मोबाइलको साटो पुस्तक


बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं ।

मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् ।






अघिल्ला तीन कृती...

माथिका तीन पुस्तकहरु 'पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तकहरु 'कोकिलालाई के भयो, खेलहरु चिनाैं' आउँदो साताको अन्त्यसम्ममा तलका पसलहरुमा उपलब्ध हुनेछन् ।

बुक पाइने स्थान:

काठमाण्डौ
१) रत्न पुस्तक भण्डार, बागबजार
२) बुक प्यालेस, प्रदर्शनी मार्ग
३) अनु बुक्स, भोटाहिटी र सातदोबाटो
४) नेसनल बुक हाउस , भोटाहिटी
५) एकता बुक हाउस, थापाथली
६) पाटन बुक सप, पाटन
७) सरस्वति बुक हाउस, पुल्चोक
८) पशुपति बुक सप, पुरानो बानेस्वर
९ ) रिचमण्ड बुक हाउस , महाराज गंज
१०) सांग्रिला बुक्स, न्यु प्लाजा

काठमाण्डौ बाहिर
१) बुक मार्ट पोखरा
२) हिमालयन रिडर्स कर्नर पोखरा
३ ) कोरोना बुक हाउस , पोखरा
४) साहित्य सदन, पोखरा
५) मनकामना बुक हाउस पोखरा
६) प्रभात बुक्स, बुटवल
७) हिमालायन बुक हाउस, बुटवल
८) पुस्तक महल, हेटौडा
९ ) सुनगाभा बुक हाउस , नारायणघाट
१०) बिसाल पुस्तकम बुटवल
११) मन्जुश्री बुक हाउस , कोहलपुर
१२ ) अल्फा स्टेसनरी , सुर्खेत
१३) चौलानी बुक हाउस , धनागढ़ी
१४) चौधरी बुक हाउस , धनगढ़ी
१५) माउन्ट एभरेस्ट बुक हाउस , नेपालगञ्ज
१६) सफल स्टेसनरी, सिन्धुली
१७) मकालु बुक हाउस , इटहरी
१८ ) परिस बुक हाउस, धरान
१९) मैनाली पुस्तक पसल बिराटनगर
२०) प्रगति पुस्तक पसल, बिर्तामोड
२१) श्रेष्ट बुक हाउस दमक
२२) राप्ति पुस्तक पसल, दांग घोराही


यसअघि नै २०६६ मा हाम्रो घर एक संग्रहालय तथा २०७१ मा माछा र बकुल्ला रुम टु रिडबाट प्रकाशनमा आएका छन् । यी पुस्तकहरु विद्यालयको पुस्तकालय प्रयोजनका लागि भएका हुनाले विक्रिमा रुम टु रिडले उपल्ब्ध गराएको छैन । हाम्रो घर एक संग्राहलय २०७२ को दोस्रो संस्करण सम्म आउँदा १९ हजार प्रति छापिएर नेपाल भर वितरण गरिएको छ भने माछा र बकुल्ला ७२ को दोस्रो संस्करणसम्म आउँदा १० हजार प्रति छापेर वितरण गरिएको छ ।










२०७६ मा रुम टु रिडबाटै प्रकाशित पुस्तक


बर्दियाको थारु गाउँ । खाेला तिरको आँपको बगैँचा । बगैँचाको रुखका पातहरु उनेर लाखौको स‌ख्यामा आफ्नो विशाल साम्राज्य बिस्तार गरेका रुख कमिला (Weaver Ant) को झुण्डलाई हात्तीको चुलबुले छावा शिवगजले निक्कै सताउँछ । आँटी कमिला रधियाले आफुभन्दा बडेमानको छावासँग जुधेर यो समस्याबाट आफू र आफ्ना साथीहरुलाइ कसरी बचाउँछे ? यसैको सेरोफेरोमा Room to Read Nepal ले मेरो नवौैं बाल पुस्तक 'रधिया र शिवगज' हालै प्रकाशित गरेको छ । रुम टु रिड मार्फत पुस्तक नेपालका धेरै विद्यालयहरुमा पुग्दैछ। थप अध्ययन गर्दै रोच कृति लेख्ने जोश बढेको छ । पुस्तकक ल्याउन सघाउने रुम टु रिडका Ananta Wagle , चित्रकार अशोक श्रेष्ठ, कमिलाका अध्ययता Indra Subedi सर, प्रकृती संरक्षणमा रुचि राख्ने साथी Shashank Poudel, बर्दिया निकुञ्जका भेटनरी डाक्टर र माउतेहरु लगायत सबैमा धन्यवाद ।







दस बालपुस्तक लोकार्पण



http://annapurnapost.com/news/144412?fbclid=IwAR3DPRHyPnKqYGGEEX1cqDYEMo4SgSA_UQCs-OfVobuU3KExdmohExPUeGI

Comments