Skip to main content

देउराली उकालो चढेर

'आधा घण्टा सम्म धान्छ त्यसपछि हावा फुस्कदै जान सक्छ अल्लि बिचार गर्नु होला', प्लाष्टिकको डुङ्गा देखाउँदै एक सैनिकको कुरा सुनेपछि मनमा उथलपुथल सुरु भयो । लगभग आधा घण्टामा हामी तनहँु र गोरखाको सिमानामा पर्ने मस्र्याङदी बाँध घुम्न सक्ने उनको तर्क थियो । 'आधा घण्टा पछि आधा उमेर पनि नकाटेको ज्यान गए त गैगो नी' त्यस्तो डुङ्गामा बसेर म मनलाई ढुङ्गा बनाइरहन सक्दैनथेँ ।



हामी पाँच जनाको टोली अर्को नाउमा बस्यौं । नेपाल टुरिजम बोर्डबाट तीन जना । अन्नपुर्ण पोष्टका सुरेश श्रेष्ठ र म लाग्यौं बाँधमा मन बाँधेर नौका बिहार । पानीको रह निकै गहिरो देखिन्थ्यो । 'गहिरो नाप्न त डुबेर हेर्नु पर्छु लाइफ सकिनै लागेको लाइफजाकेट कस्दै पर्यटनबोर्डका सुनिल शर्माले हँसाए ।
लगभग आधा घण्टाको नौका बिहारपछि हामी साँझपख गोरखाको देउराली गाविस पस्यौं । भोलिपल्ट बहुआयामिक पर्यटन विकासका लागि छलफल कार्यक्रम थियो । 'अकला देवी मन्दिर तथा मस्र्याङ्गदी नदी जल गृह पर्यटकीय विकास समिति' गठन गरेको धेरै भएको थिएन । तैपनि गाउँमा रौनक छुट्टै थियो । भोलिहुने कार्यक्रमका लागि आमा समुहको एक टोली सेल रोटी पकाउन व्यस्त थियो । उनीहरुले हर घरबाट दुईमाना पिठोमात्र उठाएका थिएनन् कार्यक्रमका लागि काँक्रा फलफुल तथा तरकारीपनि जम्मा पारेका थिए । आमाहरुले 'कन्यादेवी बचत तथा ऋण सहकारी संस्था पनि खोल्न भ्याएछन् । 'भ्याइ नभ्याई छु रोटीका लागि पिठो मुच्छ्दै गरेकी कन्यादेवीकी अध्यक्ष सीता खड्का हाँसीन् 'गाउँ बनाउने भनेपछि लाग्नै पर् र्यो नी ।' पर्यटनबोर्डका जीतेन्द्र भट्टराई गोविन्द ओलीसँगै बाँकी साथीहरु भोली हुने कार्यक्रमका बारे छलफलगर्दै मस्त खाजा खाइयो दही सेल र अचार ।

पर्यटन विकासका लागि नयाँ गन्तव्य स्थल बन्ने धुनमा थियो देउराली । तनहुँ जिल्लाको आँबु गावीससँग जोडिएको यसले लगभग ३ हजार चौध हेक्टर क्षेत्रफल ओगटेको रहेछ । पूर्वमा दरौंदी पश्चिम दक्षिण मस्र्याङ्दी नदी उत्तर पश्चिम तर्फ ऐतिहासिक गढी बूढीकोटको रखुवारी बीचको गाउँ ुपानको पातु जस्तै आकारमा फैलिएको थियो ।

'पानको पातमा सबको साथु पाए चाँडो विकास हुनेमा गाउँले आशावादी थिए । विसं २०५७ मा गाविसले गरेको अध्ययनमा १ हजार ६ घरधुरी देखाइएको छ यहाँ । 'ऐले त बढे' गावीस निवर्तमान अध्यक्ष ऋषि खनाल भन्छन् ु११ सय नाघि सक्यो होला ।

साँझको रमाइलो बसाइपछि भोलिको कार्यक्रम स्थल गोप्लिङ्गको आँप बगैँचा पुग्यौं । बूढाबुढी देखी केटाकेटीसम्म सबैलाई चासो थियो कार्यक्रमको । गोरखकाली रबर उद्योग ६९ केभी क्षमताको मस्र्याङदी जलविद्युत गृह गाउँमै छन् । दरौंदी र मस्र्याङ्दी नदीको दोभानमा रहेको ऐतिहासिक तथा धार्मीक स्थाल रामशाह घाट अकला माईको मन्दिर र मस्याङ्दी बाँध पर्यटक डुलाउने आकर्षण भएर पनि आज सम्म आफैले चिन्न नसकेको विष्णु बुढाथोकी बताउँदै थिए ।

पर्यटन विकासका लागि गाउँमा गठित समितिका अध्यक्ष समेत रहेका उनले कार्यक्रममा यो बताइरहँदा आडैका युवा जमात चाख मानेर सुन्दै थिए । सोह्रौ शताब्दीका राजा रजौंटाहरुको किल्ल्ााको रुपमा रहेको बूढीकोट उनीहरुले असारमा हिलो खेल्ने रानीखेतको संरक्षण र प्रचार नपुगेकोमा उपीसथत समुदाय सहमत थियो । ुअब केही सुरु गरिहाल्नु पर्छु गाविस सचिव रामेश्वर खनालले भने गर्न पर्ने काम धेरै छन् ।

पुराना राजा रजौंटाले शिकार खेलेर आराम गर्ने गरेका विभिन्न ऐतिहासिक गढहरु गाविस भित्र पर्छन । लडाईँका बेला तत्कालिन राजा र रानी भागेर लुकेको ठाउँ 'रानी ओढारु ले पनि ठूलो महत्व बोकेको छ । ग्ााउँको फलफुल तथा तरकारी खेती सल्ला सिसौं लालीगुराँश साल आदि रुखले भरिएका वन पनि पदयात्री लोभ्याउन त_िम्सएका देखिन्थे ।

पूर्व मनकामना र पश्चिममा बन्दीपुर छ । उत्तरमा कालिका मन्दिर र दक्षिण तर्फ छिम्केश्वरी मन्दिर छु विकासको सम्भावनाले बीचमा भएर पनि सधै पुच्छारमा बसेझै देखिन्थ्यो गाउँ । 'अब राम्रो हुन्छु थिरबहादुर दराईले लस्करै परेका दाँत देखाउँदै भने ' हामीले घरघरबाट अभियान सुरु गर्दैछौं ।

दराईसँगै देउरालीमा मुख्यत क्षेत्री मगर नेवार बाहुन दमाई सार्की तामाङ सुनार कामी तथा नकर्मी जाति बसोबास गर्छन । यहाँको घाटुनाच मारुनी पाउँदुरे चुड्का पनि निक्कै प्रख्यात छ । गाउँमा डमरु ठेकी मदानी मादल खैजडी जस्ता काठका कलात्मक सामान पनि बन्ने गर्छ । साथसाथै मकैका भुत्लाबाट बनाइने चकटी र परालबाट बनाइने गुन्द्री र थर्कटी पनि निक्कै प्रख्यात छ । यहाँका बासिन्दा बाँस तथा निगालाका डोका नाम्ला चित्रा पनि बनाउने गर्छन्ु स्थानिय पत्रकार भगवान खनाल भन्छन् बालुवा र मार्वलको खानी पनि भेटिएको छ ।ु खानीको बजार बिस्तार र प्रचारमा गाउँ लागि परेको उनको तर्क थियो ।

के हो त देउरालीको खास विशेषता ुविशेषता भनेकै यहाँ बसोबास गर्ने जातजातिको एकता होु ऋषि खनालले भने । हर काममा एकबद्ध भएर निस्कने यहाँका बासिन्दा खेती किसानीमा निक्कै मेहनत गर्छन् । प्राय घरमा भैसी गोरु गाई बाख्रा कुखुरा परेवा जस्ता पशुपंक्षी पालिएको भेटिन्छ । तर यसको व्यवसायीकरण भने गर्न नसकिएको गाउँलेले बताए ।

भारत तथा खाडी मुलुकमा पनि यस गाउँका मानिसहरु पुगेका छन् । गाविस पुच्छारमा रहेको लगभग चार किलोमिटरको मस्र्याङदीको बाँधमा डुङ्गा चलाउन र छेउछाउमा होटल बिस्तार गर्न सकिन्छ । गाउँमा बिजुली पुगेको छ । लगभग सबै वडालाई कच्चि सडकले छोएको छ ।
'पर्यटक तान्ने सम्भावन धेरै छ गाउँलेहरु उत्साहित भएर लागेका छन् पर्यटन बोर्डका अधिकृत जितेन्द्र भट्टराई भन्छन् 'सकारात्मक तरिकाले अघि बढ्न हामीले प्रेरित र सहयोग गछौर् ।'
आफूले घाँस दाउरा गरेर दुःख गरेपनि छोरानातीले सुख पाउनेमा वृद्धा कृष्णकुमारी खड्का खुसी देखिन्थिन् । ुसबै गाउँ बनाउन लागिपरेका छन्ु खड्काले फूलेका कपाल केलाउँदैै भनिन् 'सबैलाई घुम्न आउनु भन्दिनु है ।

रामशाहा घाटका गिरीबाबा

चारैतिर हरियाली देखिने दरौंदी र मस्याङ्दीको दोभानमा रहेको ुरामशाहा घाटु गोरखा नगरपालीका वडा नं ११ र देउराली जोड्ने पुलको पूर्वतिर रहेको छ । गोरखाका राजा रामशाहालाई यहीँ घाटमा जलाईएको थियो । घुम्दै जाँदा घाटमा भेटिए एक गिरी बाबा कैलाशु ।

गिरीको खास घर रुकुमको बाफीकोट हो । उनी कसरी यहाँसम्म आइपुगे भन्ने रमाइलो कथा छ । ४५ वर्षे गिरी १४ वर्षको छँदा भारत पसे । उनको जीवनका २३ शिशिर त भारतका विभिन्न मठ मन्दिर चाहर्दै बित्यो । अविवाहित उनी ३७ वर्षको छँदा आफ्नै देशका धार्मिक स्थलहरु मुक्तिनाथ र पशुपतिनाथ चाहार्दैथिए । सन्जोगले गोरखाको यो घाट आइपुगेका उनले यहाँ एक राइबाबा भेटे । 'राइबूढा थिए म बसेको केही दिन मै सक्किए' गिरीले ती दिन सम्झदै भने ुमैलेनै उनको कि्रया गरेँ अनि गाउँलेको अनुरोधमानेर आफै यहाँ बस्न थालेँ ।'

उनी यहाँ बस्दाका सुरुका दिनमा घाट झाडी नै झाडीले ढाकीएको थियो । उनले सबैलाई गुहारे सफा गरे अनि छाप्रो बनाएर बस्न थाले । भरतपुर देखि ल्याएर आँप लिचि कटहर बेलौती निवुवा लगाएँ अहिले सबैतिर हराभरा भएको छु आठ वर्ष घाटमा बिताएका गिरी भन्छन् ुयो लक्ष्मीनारायण मन्दिर पनि उकास्न पाए सन्तोक हुन्थ्यो ।

गिरीका अनुसार घाटनेर रहेको लक्ष्मीनारायणको मन्दिर ५ सय वर्ष पुरानो हो । यो भिरको डिलमै भत्कनै लागेको यो मन्दिर संरक्षणको पर्खाइमा छ । असार साउनको बर्षामा मन्दिरको मात्र हैन उनको बसाई पनि कठिन हुन्छ । ुपानी चुहिएर बस्न गाह्रो हुन्छु उनले भने ।

घाटले ऐतिहासिक महत्व बोकेको छ । रामशाहाको सतीगति गर्दा उनकी श्रीमती पनिसती गएकी थिइन रे । सती गएकी श्रीमतीको शक्तिको प्रभावले मनकामनामाईको उत्पत्ति भएको कथन पनि छ । 'माईले लखनथापालाई दर्शन दिएकी थिइन्' गिरी भन्छन् 'ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण रहेको यो घाटलाई संरक्षण गर्न सके राम्रो हुन्थ्यो ।

अक्करबाट बचाउने अकला

देउरालीको गहना जस्तै छ अकला मन्दिर । सबैको झै अकलाको पनि आफ्नै कथा छ । यहाँका केही बासिन्दा डोटीबाट बसाई सरेर आए । पुजारी टुमबहादुर नहर्कीका अनुसार गाउँलेले धुमधाम मान्ने देवी अकलालाई डोटीबाट यता ल्याएनन् । ुमस्याङ्दीको किनारमा छु भन्दै गाउँलेलाई देवीले सपनामा चेष्टा दिइन्ु नहर्की भन्छन् ुन भन्दै मस्याङ्दीको छेउमा गाउँलेले शिला भेटे अनि ल्याएर २०१३ सालमा थापना गरे ।ु

मंसिरको गुठी पाचमी माघे संक्रन्ति नयाँ वर्षमा ठूलो मेला लाग्ने गथ्र्यो । गएको संकटकालका बेला देखि भने यो मेला रोकिएको पुजारीले बताए । फेरि चहलपहल सुरु भएकाले मेलाले निरन्तररता पाउनेमा उनी आशाबादी छन् ।

मन्दिरमा दर्शन गर्न काठमाडौं कास्की लम्जुङ्ग चितवन लगाएतका जिल्लाबाट धेरै मान्छे आउने गर्छन । पुजाआर्जाको सामान बेच्ने पसल थापेर बसेकी भगवतीमाया नहर्की पनि अहिले उत्साहित बनेकी छीन् । ुधेरै मान्छे आइदिए व्यापार राम्रो हुन्थ्योु डेढ दशक अघि देखि धूपधजा बेच्ने नहर्की भन्छिन् ुछोराछोरीलाई राम्रो पढाउन र हातमुख जोर्न सजिलो हुन्थ्यो ।ु

गोरखा टक्सारकी पार्वती राना पनि भर्खर मन्दिर छिरेकी थिइन् । अफ्ठ्यारो पर्दा अकला सम्झेकाले भाकल पुरा गर्न आएको उनले बताईन् । ुबूढा साउदीमा छन् उनैको राम्रो होस भनि सम्झेको थिएु हातमा रातो भाले बोकेकी रानाले हाँस्दै भनिन् ।

लोपउन्मुख जातिका दुई पुस्ता

२०५७ मा गाविसले गरेको एक अध्ययन अनुसार दराई जातिको जनसंख्या जम्मा २ सय ४५ थियो । गाउँको कुल जनसंख्याको यो ४।२४ प्रतिशत हो । गाउँमा अहिले दराई जातीका सात घर धुरी छन् भने बोटे जातीका तीन । यी दुबै लोपउन्मुख जाति हुन् । गोरखाका माझटार छेपेटार राइपाली च्याङ्लिङ आरुघाट आदि ठाउँमा पनि आफ्ना जातिको बसोबास रहेको देउराली-३ गोप्लिङ्गका थिरबहादुर दराई बताउँछन् । यस गाविसका धेरै जसो दराई र बोटे जाति खेति किसानीमै व्यस्त हुन्छन् ।

बोटे जातिकी सकि्रय महिला हुन राममाया बोटे । आफु सदस्य रहेको आमासमुहले खोलेको सहकारीबाट ऋणलिएरै भएपनि उनले तरकारी खेती गरेकी छिन् । उनका घरमा बाख्रा भैसी र गोरु छन् । बेलैमा धेरै नपढेकोले आफूले दुःख पाएको उनी बताउँछीन् । 'पौंढ शिक्षा पढेकाले नाम सम्म लेख्न आउँछु राममायाले हाँस्दै भनिन् ।


सबिता युवा पुस्ताकी दराई हुन । उनी आफ्ना जातिको जीवनस्तरमा सकारात्मक परिवर्तन चाहन्छीन् । 'धेरैको आर्थिक अवस्था कमजोर छु उनी भन्छिन् 'उन्नतीका लागि केही त गर्नै पर् र्यो । ' आमा पुस्ताले पढ्न नपाएपनि छोरी पुस्ता भने अक्षर चिन्न अघि बढेका छन् । सबितापनि मित्रता उच्चमाविको कक्षा १० भेट्टाउन विहानै तनहुँ पुग्ने गर्छिन् । उनी स्थानीय क्लब शक्ति संगालोकी सकि्रय सदस्य पनि हुन् । धेरै पढेर गाउँमै केही नयाँ काम गर्न मन छ उनलाई । 'गाउँ सजाउने अनि पर्यटक भित्राउने' सबिता भन्छिन् 'अनि त हामी सबैको राम्रो भैहाल्छनी ।'

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...