शिवरात्री उखान

* आफै त महादेव उत्तानो पर, कसले सुल्टो बनाइदियोस्

* पशुपति क्षेत्रबिकास कोषमा पैसो छ, खल्तिमेरो रित्तै


* गाँजा खाएको मान्छे, पाती देख्दा तस्रन्छ

* अरुबेला साग पखाल, शिवरात्रीमा पाप पखाल जय बाग्मती

* पशुपतिको जात्रा, गाँजाको व्यापार

* पशुपतिका भट्ट, कमरेड प्रचण्डलाई छट्ट न पट्ट

* नखाउ भने दिन भरिको शिकार, खाउँ भने गाँजाको बिकार

* बिहेमा बाजा बजाउनु शिवरात्रीमा गाँजा मगाउनु

* काम गर्नको अल्छिले जोगी भएँ जोगी भएको भोलिपल्ट भोकै रहेँ

* भांङ खाएर ब्राउन सुगरको धाक

* श्लेसमान्तक वन ओरालो लागेकी ठिटीलाई बाँदरले पनि लखेट्छ


* बाँदरको हातमा मोबाइल

* पशुपति नगइ जोगी देखिन्न

* रातभरी मन्दिरको लाइन, दिनभरी भजनमा, साँझ भट्टी
* लाइन मिच्न खोजे, स्वयंसेवकले छेक्छ जुंगाले छेक्दैन

* जोई न जुंगा, पोइ न पोते, सातु न सोप्रयाक, केटी हेर्दै सुसेल्दै

* पौडन जान्दैन बाग्मती फोहोर

* बाँदरको पुच्छर, लौरो न हतियार

* तरुनी चिन्नु, फूल प्रसाद किन्नु

* शिवरात्रीको व्रत छ रे, सारी किन्दिनु
* हुने बिरुवाको चिल्लो पात, गाँज मिच्नेको गन्हाउने हात

* महादेवलाई पार्वती, हामीलाई केइ न केइ

(भवसागर घिमिरे-२०६७)

Comments