Skip to main content

बूढ्यौंली वैषसँग युवा जोश

"पूर्व पर्यो मनकामना दक्षिण कालिका असी मेरो उमेर पुग्यो मन भने बालिका"

७२ वर्षे शेरबहादुर गुरुङले जिउ मर्काउँदै र हातैको लौरो घुमाउँदै सालैजोको टुक्का झिके । वूढेसकालमा उर्लेको बाजेको वैष देखेर युवाहरुले भाका छोपे र नाच्न थाले

अहोइ मायालु होऽऽऽ…मन भने बालिका…होऽऽऽ

खिलुङ स्याङ्जाको यो दृश्यमा साथ दिन तुङ्गुनातुङ गर्दै मादल घन्कन थाल्यो । बूढाले लौंरो फाले अनि हात फैलाउँदै आँखा चम्काउँदै र कम्मर मर्काउँदै नाच्न थाले । बूढी आमैहरु खित्का छाड्दै तालीले साथ दिए । माहोल तातियो र नाँच्नेहरुको झन् ओइरो लाग्यो ।

भारतीय सेनाबाट अवकाश प्राप्त शेरबहादुर गाउँका युवाहरुलाई पुराना गीतका भाका सिकाइरहेका थिए । युवाहरुको उत्सुकता पनि निक्कै रोचक थियो । 'हामीले सालैजो सिक्दै छौं', स्थानिय युवा धनबहादुर गुरुङले भने,'छिट्टै हामी अरु भाका र यसका नाच पनि सिक्ने छौं।'


स्याङ्जाका खिलुङ देउराली गाविस र लामडाँडालाई पर्यटकीय गाउँ बनाउन युवाहरु लागिपरेका छन् । महको उत्पादन राम्रो हुने यी गाउँको यात्रालाई 'हनि बावल टुरु' नाम प्रस्ताव पनि गरिसकिएको छ । पर्यटक भित्राउन नयाँ पन त देखाउनै पर् यो । के देखाउने बारे बहस चलेपछि युवाहरुले आफ्नो पहिचान भुल्दै गएको बारे पत्तो पाए । 'हाम्रो आफ्नै संस्कृतिभन्दा ठूलो त केही रहेनछु संगितमय युवा सुसेली परिवारका धनबहादुरले भने ुहामी र हाम्रो पुस्ताले पनि नभुलौं भनेर नै सिक्न लागेको हो ।'


हुन त शेरबहादुरले सालैजो पनि गाउँमै सिकेका भने होइनन् । 'पल्टनमा छँदा पूर्व पश्चिमका साथीभाई मिलेर खुब गाउँथ्यौं', उनले भने 'गाउँ फर्केपछि फेरि गाउने छाडियो ।' तर अब भने माहोल तात्न थालेकोमा उनी खुसि देखिन्थे ।
सितल बसौं सिँडीको झ्याल घाम तापौं घमइलो पूर्व र पश्चिम भेलामा भयौं गरौं हो रमइलो…
सलइजो हो होऽऽऽ…गरौंन रमाइलोऽऽऽ…हेऽऽऽ ए मयलु होऽऽऽ गरौंन रमाइलो

उनी वैषमा छमछम नाचेका गीतका टुक्काहरु अझै जोशका साथ गाउँछन् । युवाहरुको विदेश पलायन र रोधीघरे चलन हराउँदै गएपछि उनलाई सालैजो मारुनीका परम्परा लोप हुन्छन् की भन्ने ठूलो चिन्ता थियो । 'केटाकेटीहरुले अब सिक्दैछन्' उनले भने 'नाच्न गाउँन नी थालिसके । अब ठिक हुन्छ ।'

हुन पनि पर्यटक भित्राउने जोशले गाउँमा निक्कै रौंनक थपेको छ । केटाकेटी चम्कीएका छन् युवाहरु त_िम्सएका ।
ुनाच नाच नाचेको राम्रो मरि जानी जिन्दगी हो हाम्रो' भन्दै मादलको तालमा युवतीहरु हिरा वर्षा र सीर्जना गुरुङका नृत्य हेर्न लाएकका थिए । गाउँमा थोरैमात्र बृद्धबृद्धा बाँकी छन् जसलाई ठेट भाका गाउन र नाँच्न आउँछ । उनीहरुले गाउँने भाकामा लाहुर जान गाउँ छाड्दाका पिडा स्पष्ट झल्कन्थ्यो
धानको बाला लरीमा लरी कोदैको घुमरी ढकमक्क उज्यालो भयो बिदाबारी हुनरी…
तखतै पारी बनाइ रै'छ कान्छीको पँधेरो बाहिरी संसार उज्यालै देख्छु मन भयो अँधेरो

लाहुर हिड्ने बेलामा मायालुले बाटो छेक्दा गाउने टुक्का पनि शेरबहादुरको सम्झनामा छ
बिसौलीको कोदाली मेरो धरती धसौंला यसै गरि मायालु हामी कति दिन बसौंला
लाहुरमा चाहिँ कस्ता खालका हुन्थे त कुरा

पानैमा खायो सोपाडी खायो बानीयाँ बजार दम्तरी माया बाराबारी तिरुम्ला हजार

शेरबहादुरले भाका हालेरै सुनाए । यी सालैजोका भाकाहरु शेरबहादुरका मात्र होइनन् अब नयाँ पुस्ताका मुखमा पनि झुण्डिन थालेका छन् । उनीहरु पनि बूढाबाजेले टुक्का निकाल्दा अन्तरा यसरी हाल्छन्

चौरी गाइ काँ गयो धौंलासीरी बनैमा-२


'सालैजो र सोरठी सिक्न थालेको एक वर्ष हुन आँट्यो' दिग दर्शन युवाक्लब लामडाँडाका सचिव गंगा गुरुङ भन्छन्, 'बेला बेलामा हामी गाउँमा नाचगानको आयोजना पनि गर्ने गर्छौं ।' घाटु नाचगान सम्बन्धि लेखेका पुराना कागजपत्रहरु पनि आफूहरुले गाउँमा भेटेको क्लबका जिवन गुरुङ बताउँछन् । यस नाचका हर्ताकर्ता बितिसकेकाले उनीहरु घान्द्रुक वा अन्य ठाउँबाट भएपनि गुरु मगाएर सिक्ने सुरमा छन् ।

'आफ्नै गाउँको गीतनाचमा भुल्न पाउँदा निक्कै खुसी लागेको छु क्लबको नाचगान टोलीसँगै भेटिएका जिवनले भने, 'हाम्रो कामले बाजे बज्यै पनि निक्कै खुसी छन् ।'

हातैमा लाउने सुनको बाला यसै राजाले बेची खायो यसैराजाको भर मलाई छैन चलिजाउँ माइतीको देशैमाऽऽहेऽऽ स्याब्बोइऽऽऽ
यस्तै टुक्कासँगै सोरठी नाचका कलाकार बहिनीहरु निर्मला रिाजता गुरुङ पनि निक्कै उत्साहित देखिन्थिन् । स्थानिय अमरज्योती माविमा कक्षा ९ पढ्ने उनीहरु क्लब मार्फत सामाजिक कार्यमा सकि्रय छन् । ठिटाठीटीहरुले आफूहरुको चिन्ता बुझेकोमा ७३ वर्षे ज्ञानबहादुर गुरुङको मुहारमा पनि चमक देखिन्थ्यो ।

'टिभी नी हेर् यो रेडियो नी सुन्यो आचल तिनमा रस लाउन छाड्यो 'भर्खरै हेरेको सोरठी नृत्य तर्फ संकेत गर्दै उनले भने 'हो यस्तो देखाएपो रमाइलो हुन्छ त । 'ङि ङ्योई छ्या म्हल अ्हामीु बूढाका कुरा सुन्ने बित्तिकै क्लबका गंगा गुरुङले उनलाई आश्वस्त पारे । ुहामी हाम्रो संस्कृति हराउन दिने छैनौं' गुरुङ भाषाको अर्थ लाउन भने आखिरमा उनैलाई गुहार्नु पर्यो ।

-भवसागर घिमिरे

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...