Sunday, February 27, 2011

शिवरात्री उखान

* आफै त महादेव उत्तानो पर, कसले सुल्टो बनाइदियोस्

* पशुपति क्षेत्रबिकास कोषमा पैसो छ, खल्तिमेरो रित्तै


* गाँजा खाएको मान्छे, पाती देख्दा तस्रन्छ

* अरुबेला साग पखाल, शिवरात्रीमा पाप पखाल जय बाग्मती

* पशुपतिको जात्रा, गाँजाको व्यापार

* पशुपतिका भट्ट, कमरेड प्रचण्डलाई छट्ट न पट्ट

* नखाउ भने दिन भरिको शिकार, खाउँ भने गाँजाको बिकार

Friday, February 25, 2011

रातेको माया

"कुखुरी काँ" लौ आइतराज बाजेको घरमा राते बास्यो । उसले चार पाँच पटक चिच्चयाउँदा पनि बाजे बज्यैका आँखा खुलेनन् । उनीहरु त हिजो साँझै मज्जैले तोङ्बा खाएर सुतेका थिए । आइतराज बाजेलाई बिहान बिहानै बासेर निन्द्रा खल्बलाइदिने रातेको बानी कत्ति मन पर्दैन्थ्यो । बाजे बज्यै निन्द्रामा भएपनि रातेको निन्द्रा भने हटिसकेको थियो । रातेको ज्यान ठूलो । खोर सानो । उ सधैं बिहान आत्तिदै यसरी नै कराउने गथ्र्यो । सधैं झै आज पनि उसको खोरको छेस्कनी खोल्न सबिना दौडदै आइपुगी । "यसलाई कति चाँडै उज्यालो हुन्छ भने," उ कराउँदै रातेलाई खोर बाहिर निकाली "एकछिन सुत्न पनि दिन्न ।"



सबिना रिसाएको पत्तो पाएको रातेले गल्ति गरेझै टाउको निहुरायो । "भैगो काम थियो उठाइदियौं राम्रै भो" सबिना हाँसेर बोलेपछि भने राते बुरुक्क उप्रुेर घरको भर् याङमा पुग्यो । ज्यान तिनिक्क तन्काउँदै कुर्लन थाल्यो "कुखुरी काँ" । सबिना हाँस्दै पँधेरा तिर दकुरी । राते पनि उनैको पछि लाग्यो ।

***
सबिना ११ वर्षकी भइन् । उनको घर पूर्व पाँचथरको दुर्गम गाउँमा पर्छ । एकाबिहानै बाघमारा डाँडामाथि घाम उक्लेपछि मात्र उनको गाउँ उज्यालो हुँदै आउछ । सबिनालाई सानै देखि गाडी चढ्ने ठूलो रहर थियो । एक वर्ष अघि । जीप चढ्ने भनी उनले बाआमासँग धेरै नै जिद्धि गरी । छोरीको इच्छा पुर् याउन सबिनाका बा आमाले उनलाई घुमाउन इलाम बजार लाने भए । पहिलो पल्ट जीप चढ्न पाएकोमा उनी दंग थिइन् ।

Monday, February 21, 2011

रुविनको सारंगी घन्के पछी

गोर्खा जिल्ला । सदरमुकामबाट एक दिन हिड्नु पर्ने गाउँ । आँपपिपल लिगलिगकोटको गन्धर्व वस्ती । त्यही बस्तीको एक फुच्चे केटो । रुवीन गन्धर्व । उमेरले पाँच वर्ष टेक्दा उ वल्लो टोल र पल्लो टोल दौडने भैसकेको थियो । बाले गाउँघरमा सारङी बजाउँदै हिड्दा उ पनि उनैसँगै ढेपिएर गीत गुन्गुनाउँथ्यो ।



काठको गुरगुरे । धूलो उडाउँदै दौडने उसलाई त्यही नै संसारको सबैभन्दा ठूलो गाडी हो भन्ने लाग्थ्यो । उसले सोचेको पनि थिएन गुरगुरे भन्दा भयंकर ठूला गाडीहरु पनि हुन्छन् जसका पाङ्ग्रा खैनीका बट्टाले हैन मोटामोटा रबरका ढड्डा बेरिएर बनेका हुन्छन् ।

बाबा आमाको कान्छो छोरो । "बा चुतुरबहादुर र आमा गोमा," कस्को छोरो होस भनेर कसैले सोधेमा फ्याट्ट यसै भन्दै खितित्त हाँस्ने उसको बानी थियो । पातलो बस्ती । मोटर नकुद्ने गाउँ । उसले सोचेको पनि थिएन एक दिन उ त्यहाँबाट घरहरुको जंगलमा पस्नेछ । लाखौं पाङग्राहरुका बीच उ पनि कुद्ने छ । उसका सारङीका आवाजसँगै गणतन्त्रका नारा चर्कने छ । अनि उसका ओठमाथि जुँगाको रेखी कोरिने बेला देशमा नयाँ संविधानको रेखा कोरिदैहुनेछ ।

Sunday, February 20, 2011

देउराली उकालो चढेर

'आधा घण्टा सम्म धान्छ त्यसपछि हावा फुस्कदै जान सक्छ अल्लि बिचार गर्नु होला', प्लाष्टिकको डुङ्गा देखाउँदै एक सैनिकको कुरा सुनेपछि मनमा उथलपुथल सुरु भयो । लगभग आधा घण्टामा हामी तनहँु र गोरखाको सिमानामा पर्ने मस्र्याङदी बाँध घुम्न सक्ने उनको तर्क थियो । 'आधा घण्टा पछि आधा उमेर पनि नकाटेको ज्यान गए त गैगो नी' त्यस्तो डुङ्गामा बसेर म मनलाई ढुङ्गा बनाइरहन सक्दैनथेँ ।



हामी पाँच जनाको टोली अर्को नाउमा बस्यौं । नेपाल टुरिजम बोर्डबाट तीन जना । अन्नपुर्ण पोष्टका सुरेश श्रेष्ठ र म लाग्यौं बाँधमा मन बाँधेर नौका बिहार । पानीको रह निकै गहिरो देखिन्थ्यो । 'गहिरो नाप्न त डुबेर हेर्नु पर्छु लाइफ सकिनै लागेको लाइफजाकेट कस्दै पर्यटनबोर्डका सुनिल शर्माले हँसाए ।
लगभग आधा घण्टाको नौका बिहारपछि हामी साँझपख गोरखाको देउराली गाविस पस्यौं । भोलिपल्ट बहुआयामिक पर्यटन विकासका लागि छलफल कार्यक्रम थियो । 'अकला देवी मन्दिर तथा मस्र्याङ्गदी नदी जल गृह पर्यटकीय विकास समिति' गठन गरेको धेरै भएको थिएन । तैपनि गाउँमा रौनक छुट्टै थियो । भोलिहुने कार्यक्रमका लागि आमा समुहको एक टोली सेल रोटी पकाउन व्यस्त थियो । उनीहरुले हर घरबाट दुईमाना पिठोमात्र उठाएका थिएनन् कार्यक्रमका लागि काँक्रा फलफुल तथा तरकारीपनि जम्मा पारेका थिए । आमाहरुले 'कन्यादेवी बचत तथा ऋण सहकारी संस्था पनि खोल्न भ्याएछन् । 'भ्याइ नभ्याई छु रोटीका लागि पिठो मुच्छ्दै गरेकी कन्यादेवीकी अध्यक्ष सीता खड्का हाँसीन् 'गाउँ बनाउने भनेपछि लाग्नै पर् र्यो नी ।' पर्यटनबोर्डका जीतेन्द्र भट्टराई गोविन्द ओलीसँगै बाँकी साथीहरु भोली हुने कार्यक्रमका बारे छलफलगर्दै मस्त खाजा खाइयो दही सेल र अचार ।

हनी बावल गाउँकी हजुरआमा

ढल्कँदो उमेरले उनका कपालमा सेता मेहन्दी पस्किएर गए । ८६ वर्षले उनीसँग विदा माग्ने बेला मुहारमा निक्कै धसा्र कोरिए । आँखा चिम्सा भए । हातगोडा लुला हुन थाले । स्याङ्जा खिलुङ देउराली गाविसकी कौशिला गुरुङले चुरोटको सर्को तान्दै भनिन् 'अब बूढी भैसकेँ ।'

पातीले बारेका घर । खरले छाएका छाना । बारीभरि घैया मकै छरेका । पातलो बस्ती । इन्डियन लाहुरेसँग लगनगाँठो बाँधेर आउँदा उनका आँखामा यस्तै खिलुङ नाच्थ्यो ।



बिस्तारै बस्ती बाक्लिँदै गयो । पातीका भित्तामा ढुंगाका गाह्रा उकासिए । खरका घरले ढुंगाका स्लेट र टिनका टोपी ओढ्न थाले । झ्याम्म परेका बुटाहरु काटेर कोदो फापर सिमी र बोडी उमार्न थालियो । उनैका आँगनमा दुई छोरा र दुई छोरी हुर्किए । छोराहरु पल्टनको पेन्सन पकाएर गाउँ फर्किए । छोरीहरु अन्तै घरजम गर्न पुगे । आठ नाति-नातिना र तीन पनाति-पनातिना । सबै बुक्र्यौलाहरु उनका काखबाट ओर्लेर गाउँ चाहार्ने भैसके ।

Saturday, February 19, 2011

बूढ्यौंली वैषसँग युवा जोश

"पूर्व पर्यो मनकामना दक्षिण कालिका असी मेरो उमेर पुग्यो मन भने बालिका"

७२ वर्षे शेरबहादुर गुरुङले जिउ मर्काउँदै र हातैको लौरो घुमाउँदै सालैजोको टुक्का झिके । वूढेसकालमा उर्लेको बाजेको वैष देखेर युवाहरुले भाका छोपे र नाच्न थाले

अहोइ मायालु होऽऽऽ…मन भने बालिका…होऽऽऽ

खिलुङ स्याङ्जाको यो दृश्यमा साथ दिन तुङ्गुनातुङ गर्दै मादल घन्कन थाल्यो । बूढाले लौंरो फाले अनि हात फैलाउँदै आँखा चम्काउँदै र कम्मर मर्काउँदै नाच्न थाले । बूढी आमैहरु खित्का छाड्दै तालीले साथ दिए । माहोल तातियो र नाँच्नेहरुको झन् ओइरो लाग्यो ।

भारतीय सेनाबाट अवकाश प्राप्त शेरबहादुर गाउँका युवाहरुलाई पुराना गीतका भाका सिकाइरहेका थिए । युवाहरुको उत्सुकता पनि निक्कै रोचक थियो । 'हामीले सालैजो सिक्दै छौं', स्थानिय युवा धनबहादुर गुरुङले भने,'छिट्टै हामी अरु भाका र यसका नाच पनि सिक्ने छौं।'


स्याङ्जाका खिलुङ देउराली गाविस र लामडाँडालाई पर्यटकीय गाउँ बनाउन युवाहरु लागिपरेका छन् । महको उत्पादन राम्रो हुने यी गाउँको यात्रालाई 'हनि बावल टुरु' नाम प्रस्ताव पनि गरिसकिएको छ । पर्यटक भित्राउन नयाँ पन त देखाउनै पर् यो । के देखाउने बारे बहस चलेपछि युवाहरुले आफ्नो पहिचान भुल्दै गएको बारे पत्तो पाए । 'हाम्रो आफ्नै संस्कृतिभन्दा ठूलो त केही रहेनछु संगितमय युवा सुसेली परिवारका धनबहादुरले भने ुहामी र हाम्रो पुस्ताले पनि नभुलौं भनेर नै सिक्न लागेको हो ।'

Tuesday, February 15, 2011

झरी परेको दिन...

उनी र म

उनले छाडेर गएपछी
हरेक दिन झरी पर्यो
उनी पानीले भिजिन
म आँशुले !



सडक बालक


साला झरी
नपरेपनि हुन्थ्यो
सुत्ने सडक रुझ्यो
ओढ्ने आकाश भिज्यो

सम्झौता

झरी परेकाले
आज फुटपाथमा व्यापार छैन
चुल्हो चिसो छ
माया साटेर भोक मारौं !!!


सडक

रोपाइ गर्न परे
सडकमै धान छरे हुन्छ
माछा पाल्न परे
थोरै पानी परेहुन्छ
वा ! क्या सडक छ
आउनुहोस् झलकनाथ ज्यू
यसलाई पनि उद्घाटन गरे हुन्छ
(Bhabasagar-Feb16th, 2011)

Saturday, February 12, 2011

भ्यालेन्टाइन उखान



भ्यालेन्टाइनमा गलफ्रेन्डलाई इमेल पठाएको कम्प्युटर नै ह्याङ भयो !
१० वर्ष पत्रमित्रता बाट प्रेम आदान प्रदान गरेँ मोरी त हुलाकीसँग पोइला गैछे !
दिनदिनै लभलेटर झ्यालबाट फाल्दिन्थेँ केटीकी आमाले पढ्दी रैछे मस्केर हैरान !
आए गलफ्रेन्ड गए गिफ्ट !
रेष्टुराँमा मोमो ख्वाएँ थुप्पा ख्वाए आखिरामा त झुसेबारुलो !
काम पाइनस छोरी लभलेटर लेख !
दुईटी गलफ्रेन्ड बनाउनेलाई रामराम भन्न सकिन्छ ततेर्न सकिन्न !
जुन गर्लफ्रेन्ड आएपनि कानै चिरेका !
गर्लफ्रेन्ड आइ गर्लफ्रेन्ड आइ फुस्स!
बाह्र छोरा तेह्र नाती हजुरआमाको आँखा लभलेटर माथी!
छन् केटी सबै मेरी छैनन केटी सबै तेरी!
खाने बेलामा घिन नसम्झनु डेटिङका बेला ऋण नसम्झनु!
बिबाहित केटी भैसी बराबर!
मुखमा रामराम बगलीमा सीता!
भ्यालेन्टाइनको जात्रा ग्रीटिङकार्डको व्यापार!
म गर्छु पिएको कुरो गर्लफ्रेन्ड गर्छे बिहेको कुरो!

ब्रेक अप-भ्यालेन्टाइन

भ्यालेन्टाइन १

प्रेम पत्र दिएँ भनेको त
घरको तरकारीको बिल परेछ
नसोध भो पछि के भो
जीउ रक्सीले टिल परेछ

भ्यालेन्टाइन २
म मन भरी फूल बिच्छ्याएर
उनको घर पुग्दा
त्यो त उनको माइत भैसकेछ
तैपनि यसो मन फर्कन्छ कि भनी
उनको कर्म घर गएको त
धत् त्यहाँ त उनी सुत्केरी भै रैछ