Skip to main content

Posts

Showing posts with the label अनुभव

छोरी निदाइन्...

हाम्रो देखासिकीमै। दुई वर्ष पुग्दा नपुग्दै छोरीले कलम समाउन थालिन्। उनको रूची देखेर, मैले उनलाई बाह्र रंगका कलमहरू ल्याइदिएँ। ती सबै कलम एकैपटक समाएर सेतो पानामा घेरो बनाउँदा रंगिन इन्द्रेणी बन्यो। छोरीले खुशीहुँदै ताली बजाईन्। कापीमा कोरिन्। किताबमा कोरिन्। भुइँ, भित्तामा कोरिन्। अनि रंगहरूसँग खेल्दा खेल्दै रंगको बट्टानै च्यापेर मस्त निदाइन्। उनी निदाउँदा उनी मात्र निदाइनन्, मेरा निम्ति सारा संसार निदायो। आडैको उनको गुडिया निदायो। उनले खेल्ने बल निदायो। अनि निदायो उनले सुम्सुम्याउँने भाँडाकुटीहरू। लाग्यो रुखहरूले पात हल्लाउन बिर्से। हिड्दै गरेका मान्छेहरू टक्क अडिए। घुम्दै गरेको पृथ्वीले थकाइ मार्‍यो। मैले लामो सास फेरेँ। उनले च्यापेका रंगहरू बिस्तारै झिकेर सिरानी पछाडि राखिदिएँ। उनलाई पातलो पच्छ्यौरा ओढाइदिएँ। बिरालो चालमा कोठा बाहिर आएँ। दिनको हल्लाखल्ला बीच मनमनै प्रार्थना गरेँ, ‘छोरी निदाईन्, कसैले हल्ला नगरून्।’ तै पनि आजकल  शहरमा धेरै हल्ला हुन थालेको छ। छिमेकमा बन्दै गरेको घर। काठमा खुर्किन सकिनसकि कुद्दै गरेको मेसिनले उनलाई केही बेरमै उठाइदियो। उठ्ने बित्तिकै उनले फेरि...

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...