हनी बावल गाउँकी हजुरआमा

ढल्कँदो उमेरले उनका कपालमा सेता मेहन्दी पस्किएर गए । ८६ वर्षले उनीसँग विदा माग्ने बेला मुहारमा निक्कै धसा्र कोरिए । आँखा चिम्सा भए । हातगोडा लुला हुन थाले । स्याङ्जा खिलुङ देउराली गाविसकी कौशिला गुरुङले चुरोटको सर्को तान्दै भनिन् 'अब बूढी भैसकेँ ।'

पातीले बारेका घर । खरले छाएका छाना । बारीभरि घैया मकै छरेका । पातलो बस्ती । इन्डियन लाहुरेसँग लगनगाँठो बाँधेर आउँदा उनका आँखामा यस्तै खिलुङ नाच्थ्यो ।



बिस्तारै बस्ती बाक्लिँदै गयो । पातीका भित्तामा ढुंगाका गाह्रा उकासिए । खरका घरले ढुंगाका स्लेट र टिनका टोपी ओढ्न थाले । झ्याम्म परेका बुटाहरु काटेर कोदो फापर सिमी र बोडी उमार्न थालियो । उनैका आँगनमा दुई छोरा र दुई छोरी हुर्किए । छोराहरु पल्टनको पेन्सन पकाएर गाउँ फर्किए । छोरीहरु अन्तै घरजम गर्न पुगे । आठ नाति-नातिना र तीन पनाति-पनातिना । सबै बुक्र्यौलाहरु उनका काखबाट ओर्लेर गाउँ चाहार्ने भैसके ।


विडम्बना विदेश पसेर दुईचार पैसा जोड्ने गाउँलेहरु बजार बसाइ सरे । घर कुर्ने मान्छे पाउन पनि मुस्किल हुन थाल्यो । बिस्तारै गाउँ रित्तिँदै गयो । पहिलेझैं खेती हुन छाड्यो । उनले खुइया छाड्दै भनिन् 'हातमा चार पैसा खेलाउन थालेपछि चट्टै गाउँको माया मार्छन् कसले खेती गरोस्'

उनको मनको दुखाइ दिनानुदिन बढ्दैछ । ८९ वर्षे जेठानी बितेपछि उनी नै गाउँकी बूढी हजुरआमा भएकी छन् । कौशिलालाई लाग्छ एकदिन जेठानीलाई झैं उनलाई पनि काल लिन आउनेछ । त्यसबेला उनले आफन्तमात्र हैन आफूलाई बूढेसकालमा डोर् याउने लौरो पनि छाड्नुपर्नेछ । सबै कुरा छाड्नुअघि उनको मनले एउटा सपना बुनेको छ गाउँ झलमल्ल बनेको हेर्ने ।

***

आफ्नो गाउँ बनाउन आफै नखटी हुन्न । खिलुङमात्र हैन छिमेकी अर्जुनचौपारी गाविसका बासिन्दाले पनि यो कुरा राम्ररी बुझेका छन् । गाउँ राम्रो बनाउन सके पर्यटक िभœयाउन सके चार घन्टाको पैदल दुरीमा पुगिने छिमेकी गाउँ सिरुबारीझैं उँभो लाइन्छ कि भन्ने गाउँलेको सोच छ । यसबारे गाउँमा तीव्र छलफल चल्दैछ । 'माइला' कटवालले कालिकाथानको डाँडैमा बसेर गाउँमा हुने भेटघाट छलफलबारे घोक्दा चिच्याउँदा कान ठाडो पारी सुन्छिन् कौशिला । पर्यटकीय गाउँ बनाउने बहस चलेको सुन्दा उनको मन औधि गद्गद् हुन्छ ।

समुद्रदेखि १३ सय मिटर उचाइमा छ खिलुङ । पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै २ घन्टाको मोटरयात्राले तपाईंलाई हेलु उतार्छ । त्यहाँबाट दुई घन्टा उत्तरतिर पैदल उकालो लाग्यो भने यो गुरुङबस्ती टेकिन्छ । घरैपिच्छे बिजुली पुगेको छ । २०६१ सालमै कच्ची सडक पुगेपनि गाउँमा नियमित रुपमा यातायात भने पुग्न सकेको छैन । छिमेकी लामडाँडामा भने सामान र मान्छेका भारी बोकेर दैनिक ३÷४ जिपले फन्को मार्छ । घुम्न आउनेलाई पैदल हिँड्दै डुल्दै खिलुङ आउन कौशिलाको आग्रह छ । उनी अझै पनि पेन्सनका लागि पोखरा पुग्न त्यहीँ बाटो खुट्टा बजार्दै बल्लतल्ल हेलु झर्छिन् । हरेक तीन महिनामा चल्ने आफ्नो यो यात्रा कहिले टक्क अडिन्छ कौशिलालाई पत्तो छैन ।

खिलुङ ठ्याक्कै कचौरा आकारमा फैलिएको छ । यो गाउँ र अर्जुनचौपारीको लामडाँडाका प्रायः घरमा माहुरीपालन निक्कै हुन्छ । कौशिलाको घरमा पनि माहुरी नाच्ने दुई घार छन् । कचौरामा मह राखेर पाहुनाको स्वागत गर्न रुचाउँछन् गाउँले । त्यसैले पर्यटक िभœयाउन उनीहरुले नयाँ गन्तव्यको रुपमा गाउँलाई विकास गर्दैछन् 'हनी बावल टुर ।' कचौरा मह चाख्न जाने यात्राको रुपमा यो नाम प्रस्ताव गरेका हुन् उनीहरुले । ग्रामीण पर्यटन विकासमा कार्यरत पदमबहादुर केसी खिलुङ लामडाँडाको सम्भावनाबारे अध्ययनमा व्यस्त छन् ।

कौशिला पहिलेझैं हिँड्डुल गर्न सक्दिनन् । हातमा लौरो नसमाउने हो भने नजिकैका दुईचार घर डुल्दैमा उनका खुट्टाले लामो आराम माग्ने गर्छ । घर अगिल्तिरको डाँडोमा रहेको भिर्कोट कालिकामाईको मन्दिरमा उनी सकेसम्म दसैंका बेला उक्लने गर्छिन् । 'वर्षमा आउने दुवै दसैंमा ठूलो मेला हुन्छु कौशिला गिलासको दुध सुक्र्याउँदै भन्छिन् 'देवी पुज्न टाढा टाढाका मान्छे पनि ओइरिन्छन् ।'



मन्दिरमा निक्कै पुराना तरबार खुँडा ढाल तथा अन्य हातहतियार छन् । यी हतियार बाइसे चौबीसे राजाहरुले प्रयोग गर्थे भन्ने गाउँलेको विश्वास छ । इतिहासले पनि यसलाई प्रष्ट्याउँछ । मन्दिर परिसरमा अझ कति पुराना हतियार त उत्खनन हुनै बाँकी छन् । विसं १५४४ ताकाका घण्टहरु पनि त्यहाँ भेटिएका छन् । 'थप उत्खनन र तिनको संरक्षण गर्न सके पर्यटक िभœयाउने राम्रो बाटो हुन्थ्यो', व्यवस्थापन समिति अध्यक्ष बहादुर गुरुङले भने ।

गाउँमा कोदो मकै फापरको राम्रो खेती हुन्छ । बसाइ सर्नुभन्दा गाउँ नै बसेर इलम गर्ने सोच भएका केही मनहरुले तरकारी खेती सुरु गरेका छन् । यसैमा सकि्रय छिन् स्थानीय आमा समूहकी सचिव हरिमाया गुरुङ । उनको मेहनत देखेर भने आजकल कौशिला निकै आसावादी भएकी छन् । पोहोर सालमात्र हरिमायाले ३ सय ५० केजी काउली २ सय केजी आलु ३४ केजी मुला बेचेर आम्दानी गरिन् । 'तरकारी बोकेर हेलु पुर् याउँछु अनि बेच्छु' हरिमाया भन्छिन् ुगाउँमै पर्यटक ल्याउन सके तरकारी सबै यहीँ बिक्थे ।' तरकारीसँगै माछा पालन पनि सुरु गर्ने उनको सोच छ ।


टुरबारे छलफलमा उनीसँगै गाउँका धेरै महिला सकि्रय छन् । लामडाँडा आमा समूह अर्जुनचौपारीकी अध्यक्ष नर्मदा गुरुङ पनि उत्साहित छिन् । बाटो मन्दिर चौतारो बनाउन कस्सिने उनको समूहले घरेलु सामान बनाउने तालिम भर्खरै लिन भ्याएको छ । पर्यटकीय गाउँको बिस्तारपछि बाँसका विभिन्न सामान बनाएर गाउँको चिनो देशविदेश पठाउने उनले योजना सुनाइन् ।

सिरुबारी लामडाँडा सिसे्रकोट सेतीबेनी हुँदै मिर्मिको बाटो मांलुगा झर्ने 'रानीमहल टुरु यसभन्दा अगि नै तय गरिएको छ । अब गाउँमा पर्यटनको पूर्वाधार तय गर्नुपर्नेमा जोड दिँदैछन् यामबहादुर गुरुङ । उनी लामडाँडा पर्यटन विकास समितिका अध्यक्ष हुन् । स्थानीय आमा समूहकी सल्लाहकार गीता गुरुङलाई भने आफ्नो संस्कृति हराउँदै गएकोमा चिन्ता छ ।

हजुरआमा पनि यही भन्दै थिइन् । हाम्रो चिनो र पहिचान भनेको आफ्नै संस्कृति हो भन्ने कौशिलालाई लाग्छ । सालैजो मारुनी सोरठी घाटु नाचगान हुन्थ्यो भने आफू लौरो टेकेरै भएपनि हेर्न पुग्ने बताउँछिन् उनी । 'आउन त गाउँमा टिभी रेडियो पनि आछ । तर गाउँमै गाएको जस्तो हुँदोरहेनछु कौशिला निधार खुम्च्याउँदै भन्छिन् 'आचलका केटाकेटीले हाम्रै चलन भुल्दै गएका छन् ।'

हजुरआमाको कुरा बुझेका छन् ठिटा धनबहादुर गुरुङले । उनी सय भन्दा बढी युवाको नेतृत्व लिएर गाउँ बनाउने काममा जुटेका छन् । राजधानीमा रहेका सामान्य गाउँलेदेखि सभासदसम्मलाई फोन गरेर गाउँको सम्भावना र योजना सुनाउन भ्याउँछन् उनी । गाउँकै वृद्ध ७२ वर्षे शेरबहादुर गुरुङसँग उनीहरु सालैजो भाका सिक्दैछन् । गाउँका केटाकेटीले एक वर्षमै सोरठी सालैजोको भाका गाउँदै नाच्न थालेकोमा लामडाँडा गैराघरकी हिमती गुरुङ मख्ख थिइन् । ७५ वर्षे उनलाई अब भने घाटुनाच हेर्न मन छ । 'हामीले भर्खरैमात्र बाजेबज्यैसँग सिकेका हुमु सोरठी नाचपछि दिग्दर्शन युवा क्लब लामडाँडाका सचिव गंगा गुरुङले भने 'घाटु सिक्न गुरु खोज्दैछौं ।'

हातैमा लाउने सुनको बाला यसै राजाले बेचिखायो यसै राजाको भर मलाई छैन चलिजाउँ माइतीको देशैमाऽऽहेऽऽ स्याब्बोइऽऽऽ

जोकरसहित पाँच जना रहेको समूहले गत हप्ता सोरठी नाच्दा ६८ वर्षे केरिसंह खत्रीले पनि उप्रुीउप्रुी थपडी मारे । उहिलेका कुरा खुइलिए भनेर हेला गर्नेलाई युवाको यो जोशले दर् हो झापड मारेको आफ्नै गाउँ खिलुङ पुगेका गायक देवीप्रसाद बनबासीलाई लाग्यो । 'पुराना गीतटुक्कामा जस्तो मिठास नयाँमा हुँदैन्' उनले भने 'बूढापाकासँग सिकेर उनीहरुलाई नै नाच देखाउनुको मज्जै बेग्लै छ ।'

गाउँ बनाउने युवाको जोसमा साथ दिन टुरका संयोजक दिपक रोकाहा लागिपरेका छन् । उनी टुरिजम बोर्डको ढोका ढक्ढकाउनेदेखि जिल्लास्तरका सरोकार पक्षकहाँ पुग्ने गर्छन् । गाउँमा पर्यटकको चहलपहल बढाउन आसाबहादुर वीरबहादुर खड्गबहादुर गुरुङ नयाँ गाविस सचिव डार्बिन लम्साल र सभासद धनराज गुरुङ पनि दौडधुपमा छन् ।

उमेश छविलाल जीवन हिरा गंगा वर्षा सिर्जना अनिल जस्ता युवाको जोस हेर्नलायकको छ । आफ्ना दाइदिदीको काममा सघाउन १५ वर्षे सागरमात्र हैन ८ वर्षे सुमिना पनि त_िम्सएकी छन् । लामडाँडा र खिलुङका युवा क्लब । आमा समूह । सबैको सगोलले कर्मी माहुरीझैं काममा लाग्न सुरु गरेको छ ुहनी बावल टुरु बनाउन ।

यस्तो खबर पाएपछि भने कौशिलाको मुहारमा एकाएक चमक देखियो । गाउँमै कमाइ हुन थाले नुनतेल गर्न सजिलो हुने उनी बताउँदै थिइन् । गाउँले हजुरआमाको सोचसँग स्थानीय डिलबहादुर गुरुङको सोच मेल खान्थ्यो । उनी अवकासप्राप्त प्रहरीमात्र हैन गाउँमा सबैभन्दा बढी माहुरी पालन गर्ने मेहनती किसान भनेर पनि चिनिन्छन् । उनको घरमा माहुरीका तेह्र घार छन् । छिट्टै यो संख्या बढाएर बीस पुर् याउने उनको सोच छ । 'हनी बावल टुर चलाउन सुरु गरेपछि मह पनि त धेरै खपत हुन्छ' उनले भने ।

गाउँले खेतीमा विषादीको प्रयोग हुँदैन । यसले माहुरीलाई पनि निक्कै फाइदा गर्छ । उनले हालसालै चालीस केजी मह बेचेका छन् । प्रतिकेजी तीन सय पर्ने मह गाउँमै खपत हुन्छ । माहुरीको सुसारमा उनकी श्रीमती लालकुमारी पनि खटिने गर्छिन् । जिल्ला कृषिविकास कार्यालयका बागवानी विकास अधिकृत विष्णुकुमार श्रेष्ठ बेलाबेलामा गाउँघर डुलिरहन्छन् । खिलुङमा सुन्तला लप्सी जापानी नासपतीको खेती हुन सक्ने उनले देखेका छन् । 'ओखर कटुस पनि उल्लेख्य हुन्छु श्रेष्ठ भन्छन् 'बेमौसमी तरकारीको खेती गर्न सके आम्दानी बढाउन सकिने सम्भावना छ ।'

खिलुङमा तीन वर्षअगि बोटानिकल गार्डेन पनि बनेको छ । यसमा विभिन्न प्रजातिका बोटाबिरुवाको खेती हुने उनी बताउँछन् । 'हनी बावल टुरु लाई प्रचारमा ल्याउन महको उत्पादन बढाउनुपर्ने उनको तर्क छ । 'तोरी फापर आदिको खेती बढाउनुपर्छु उनी भन्छन् 'माहुरीलाई मनपर्ने कल्की फूल पनि धेरै लगाउन सके चरन गर्ने ठाउँ बढ्थ्यो ।' डिलबहादुर पनि अब माहुरीपालन र खेतीलाई सँगसँगै बढाउने सोचमा छन् । कौशिलालाई खुसी लाग्छ गाउँलेको नयाँ सोचले ।


'बाँच्यो भने धेरै कुरा देख्न पाइँदो रहेछु कौशिला यसै भन्दै थिइन् । जीवनमा पहिलो पटक गत साता मात्र देखेको प्याराग्लाइडिङको प्रसंग उठाउन थालिन् उनले । गाउँको पश्चिमतिर पर्ने भाँडेओडारबाट पहिलो पटक गरिएको परीक्षण उडान हेर्न उनी लौरो टेकेरै डाँडो उक्लिन् । 'थकाइ त धेरै लागेको थियो' उनले ओठ फुकाउँदै भनिन् 'हुरुरुरु उडेको देख्दा सबै थकाइ बिसर्िएँ ।'

बाबु सुनुवारले गरेको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएपछि खिलुङ र लामडाँडामाथि एक हैन तीन ग्लाइडरहरु नाच्न थाले । ब्लुस्काई प्याराग्लाइडिङ पोखराको एक टोली नै यसमा जुटेको थियो । गाउँमा उडानको सम्भावना खोजीमा पाहुन बनेर आएका थिए ब्लुस्काइका बुद्धिसागर पराजुली । उनका साथमा स्विस पाइलट फेडि्रक लाथियोन र अस्ट्रेलियाकी पर्यटक डिमिट साल्टोस थिइन् । बाबुसँगै चारै जना २ घण्टाको उडानमा खिलुङबाट पोखरा आइपुगे । 'यस्तो मज्जाको फ्लाइट आजसम्म गरेको थिइनँ' बाबु भन्दै थिए 'यहाँ उडानका लागि धेरै पर्यटक ल्याउन सकिन्छ ।' खड्गविक्रम शाह पनि पर्यटन वर्ष २०११ सम्ममा हनी बावल टुरमा पर्यटकको ओहोरदोहोर गराउन सकिने सोचमा छन् । 'अब गाउँका केही युवालाई टुर गाइड कुकिङको तालिम दिनुपर्छु नेपाल पर्यटन बोर्डका अनुसन्धान अधिकृत शाहले भने 'होम स्टेबाट टुर सुरु गर्न सके पछि स्थानीय नै होटल विस्तार गर्न अग्रसर हुनेछन् ।'

***
'धानैको बाला लरीमा लरी हेऽऽऽ कोदैको घुमरी ढक्कमक्क उज्यालो भयो हेऽऽऽ बिदाबारी हुनरी हाऽऽऽ…' गाउँबाट लाहुर जानेबेला गाएको सालैजो भाका शेरबहादुर गुरुङ ७२ को मष्तिष्कमा अझै ताजा छ । कौशिलालाई पनि लोर्के ठिटाठीटीबाट यस्तै गीत र नाँच हेर्ने रहर छ । शहर पसेकाहरु गाउँ बस्न फर्किए उनलाई आफ्नै वैष फर्के जस्तो हुन्छ रे ।
'ङि कोल्मे बले जांगरिलो मीु कौशिला अब भने खुलेर हाँस्न थालिन् । 'हाम्रा ठिटाठीटीहरु निक्कै जाँगरिला छन्' उनले बोलेको गुरुङ लवज निक्कै प्रयास पछिमात्र पहिल्याउन सकियॊ । लाग्थ्यो कौशिलाको मनमा कस्सिएको पिरको गाँठो युवाहरुले बिस्तारै फुकाउँदै छन् । उनको बैष अब छिट्टै फर्कने छ ।



लाग्छ कौशिला खिलुङ गाउँझै तन्नेरी हुनेछिन् अब । गाउँबाट बिदाबारी हुन आँटेका पाहुनालाई उनी मिठो मुस्कानले भन्ने गर्छिन् 'फेरि ङि नासै घुम्दिउरी खोओ ।'

'फेरि हाम्रो गाउँ घुम्न आउनु है !' गाउँमै घुलमिल भएर फर्कनेलाई उनको भाषा बुझ्न गाह्रो पर्नेछैन् । उमेरले सापटी लगेका उनका दाँत त अब फर्केर आउने छैनन् । तर 'हनि बावल टुरु पुगेका पर्यटक साथी बोकेर फेरि गाउँ आउनेछन् भन्ने कौशीलाको ठूलो विश्वास छ ।

(शब्दतस्बिर: भवसागर घिमिरे, Nagarik Ghumphir 2066)

Comments