिका परिक्षामा नाम निकाल्न सकेको भए वा परिवारले बिदेशीने उनको चाहना पुरा गरिदिएको भए सायदै उनको हातमा चुरोट थामिन्थ्यो । ुविदेश गएर पढ्छु भन्दा पनि विश्वास गरेनन् घरकालेु ममताले आधा भरिएको चियाको गिलास देब्रे घुमाउँदै भनिन्- ुबाउआमाका लागि बिएससी पढ्यो बस्यो दिन चलेकै छ ।ु

उनको भावुकताले आडैकी सुजना पनि गम्भिर थिईन । उनले सिकेकी पनि ममता बाटै हो । ुसाथी सबै कुरा मिलेपछि चाख्ने न हो भनेर चुरोट पनि सिकेँु सुजनाले हातमा चुरोटको बट्टा खेलाउँदै भनिन्-ुअहिले त मज्जैले पिउँछु खासै पछुतो छैन् ।ु

उनलाई त केटाहरु खान हुनेभएपछि आफूहरुले पनि हुन्छ झै लाग्छ रे । ुप्रतिशपर्धा राम्रै कुरामा गरे हुनेु भन्नु पर्ने कुरो मेरो गलामै अड्कीयो । दिक्क भईयो र एकान्त भो भने चुरोटको तलतल बढि लाग्ने बताउँछीन् सुजना । ुबट्टै घर लाने आँट भने गरेकी छैनु उनले हातको बट्टामा नजर सोझ्याउँदै ओठ खोलिन्-ुएकदुई खिल्ली भने घरमा स्टक राख्छु । खासै कम्प्लीकेसन अफ्ठ्यारा भाुको छैन् ।ु

उनीहरु दुवैलाई चुरोट पिउँदा हानी हुन्छ भन्ने राम्ररी थाहा छ । छोड्न मन लाग्दैन ुकहिले काँही किन सुरु गरिएछ जस्तो चाही हुन्छु ममताको हातमा भर्खर सल्केको सेतो छेस्कोले एष्ट्रेमा थकाईमार् यो-ुछोड्न खोजे पनि एकदुई दिनमा सुरु भैहाल्दो रहेछ ।ु उनले एक पल्ट चिया सुरुप्प पारेपछि चुरोटले थकाई मार्ने समय पनि पुरा भयो ।

एष्ट्रेबाट अडेसाएको खिल्ली सुजनाको ओठमा पुगेछि मन्द धुवा फाल्न सुरु गर् यो । व्यापारीक घरानाकी सुजनाका बाले पनि चुरोट पिउँछन् । ुआफैले टेष्ट गरेको धेरै भएको छैनु सुजना बताउँथिइन्-ुबाले खाँदा धुँवा त कति खाईयो खाईयो ।ु

उनका बाले पिउँदा उनले धुँवा खाईन् । उनले पिउँदा आडैको टेबलमा सुरु भएको फेमिलि डिनरलाई दिक्क पारेको हुँदो हो धुमपान विरोधी गुनगुन सुनियो । खिल्ली एष्ट्रेको पिँधमा यसरी थिचियो की ती परिवारको गनगनको रिस सुजनाले ठूटोमा पोखिन् । ुयाँ भन्दा धेरै कुरा नगरु हैु पुरा नाम बताउन नपाई हिड्न खोजेका उनीहरुले मलाई हेरे-ुसबै कुरा भन्यो भने त अरुले हामी बोलेको चिनीहाल्छन् नी ।ु ममताको यो कुरामा मैले पनि सहमतिको मुन्टो हल्लाए ।
उनीहरु हिडेपछि भने फेमिलि डिनरका ग्याङ्गले बुझ्ने गरिनै गाली गरे ुकस्ता केटीहरु रैछन जाँपायो त्यही चुरोट सल्काउँने ।ु

८८८८ ८८८८ ८८८८ ८८८८ ८८८८

साँच्ची हो पनि ुसेकेण्ड हेण्ड स्मोकिङ्गु अर्थात दोस्रो व्यक्तिले गरेको धुमपानबाट निस्केको धुँवाद्वारा थाहा नपएर वा पाएर श्वास फेर्नेकामको नकारात्मक प्रभाव बारे कमैले सोच्छन् । पात्रहरुसँगको लामो कुराकानीका बिचमा मैले पनि सोचेको रहेनछु ।

नेपालमा सर्वोच्च अदालतले सार्वजनिक स्थालमा धुमपानलाई पुर्ण प्रतिबन्ध जनाउन त्रिसठ्ठी जेठ ३० मा परमादेश जारी गरिसकेको थियो । सरकारले भने…।छैन । सन् २००६मा सार्वजनीक स्थान कार्यक्षेत्र रेष्टुराँ बार र क्यासिनोलाई धुम्रपान रहित ठाउँ घोषण गरि विश्वकै पहिलो राष्ट्रको रुपमा उरुग्गे उभियो । विभिन्न औधोगिक राष्ट्रहरुमा कार्यक्षेत्रमा धुम्रपान निषेध गर्ने कानुन अभ्यासमा ल्याउने हो भने मजदुरको धुम्रपान गर्ने बानीमा २९ प्रतिशत कटौंती गर्न सकिन्छ ।

शहरको कुरा गर्ने हो भने न्युयोर्कमा २००३ जुलाई २४ मा सार्वजनिक स्थान र कार्यक्षेत्रमा धुम्रपान निषेधित कानुन लागु गरियो । न्युवोर्क एडल्ट टोबाको सर्वे-२००४का अनुसार नियम लागू गरेको एक वर्षमै सर्वेमा संलग्नहरु जसले त्यहाँका बार अवलोकन गरेका थिए सेकेण्ड हेन्ड स्मोकिङ्गको प्रभाव९भहउयकगचभ० ५२ प्रतिशतबाट १३ प्रतिशतमा झरेको देखाएको थियो ।

मार्च २००६मा अकेरिकाको लस एन्जल्स्मा सबै सार्वजनिक स्थानहरुमा धुम्रपान गर्न नपाईने नियम रेष्टुँरा र केही केशमा घर भित्रै पनि नपाईने नियम लागू गरेको थियो । चुरोट पिउने व्यक्ती भन्दा ६ मिटर पर सम्म पनि धुँवाको प्रभाव पर्ने र यदि कसैले कम्प्लेन गरेमा तुरुन्त फान्लु पर्ने वा ५०० डलर जरिवाना तिर्नु पर्ने नियम लागू गरेको थियो । केही निजी क्षेत्रले पनि विश्वमा धुमपान विरुद्ध उत्साहाका साथ काम गरेका उदाहरण छन् । थाइल्याण्डमा विभिन्न १७ ठूला होटलहरुको एक समुहले २००७ मे अगावै सतप्रतिशत धुमपान रहित वातावरण उपलब्ध गराएका छन् ।

मोर्बिडिटी त्ाथा मोर्टालिटी विक्लि रिपोट-२००८ ले आफ्नो वेभपेजमा जनाए अनुसार विश्वभरका विद्यार्थीको तुलनामा युरोपेली राष्ट्रकाले सबैभन्दा बढी चुरोट पिउँछन् । जसको प्रतिशत १९।२ छ । विश्व स्वास्थ्य संगठनकै प्रतिबेदन हेर्ने हो भने नेपालमा पनि धेरै वयस्क पुरुष महिला तथा युवाहरु धुमपानमा संलग्न भएका छन् । नेपालमा २२।६ प्रतिशत महिला तथा २९।९ प्रतिशत पुरुषले नियमित तथा केही समय बिराएर धुमपान गरेको तथ्य छ । जसमा २४ प्रतिशत पुरुषहरुले त दैनिकनै धुमपान गर्छन । स्वाथ्य संगठनको प्रतिबेदनमा उल्लेख भएअनुसार २००१ मा महिला ४।३ प्रतिशत र पुरुष ११ प्रतिशत थियो । केही दिन वा घण्टाको फरक पारेर धुमपानमा संलग्न हुने गर्दथे । केही देशहरुमा घर भित्रै पनि नियम लागू गरेको सुन्दा हामीलाई अचम्म लाग्न सक्छ ।

ुघरको के कुरा गर्नु भा कलेज पनि चुराट नपिईदिनुस भन्दा पिट्नै आउँला जस्तो गर्छनु सामाखुसीका बिनय कार्कीले रिस पोख्दै भने-ुआफै चुपचाप लागेर बस्नु वा जुरुक्क उठेर हिड्नुको बिकल्प छैन ।ु

बिनयको मात्र हैन सार्वजनिक स्थानमै पनि स्वच्छ हावा पिउने इच्छा हामी माझ सायद कमैको पुरा भएको होला ।

नेपालमा स्थानीय पत्रपत्रिका अन्तराष्ट्रिय संचार माध्यममा धुमपानका पक्षमा सोझो बिज्ञापनमा रोक लगाएको छैन । तर सरकारले नेपाली टेलिभिजन र रेडियोमा भने यस्ता विज्ञापन रोक लगाएको छ । कसैलाई चुरोट नपिउनकै लागि आदेश जारी गरेर उसको व्यक्तिगत स्वतन्त्रता हनन् गर्न त सकिँदैन । सार्वजनिक स्थान कार्यक्षेत्र विद्यालय तथा विश्व विद्यालय रेष्टुराँ क्यासिनो बार तथा मान्छेका भिडभाड बढि हुने अन्य स्थानलाई धुमपान निषेधित क्षेत्र बनाउने हो भने धेरै नेपालीको स्वच्छ हावा पिउने सपना पुरा हुने थियो । तपाई एक जनाले छाड्नु भएको अम्मल बानीले तपाईको परिवार र वरपरका मान्छेलाई हित गर्छ । ुहाम्रो पुरानो बानीु धुमपान बिरोधीकुरा सुन्यो देख्यो वा पढ्यो भने झट्ट चुरोट सम्झेर सल्काउने ुआश छ तपाईले निरन्तरता दिनुहुनेछैन् ।ु


Comments