कीर्तिपुरका कमालका कुरा





"कीर्तिपुरका घरैपिच्छे झटारो हान्नी हो भने केही नभए पनि
 प्रत्येकबाट ४/५ डिग्रीहोल्डर स्नातकोत्तर झर्छन्" कीर्तिपुरका
चोकचोकमा यस्तो कथन धेरै सुनिन्छ ।
 त्यसैले त कोही भन्छन् यहाँ डिग्रीहोल्डरहरुको खात छ
कोही भन्छन् बेरोजगारहरुको जमात छ ।
अर्थशास्त्रका स्नातकोत्तर पोखरेली ठिटो होमनाथ
 पौडेल २५ का लागि भने "कीर्तिपुर झकास् छ ।"
 डिप्लोमा स्नातक सकेपछि मोफसल बस्ने धेरैकॊ मन कुत्कुत्याउँछ ।
"बिहेका लागि हैन एमएका लागि" उनले ठट्यौली पारामा भने । उनका स्याङ्जाली साथी नरेन्द्र थापा २६ ले थपे- "बुद्धले ज्ञानको खोजीमा दरबार छाडेजस्तै हामीले पनि केही वर्ष घरबार छाड्नै पर् यो ।"घर छाडेर पढ्न कुदेपछि दुवैको रोजाइ बन्यो कीर्तिपुर । थानकोट हुँदै कलंकी कलंकीबाट बल्खु बल्खुबाट दक्षिण मोडेपछि आइहाल्छ त्रिभुवन विश्वविद्यालय क्षेत्र जसलाई बोलीचालीमा "टियू लाइन" भनिन्छ । त्यसपछि त "नमरी स्वर्ग देखिन्नु भन्ने उखान बटारेर "नपढी स्वर्ग देखिन्न" भन्ने हुलका हुल विद्यार्थी पढ्न तल्लिन भेटिन्छन् ।

के हो कीर्तिपुर
"एउटा फ्याक्ट्री हो । मोफसलबाट विद्यार्थी हुल्छ अनि जुस बनाएर एकापट्टि फाल्छ कि भुस बनाएर अर्कापट्टि" कीर्तिपुर चोकमा निस्केका विद्यार्थीको हुलमा यस्तै चर्चा सुनिन्छ ।
अरुका लागि राजधानी धरहरा घन्टाघर चिडियाखाना स्वयम्भू र पशुपति विद्यार्थीको त राजधानी नै कीर्तिपुर । यही कीर्तिपुरमा विद्यार्थीले सुनेका देखेका र नियालेका भोगाइको दिल खोलेर कुरा गरौं-


पढाइमा ज्यान घोट परीक्षामा कहिल्यै नलोट
"टाउकामा टुकीमारा झुण्ड्याएर पढ्छ रे ।", घुँडा मारेर पढ्दा-पढ्दा विचाराको घुँडै फुस्केछ ।"
"ए फलानो त कोठैमा कुहियो रे नी ।"
"पढ्दा-पढ्दा बत्ती गएको थाहा पाएनछ बज्जियाले अन्धकारमा पनि रातभरि पढ्यो रे ।"
फोकटमा उडाउन पाएपछि के चाहियो दोबाटोमा दुईजना भेट्न हुन्न तेस्रोलाई उडाउन सुरु भइहाल्छ । पढन्ते भनिनेहरुलाई उडाउनुको मज्जै बेग्लै । जसले जसलाई उडाए पनि यहाँ कोहीभन्दा कोही कम छैनन् ।
लोडसेडिङले हररात चुक घोप्टाइदिन्छ तर बिजुली होस् या नहोस् तपाई कीर्तिपुरमा बास बस्नुभएको छ भने रात ढल्केपछि झ्यालबाट बाहिर हेर्न नभुल्नु होला । बत्ती आएकाबेला यसै झलमल्ल नआउँदा पनि हरझ्यालका चरबाट मैनबत्ती लालटिन इमर्जेन्सी लाइट या टुकीमारा चियाइरहेका हुन्छन् ।

"मध्यरात सबैका कोठामा झलमल्ल देखेपछि सुत्नै मन लाग्दैनु एमएस्सी प्रथम वर्ष पढ्ने म्याग्दीकी शान्ति खत्री २४ ले भनिन् "मुखमा चिसो पानी छ्यापेर पढ्न कस्सिन्छु ।"
"पढ्ने र बढ्ने" सोंच लेखनाथ कास्कीका परम लामिछानको दिमागमा पनि बेलैम आएछ । कम्प्युटर अपरेटरको नोकरीमा साउदी जान विमानस्थल पुगिसकेका उनलाई डिग्री पढ्ने मोहले फरक्क फर्कायो ।
"दलालले झुक्का रै'छन् भने, न त्यता काम हुन्छ न यता" उनले विगत सुनाए- "कमसेकम डिग्री सकेपछि गए फर्किनै परे पनि काम पाइन्छ । " मनको कुराले जितेपछि उनले गलाको माला फाले निधारको टिका पुछे अनि विमानस्थलबाटै फर्के । विदेशसँग माया मारेर कीर्तिपुरसँग गाँसे ।
कीर्तिपुरको बसाइमा महोत्तरीका लालेन्द्रकुमार यादव पनि दिउँसै ढोका बन्द गरेर पढ्न कस्सिन्छन् । एक छेउ पानीको बोतल अर्को छेउ किताबको ठेली । ढ्याप्प ढोका ढप्काएर एकान्तमा बस्दा निन्द्रा लाग्दैन
"किन नलाग्नु " खाटको पुस्तक हातमा उठाउँदै यादवले भने- "तर पढाइका अगाडि निन्द्रालाई लात मार्नुपर्छ ।"
आमाबा ज्वाइँ र बुहारीको सपना पालिरहेका हुँदा हुन् कीर्तिपुरको नसा चढेकाहरु भने डिग्रीका खात भित्राउँदैमा दंग हुन्छन् । मोरङ्ग डांगिहाट-४ का कमलकुमार याख्खा २९ ले जनसंख्यापछि समाजशास्त्रमा पनि डिग्री सक्न आँटे ।
"बस्दै जाँदा थप पढ्न रुचि लाग्यो", उनले भने "यहाँ बसिन्जेल पढ्न सकिन्छ भनेर ज्वाइन गरेको ।"
स्वास्थ्यको हिसाब नराखे रातको पढाइ शान्त र रमाइलो हुने धेरैको भनाइ छ । क्याम्पसमा राजनीति गर्ने र अरुलाई नपढ्न उक्साउनेहरु पनि किताबका अगाडि डल्लो पर्ने समय यही हो । कीर्तिपुरे विद्यार्थी यस्तोलाई "लुकुवा पढाइ" भन्छन् । शान्त रातमा मान्छे नामको जन्तुले डिस्टर्ब गर्न नआए पनि मोबाइलको "मिस्कल"ले भने छाड्दो रहेनछ । को साथी जागा बसेका छन् चाल पाउने यन्त्र यही हो ।
"केटाहरु फट्याइ गर्छन् । राती १० बजेसम्मको मिस्कल फर्काउँछन् त्यसपछि वास्तै गर्दैनन्" स्याङ्जा बाघमाराका शंकर अधिकारीले भने- "सुतेछन् क्यारे भनेर १२ बजेतिर आफू पनि सुत्यो । बिहान उठ्दा २ बजेको मिस्कल भेटिन्छ अनि थक्थक लाग्छ ।"
चितवनकी कमला तिमिल्सिना २४ ले पनि सबैका कुरा सुनेर रातभर पढ्ने प्रयास नगरेकी हैनन् । एक रात उनी मर्करीको उज्यालोमा टेबलमै टाउको बिसाएर मस्त निदाइछन् । "म त सक्दिन यसरी पढ्न", उनले भनिन् "बरु जाँचमा १०० को सट्टा ७० नम्बरको मात्र उत्तर दिएर आउँछु ।"
यसो भन्ने उनको स्नातकोत्तर प्रथम वर्षमा "डिस्टिङ्सनु चढेको थियो ।
दाङ्गका गणेश पौडेल पनि यस्तै छन् । "म त गम्लङ्ग सिरक ओढेर सुत्दिन्छु" उनले भने "रातमा न हात्ती पढेर ठूलो भएको हो न कमिला नपढेर सानो ।"
पढ्दिन भनेर ठूला कुरा गर्ने उनको टेबल घडीमा चार बजेको अलार्म सेट गरेको प्रष्टै देखिन्थ्यो । "रातमा पो पढ्दिन भनेको बिहान त मेरै हो नी" उनले हाँस्दै भने ।
कोठामात्र होइन जाडोमा दिउँसो गर्मीमा साँझ घरका छतैपिच्छे विद्यार्थीको हुल लाग्छ । काखमा बाल्मिकी सानो आकारको टेबल हातमा किताब छेउमा बोतल रक्सीको हैन पानीको राखेर गुन्गुनाएका भेटिन्छन् । एकै घरको वा फरक-फरक घरको "छत वार्ता" ले कसैको त जीवनै बदलिएको छ ।
"घाँटी तन्काई-तन्काई पल्ला घरेले वल्ला घरे वल्ला घरेले माथिल्ला घरे केटाले केटी केटीले केटा हेरेर मस्त पनि भइदिन्छन्" पर्वतका प्रेम गुरुङ २३ ले प्रेमका कुरा कोट्याए । ठट्टा गर्न सिपालु गुरुङले भने- "टाठाहरु त पढ्ने भन्दै कोठैमा जानआउन अनि पाए पिरती लाउन सुरु गर्दिन्छन् ।"
यी त भए घरका कुरा । पश्चिमतिर गुम्बा छेउको बगैँचा वा विश्वविद्यालय परिसरभित्रकै जङ्गलमा पनि धम्मरधुस लाएर पढिरहेका भेटिन्छन् कति विद्यार्थी । "जम्बो" बोतलमा पानी झोलामा केही खाजा र कापी-किताब बोकेर त्यता हानिएकाहरुले पढाइसँगै मिठो घाम चिसो हावा र शितल छहारीको भरपुर मज्जा लिन्छन् ।

बेलुकीको बजार चियाको चुस्की
कीर्तिपुरको सडक साँझ परेपछि मज्जैले तात्तिन्छ । तापले हैन विद्यार्थीको चापले । पाँगा होस् या पाँगा दोबाटो गणतन्त्र चोक होस् या नगाउँ दोबाटो कुनै ठाउँ खाली हुँदैन । चिया पसलमा उनीहरु नै पुगेका हुन्छन् तरकारी बजारमा उनै ।
"अब यो विद्यार्थीकै संसार हो हाम्लाई नभेटे कसलाई भेट्नु हुन्छ " पाँगा दोबाटोको चियापसलमा बसेका एक विद्यार्थीले हाँस्दै भने- "साँझ परेपछि ुच्या-चु त खानै पर् यो ।" च्या-चु भन्नाले चिया र चुरोट । सँगै बसेका उनका साथी हाँस्न थाले । पत्रकार भन्ने थाहा पाएपछि झस्कँदै थपे "नामचाही" नलेखिदिनुस है चुरोट खाँदो रै'छ भनेर घरमा थाहा पाउँछन् । "उनी झस्केको देख्दा समूहमा हाँसोको फोहोरै छुट्यो ।
सबै विद्यार्थी भेला हुँदा आफ्नै गाउँजस्तो लाग्ने धेरैको अनुभव छ । देशका चारै दिशाबाट भित्रिएका विद्यार्थी साँझ हातैपिच्छे प्लाष्टिकका पोका बोकेर यताउता गरिरहेका गफिइरहेका देख्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । बिहान भने खाना पकाउन र क्याम्पस जान हतार हुने भएकाले कमैमात्र बजार झर्छन् ।
"क्याम्पसबाट फर्केपछि कोठामा थकाइ मार् यो अनि बेलुकी तरकारी-सरकारी लिन बजार झर् यो । यही हो हाम्रो दिनचर्या" बुधबारे झापाकी मुना सुवेदी २४ ले भनिन् ।
परीक्षा तालिका वा नतिजा आएको दिन चोकमा चाप बढ्छ । देशको राजनीति तात्तिएकाबेला चोक झन् तात्तिन्छ । क्याम्पसमा कुनै तलमाथि परे जिज्ञासु विद्यार्थीको भेल चोकले थेग्न सक्दैन ।
चोकमा ताता गफमात्र होइन विद्यार्थी जीवनलाई चाहिने सबथोक पाइन्छन् । दालचामल नुनतेल त भइहाले सुत्ने खाट ओच्छ्याउने डसनादेखि ओढ्ने सिरक पढ्ने टेबल बस्ने कुर्ची किचन र् याक आलमारी या कपडा स्ट्याण्ड- सब ुरेडिमेडु । नयाँ सत्र सुरु हुनेबेला नयाँ विद्यार्थी तान्न तयारी मालको हाटै लाग्छ । धेरैजसो सामान विद्यार्थीलाई हेरेरै बनाइएको हुन्छ- सस्तो र दुई÷तीन वर्ष राम्रै टिक्ने ।
"अरु ठाउँभन्दा सस्तो दिन्छौं" व्यापारी कृष्णबहादुर महर्जनले भने "पढाइ सकेर कीर्तिपुर छाड्नेबेला केहीले कमै मूल्यमा भए पनि पुराना सामान फिर्ता लिन्छन् ।"
साँझ तरकारी बजारको घुइँचो हेर्नलायक हुन्छ । झिलिमिली बत्तीमा ताजा गोलभेंडा घिरौंला साग सिमीसँगै व्यापारीको मिठो मुस्कान चम्किन्छ । ताजा मुस्कान पाइने ठाउँमा बासी तरकारी पनि बाँकी रहन्न । "तरकारी किन्दा खुसा्रनी र धनियाँ फ्रि" यस्ता व्यापारिक योजना कतै देख्नुभएको छैन भने कीर्तिपुर आउनुहोला । व्यापारीहरु विद्यार्थी खुसी पार्न तरकारीको झोलामा छुस्स धनियाँ खुस्स खुसा्रनी छिराइदिन्छन् । उनीहरुले भुले पनि टाठा विद्यार्थी कहिल्यै भुल्दैनन् ।
टाठा विद्यार्थीका टाठै कुरा । "नामचाहीँ नलेख्नुहोला घरमा मार्छन् फेरि" भोजपुरका २४ वर्षे ठिटोले भने "यहाँको त वास्सा लोकल रक्सी पनि साह्रै गज्जब हुन्छ । कीर्तिपुरे वास्सा मुखैमा ह्वास्स ।" उनी दायाँबायाँ हेर्दै मरिमरि हाँसे ।
कीर्तिपुर बसाइमा यहाँको लोकल वास्सा चाख्ने पनि धेरै होलान् । विद्यार्थीको रमाइलो जमघटमा वास्सा साथी हुने गर्छ । "चाड परेपछि र जाडो बढेपछि घरबेटीले पनि बोलाएर चखाउँछन्" ती भोजपुरे ठिटो साथीभाइको कुरो भन्दै आफ्नै पोल खोलिरहेका थिए "कहिलेकाहीँ बजारमै पनि वास्सा र वाइनको कक्टेल चल्छ ।"

 एकै खालका कोठा एकै खालका कुरा

भान्छा र सुत्ने एकै कोठा कोठैपिच्छे बाल्मिकी टेबल भान्छाको सेटिङ हेर्दा लाग्छ तपाई धेरै हैन एकै कोठा चाहारिरहनुभएको छ । तयारी "किचन र् याकु प्रायःका कोठामा हुन्छ । बाँसको चोयाले बनेका र् याकमाथि प्लाई ठोकेर त्यसमाथि ग्यास चुल्हो र मुनी मरमसला खाद्यान्नका बट्टा राख्नु साझा चलन हो ।
हरेकका कोठामा भेटिने बाल्मिकी टेबल धेरै तरिकाले उपयोग गर्न मिल्ने विद्यार्थी बताउँछन् । काखमा राखेर पढ्न मिल्ने पलेटी कसेर बस्न पनि मिल्ने । कीर्तिपुर छाड्दा अरु सामान छाडे पनि सम्झनास्वरुप टेबल भने धेरैले घर लैजान्छन् ।
खाना पकाउने र खाने कुरामा पनि रमाइलो चलन छ । "खानामा मेस सबैभन्दा बेसु- उखानै बनाएका छन् विद्यार्थीले । पढ्दा-पढ्दा खाना बनाउने फुस्रद् कम हुन्छ । एक्लो बसाइ हो भने पकाउने र भाँडा माझ्ने टन्टो कमैले लिन्छन् । होटलमा खायो कोठा आयो पढ्न सुरु ।
"हामी मेसमा खान्थ्यौं" गणितमा स्नातकोत्तर गरेका राजु भट्टराईले भने "मेसमा ८ जना थियौं । ठूलो कुकरमा भात पाक्थ्यो सबै बसेर खाँदा हरेकदिन भतेर हुन्थ्यो । "जागिरमा झुण्डिएर सामाखुसी पुगेपछि उनी घरिघरि कीर्तिपुरको मेसु खाना मिस गर्छन् ।
मेसमा खाँदा पकाउने पालो साताको दुईचोटि आउँछ । "तीन दिन मस्त भइन्थ्यो भोलि पकाउने पालो भए आजैदेखि निन्द्रा पर्थैनु उनले हाँसो गरे । जाँच आएको छ भने खाँदाखेरिको जमघट "कम्बाइन स्टडी" सामूहिक पढाइ जस्तै हुन्छ । अरुबेला भने पढाइ-सढाइ होइन केटीकै कुरा बढी आउँछन् ।
खानामा दुई÷तीन कोठाको मेस हुनसक्छ पत्रिकामा भने घरभरिकाको मेस चल्छ । एकै घर बस्ने सबै विद्यार्थी पैसा उठाएर ग्राहक बन्छन् । घरको कुनै निश्चित ठाउँमा पत्रिकाहरु बिहानै जम्मा हुन्छन् । पालैपालो घरभरिका विद्यार्थीको घुइँचो लाग्छ । "कहिलेकाहीँ समाचारमाथि गहन छलफल चल्छु तथ्यांकशास्त्र पढ्दै गरेका बर्दियाका शरद काफ्ले भन्छन्- "यसले वैचारिक धरातल फराकिलो पार्छ ।"
एक्लै बसेका भए बेलुकीको खाना राती पकाउने चलन छ । संसार मस्त निन्द्रामा हुँदा विद्यार्थीका कोठामा कुकरले  उफ्रि  उफ्रि सिठ्ठी बजाइरहेको हुन्छ । "पढ्दापढ्दै निन्द्रा लाग्न थालेपछि खाना पकाउन सुरु गर् यो निन्द्रा पनि भाग्ने समय पनि बच्ने" विज्ञानमा स्नातकोत्तर सकेका राजु पौडेलले भने ।
खाना ढिलो पकाए पनि बजार समयमै पुग्नुपर्ने उनी बताउँछन् । ढिलो गए तरकारी भेटिएला साथीहरु छुट्छन् ।

रमाइलो घरबेटी भुलाइदिए घर

घर कस्तो घरबेटी कस्तो कीर्तिपुर पस्ने हरकोही विद्यार्थीको पहिलो जिज्ञासा यही हुन्छ ।
लेखनाथ कास्कीका रेशम कार्की २७ लाई सुरुसुरुमा महिनाको दुईचोटि घर फर्कनुपथ्र्यो । अहिले उनीसँगैका साथीले पढाइ सकेर कीर्तिपुर छाडिसके उनी भने यहीँ जमेका छन् । गैह्रीधारामा जागिरे भए पनि उनले कीर्तिपुर छाड्न सकेका छैनन् ।
"कीर्तिपुरको माया मार्न नसकेर । पढेर उत्रिएँ भन्दैमा चटक्कै छाड्न मन मानेन" श्रीमति र दुई छोरीसँग बस्ने कार्कीले भने "घरबेटीबा मिजासिला भएपछि त्यसै छाड्न सकिँदो रहेनछ ।"
जुम्लेली गणेश अधिकारी ३० पनि खासीबजार बसेको ६ वर्ष नाघिसक्यो । उनी यहीँ बस्दाबस्दै कृषि विकास बैंकका अधिकृत भइसके । श्रीमती ल्याए छोराका बाबु बने । यसबीच कति साथीले कति डेरा सरिसके उनलाई हेक्का छैन । उनी भने एकै घरमा जमेर बसेका छन् । "घर राम्रो छ पानी आइरहन्छु उनले भने," सबभन्दा राम्रा त हाम्रा घरबेटी बा ।"
साँच्चिकै मिठा कुरा गर्दा रहेछन् उनका घरबेटी बा । "जी विद्यार्थी ते त ठ क्याँ म्याँ ठेँ तया तयागु डु" सिद्धीबहादुर महर्जन ७१ मज्जैले हाँसे । अर्थ नबुझेकाले अरु पनि हाँसे । मैले त यहाँ विद्यार्थीलाई आफ्नै छोराछोरीजस्तै राखेको छु- वाक्यको अर्थ र उनको नम्र व्यवहार ठ्याम्मै मेला खान्थ्यो ।
घरको रेखदेखदेखि भाडामा बसेकासँग कुराकानीमै उनको दिन बित्छ । हरबिहान छतको ट्यांकीमा पानी चढाउन नभुल्ने उनी चाडबाडमा इष्टमित्रसँगै विद्यार्थीलाई पनि खानपान गराउँछन् । होली शिवरात्रिमा विद्यार्थीसँगै रमाइलो गर्छन् । महिना पुगेपछि सक्नेले समयमै भाडा दिन्छन् नसक्नेले ढिला उनी कहिल्यै किचकिच गर्दैनन् । "आजसम्म कसैले बेइमानी गर् या छैनु उनले भने "मैले पनि कसैलाई उठेर जाउ भन्या छैन ।"
ठेकेदार भएर हालसम्म ५० औं घर बनाइसकेका महर्जनले भने "खास घर जस्तोचाहिँ यही विद्यार्थी डेरा बसेका मात्र लाग्छ ।"
फुर्तिला बूढाका मिठा कुरा । उनी त राम्रा डेरा बस्ने विद्यार्थी कस्ता छन् त "जीमी ठ्याचोँ पी विद्यार्थी त टसकँ टे बाँला पी खः मकहाँ बस्ने विद्यार्थी खुब राम्रा छन्" उनले शिरको टोपी मिलाउँदै भने ।
संसार हो थरीथरीका मान्छे भेटिन्छन् । कतिले आमाबाबु समानका घरबेटी पाउलान् । कति भने दिनहुँ रक्सी पिएर हल्ला गर्दै बत्ती निभाइदिने घरबेटीको फन्दा पर्छन् । धनगढीका प्रकाश देउवा २७ लाई त्यस्तै भयो ।
"हरदिन १०÷२० रुपैयाँ माग्न आउँथे नदिए बत्ती निभाइदिन्थे पानी बन्द गर्दिन्थेु देउवाले सम्झँदै भने ुदिए रक्सी खाएर हल्ला गर्थे ।"
बूढाले रक्सी पिउन गेटको चुकुल भर्याङ्गमाथिको टिनमात्र नभई घरका भाँडाकुँडा पनि बेच्न भ्याएको उनले सुनाए । एक वर्ष जसोतसो काटे पनि बसाइ नसरी सुख पाएनन् ।

पिर त छँदैछ

नरिवलको स्वाद चाख्न कडा बोक्रा फोड्नैपर्छ । कीर्तिपुरको विद्यार्थी जीवनका अनुपम क्षण बिताउन चुनौतिहरु पनि प्रशस्तै झेल्नुपर्छ ।
कीर्तिपुर पस्नेबित्तिकै विद्यार्थीलाई सबभन्दा पहिला कोठा खोज्ने टन्टोले गाँज्छ । धेरैले यहाँ आउनुअघि साथीभाइसँग डेरा खोज्दिन आग्रह गर्छन् । कोठा नपाएर दुई सातासम्म साथीको डेरामा कोच्चिनुपरेको पर्वतका गुरुङको सम्झनामा छ ।
कोठा खाली भेट्टाउनु एक ठाउँमा छ खाली कोठा भाडामा लिन्छु भन्दा पनि नपाउनु अर्को समस्या । पाइहाले पनि कुनैमा पानी आउँदैन कुनैमा घाम पर्दैन । कीर्तिपुरमा खानेपानीको चर्को समस्या छ । पानीकै समस्याले चारचोटि डेरा सरिसके बर्दियाका विदुर गौतम । "एक घण्टा िहंडेर दूधपोखरी जान्थें नुहाउने कपडा धुने त्यतैु उनले एक महिना पानी नपाएर अत्तालिँदाको अनुभव सुनाए "फर्कंदा जर्किनमा खानेपानी बोकेर आइन्थ्यो ।"
"घामपानी खोज्ने भए बैकुण्ठ जाम" डेरा खोज्दाको पींडा यसरी पोख्छन् केही विद्यार्थी ।
अर्को चर्को समस्या यातायातको हो । साँझ कालिमाटी त्रिपुरेश्वर सुन्धारा एनएसी रत्नपार्क र पुरानो बसपार्कमा कीर्तिपुर जाने बस कुरिरहेका यात्रु मनग्य भेटिन्छन् । त्यसमध्ये थोरै भाग्यमानीले मात्र सिटमा बसेर यात्रा गर्ने अवसर पाउँछन् ।
"गाडी नपाएपछि िहंडेर कीर्तिपुर आउने आँट गर्न सकिँदैन" रसायनशास्त्रमा स्नातकोत्तर गरिरहेका प्रकाशचन्द्र सुवेदीले भने "आफन्त भएकाहरु सहरतिरै बस्छन् बाँकी अलपत्र ।"
यो समस्याको जरो खोतल्न न सम्बन्धित निकायले चासो दिएको छ न विद्यार्थी संगठनले । तिनीहरु शैक्षिक क्षेत्रभित्र राजनीतिक परेडमै मग्न रहेको अधिकांशको गुनासो छ । "प्रशासनभित्र हुने राजनीतिक गुटबन्दीले शैक्षिक माहोलमा कालो पोतेको छ" महोत्तरीका यादवले भने ।
स्थानीय समुदायसँगको चिम्टाजस्तो सम्बन्धमा बेलाबखत् खलल् पुग्नुले पनि विद्यार्थीहरुलाई तनाव दिन्छ ।
खासगरी विश्वविद्यालयले अधिकरण गरेको जग्गाको मुआब्जासम्बन्धी विवादले घरिघरि तनाव चर्काउँछ । रहँदाबस्दाका अन्य सानातिना विवाद चर्केर ठूलो रुप लिएका उदाहरण छन् । केही समयअघि गाडीका एक कर्मचारीले विद्यार्थी पिटेको घटनामा त्यस्तै भयो । अर्का विद्यार्थीलाई गाडीले किचेर मारेको घटनाबाट पनि स्थानीय समुदाय र विद्यार्थीबीच द्वन्द्व बढेको थियो । यी घटनाको न्यायोचित सुनुवाइ कहिल्यै नभएको विद्यार्थीको भनाइ छ ।
२०६३ चैतमा कीर्तिपुर भाजाङ्गल बस्ने बुटवलका लिला रिमाल बिनाकारण स्थानीय केटाहरुको पिटाइमा परेको गुनासो गर्छन् । "प्रहरीलाई मान्छे चिनाइदिँदा पनि वास्ता गरेनन्" उनले तीतो विगत उप्काए "परीक्षाको दुई दिनअघि सुरक्षाका कारण चुपचाप कोठा सर्नुपर् यो ।"
विद्यार्थी पनि सबै ठाउँमा चोखै निस्केका छैनन् । स्थानीय छोरी-चेलीलाई आँखा झिम्क्याउनधरी बाँकी राख्दैनन् कति त । केहीले साँझको बजारलाई "आँखाको बिष मार्ने ठाउँ" भनेर व्याख्या गरेका छन् । कहिलेकाहीँ रातमा साथीभाइ बटुलेर टोलै थर्काउने विद्यार्थी देखी छरछिमेक र घरबेटीसमेत रुष्ट हुन्छन् ।
समयमा भाडा नदिने र भाडा नतिरी भाग्ने केही अपवाद पनि नभेटिएका हैनन् । "कोठामै छन् होला भनेको त बाहिर चापी भित्र खाली" भाडा नतिरी विद्यार्थी भागेको घटना सम्झँदै बाहिरीगाउँका एक घरबेटीले भने "मोराहरुले त बत्तीको बल्ब र तारसमेत चुँडालेर लगेछन् ।"
"यस्ता समस्यासँग जुध्नुमै जिन्दगीको मजा छ । समस्यै नभए जिन्दगी, जिन्दगी रहन्न" विज्ञान संकायमा अध्ययन गर्ने चितवनकी लक्ष्मी पाण्डे त्यसैले त भन्छिन् "कीर्तिपुरमा अनुभवै अनुभवको रास छ सपनै सपनाको बास छ ।" सबै विद्यार्थीका तर्फबाट कीर्तिपुरलाई हाम्रो सलाम छ ।
(भवसागर घिमिरे-नागरिक दैनिक-2066)

Comments