Monday, July 27, 2015

एटिएम बन्द गरेर पिकनिकमा ?

गत शनिबार दिउँसो २ः३० बजे । पोखराको एक कार्यक्रममा पुग्न निक्कै हतार थियो । केही अतिआवश्यक खर्चपर्च पनि झिक्न पर्ने थियो । NABIL BANK को चिप्लेढुंगा स्थित एटिएम मेशिनमा पुगेँ । तिन तिन पटक प्रयास गर्दा पनि मेसिनबाट पैसा निस्केन । 'आज शनिबार छुट्टी भएर पैसा नै हालेछैन होला,’ आडैमा उभिएका एक जनाले भने । एटिमलाई शनिबार लाग्नु भनेको निदाएको बेलामा श्वास नफेरि आराम गरौं भनेको जस्तै हो । दिक्क पर्दै पुनः नबिल बैककै कार्यलय रहेको सभागृह चोक नजिक पुगेँ । कार्यलयको मुल गेटसँगै रहेको एटिम मेसिनको सटर बन्द थियो । आपद परेको बेलामा झोकै चलेर आयो, ‘क्या हो माथिको मेसिनमा पैसा छैन, याँको बन्द छ के हो ताल ?’ कोही नभेटेपछि सेक्युरिटी गार्डको अघि रिस पोखेँ । उनले उत्तर दिए, ‘यहाँको मेसिन बिग्रेको छ सर, के गर्ने सबै जना पिकनिक जानु भएको छ ।’