घरको छतमा बसेर हिमाल हेर्दै थिए उनी । हिमालमा हिउँ नदेखिएपनि उनको कपालमा भने पुरै हिउँ फूलेको थियो । चश्मा अड्याउने कान पनि लत्रीसकेका थिए । चाउरिएको मुहार पहाडका गह्राझै खण्डखण्ड परेको थियो । तर ८५ वर्षे श्यामदास वैष्णवमा उहि जोश छ २००७ सालमा रेडियो नेपाल पस्दाको जस्तो जोश ।
बूढ्यौली उमेरमा युवा जोश निकाल्दै उनी अहिले नाटक बारे पुस्तक लेख्ने तरखरमा छन् । 'नाटकलाई कसरी विकास गर्ने बारे मेरो सोच पुस्तकमा पस्कने छु' ज्ञानेश्वर काठमाडौंका वैष्णवले भने ।
२००७ सालको आन्दोलनताका आन्दोलनकारीको पक्षमा काम गरेको आरोपमा बालकृष्ण समलाई पनि राणा शासकले पक्रेर जेल हालेका थिए । जेल परेका बालकृष्ण सम प्रजातन्त्रको बाहाली पछि लामो दाह्री लिएर बाहिर निस्के । प्रजातन्त्रको नयाँ युगमा धेरैमा नयाँ काम गर्ने जोश थियो ।
एक दिन बालकृष्ण समले वैष्णवलाई भने 'लौं मेरो छोरा जनादर्न पनि छ हामी मिलेर केही रेडियो कार्यक्रम गरौं ।' पहिलो रेडियोमा काम गर्ने अवसर पाउनु पनि भाग्यकै कुरा हो । उनले भने, "काम पनि सिकौं सुरु पनि गरौं भनेर मानीहालेँ ।"
उनी रेडियो नेपालमा काम गर्नथाल्दा २६ वर्षका थिए । संचारको विकास भइसकेको थिएन । रेडियोसँग थोरै वर्गको मात्र पहुँच थियो । समाचार सुन्नका लागि विष्टकहाँ जानु पथ्र्यो । कार्यक्रम धेरै थिएनन् । कस्ता कार्यक्रम बनाउने कसरी बनाउने अन्योल नै थियो ।
वैष्णव गीत लेख्थे । कविता कोर्थे । गीति नाटक प्रशारण गर्थे । नाटक लेख्थे र खेल्थे पनि । धेरै रेडियोकर्मी सोच नयाँ र प्रभावकारी कार्यक्रम तयार गर्ने तर्फ नै थियो । त्यही सोचलाई कार्यमा बदल्न उनीहरु लागिपरेका थिए त्यसबेला । त्यसको परिणाम स्वरुप रेडियो नेपाल स्थापनाको पहिलो ६ महिना भित्रै रेडियो नाटकको जन्म भयो ।
रेडियो नाटक
रेडियो नाटक दृष्टिविहीनहरुको संसार जस्तो लाग्छ वैष्णवलाई ।'यसमा रंग रुप चालको कुनै सवाल हुँदैन,' उनी भन्छन्, 'जे हुन्छ ध्वनिबाट हुन्छ जसमा मानविय सम्वेदना लुकेको हुन्छ ।'
श्रोतालाई रेडियोको तरंगसँगै बगाइरहन सक्ने गुण नाटकमा हुनु पर्छ । श्रोताकै प्रतिकि्रया अनुरुप नाटकका कथा वस्तु घटनाक्रमलाई परिवर्तन गर्दै लैजानुपर्छ उनको अनुभवले बताउँछ ।
नाट्य कलाकारको महत्वपूर्ण गुण भनेको अनुकरण गर्न जान्नु हो । विभिन्न उमेर समूह समुदायका मानिसका लवज बोल्ने तरिकाबारे हेक्का राख्नु पर्छ नाटंयकर्मीले ।नाटक विभिन्न पात्रहरुमा आफूलाई ढाल्न सक्ने खुबी भएकामात्र यो कलाकारिताको मैदानमा खरो उत्रन सक्ने वैष्णव विचार राख्छन् ।
रेडियो नाटकमा भूमिका निभाउनु अघि यस क्षेत्रमा लागेका व्यक्तिको अनुभवबाट पाठ लिनु अझ उत्तम मानिन्छ । जसले मनलाई स्वरमा बदल्छ उ नै रेडियो नाटकमा अब्बल ठहरिन्छ ।
हरेक संवाद नाटक हुँदैन हरेक नाटक संवादलेमात्र पुरा हुन सक्दैन । संवादले अन्तत समाजमा के दिन खोजेको हो स्पष्ट हुनु पर्छ । नाटकमा घातप्रतिघातलाई बुनिएको हुन्छ । तर समाजमा दुष्प्रभाव पार्ने कुरा नाटकले दिनु हुँदैन ।
यसले मानिसमा विषाक्त भाव जन्माउँछ । उनको बिचारमा कलाले पशुलाई मान्छे बनाउने हो । 'आचलक टेलिभिजन हेर्दा रेडियो सुन्दा र पत्रपत्रीका पढ्दा यहाँ मान्छेलाई पशु बनाउने चलन बढ्दै छ कि भन्ने शंका लाग्छ,' उनले भने ।
'धनि गरिब साधु जसको चित्रण गरेपनि रेडियो नाटकले श्रोतालाई यसको रसमा अड्याइरहन सक्नु पर्छ', उनी भन्छन् 'दृष्टिविहीनले संसारलाई कसरी अनुभव गर्दछ त्यसरी नै नाटक अगाडी बढ्नु पर्छ ।'
नेपालमा रेडियो नाटक अगाडि बढाउने क्रममा पहिलो खुड्कीलो चाल्ने मध्येका एक थिए वैष्णव । उनको ख्याल भएसम्म नेपालको पहिलो रेडियो नाटक 'धमिरा' नै हो । आफ्नो घरको भित्रभित्रै समस्याको जालो फैलिएको नदेख्ने तर अरुको कुरा काट्दै हिड्ने मुल सारमा नाटक बुनिएको थियो ।
रेडियो नेपालको सामाजिक इतिहासको एक लेखले धमिरा नाटकका लेखक जनार्दन सम भएको जनाएको छ । तैपनि वैष्णव भने धमिरा नाटक आफैले लेखेकॊ दावी गर्छन् । पहिलो नेपाली रेडियो नाटकका लेखेक हुने हानथापले यस्तो किचलो जन्माएको हुन सक्ने उनको धारणा छ ।
जे होस् रेडियामा नाटकको सुरुवात हुनु सुखद पक्ष हो । को पहिलो भन्दा पनि काम के भयो भन्ने कुराले समाजमा महत्व राख्छ । रेडियो नेपालको सुरुवातसँगै बामे सरेको रेडियो नाटकले ध्रुवकुमार देउजा भुवन चन्द श्रीधर खनाल राममान तृषीत माधव प्रसाद भावुकलाई मात्र भित्राएन । 'आमाको आशा ुरुपकु ुनयाँ उत्सवको दिनु ुपरिवर्तनु ुदश रुपैयाँको नोटुजस्ता नाटक पनि भित्राएको वैष्णवको ठहर छ ।
धमिरा पछि प्रशारणमा आएका मध्ये ुरुपकु एक प्रतिकात्मक काव्य नाटक थियो । यसमा चरा रुख हावा पानीहरु बनेर मान्छे बोल्थे । यसले पनि निक्कै लोकपि्रयता पायो । रुपकमा आफूले निर्वाह गरेको बकुल्लाको भूमिका उनलाई अझै सम्झना आउँछ ।
'हरे राम हरे राम माछा मार्ने छाडे काम' बकुल्लाको स्वरमा वैष्णव यस्तै भन्दै अभिनय गर्दा नाटकमा माछाहरु बकुल्लाको विश्वास गरेर पानी छेउ आउँथे । बकुल्ला बनेका वैष्णव भने 'क्वाप्प' भन्दै माछा खाएको अभिनय गर्थे ।
नाटक रेकर्ड
त्यसबेला रेडियोमा नाटक रेकर्ड तथा प्रसारण गर्न कुनै उच्च स्तरिय प्रविधि थिएन । पैसा होइन रहर र नामका लागि मानिस नाटकमा भाग लिन जान्थे । 'मान्छे जुट्नु नै ठूलो कुरो थियो', वैष्णव भन्छन् 'नाटकको स्तर कस्तो भयो मुल्याङ्कन गर्ने चलन थिएन ।'
सुरुवातका दिनमा नाटक गर्न ४ ५ जनाको समुह भए पुगिहाल्थ्यो । तर नाटक खेल्ने महिला पाउन भने निक्कै गाह्रो थियो । अझ नकारात्मक चरित्रकी महिलाको भूमिका निभाउने कसैको श्रीमती बनेर खेल्ने बारे सोच्नु पनि निक्कै परको कुरा थियो ।
'हामी नाटक लेख्दा नै महिलालाई अफ्ठ्यारो नपर्ने गरि घुमाउरो तरिकाले लेख्थ्यौं', बूढा हाँसे 'के गर्नु नत्र खेल्ने मान्छे पाउनै गाह्रो ।'
नाटकमा किशोरीदेवी आवगनपछि यो समस्याको समाधान केहीहद सम्म भयो । दार्जलिङबाट शान्ति मास्के आएपछि भने यस्तो बन्धनको पर्खाला भत्कियो । शान्तिले एक धनी श्रीमानको भित्रभित्रै विकृत भएकी श्रीमतीको भूमिका निभाएकी थिइन् । नाटकमा नकरात्मक भुमिका निर्वाह गर्दैमा सामाजिक रुपमा नकरात्मक भइन्छ भन्ने धारणालाई धेरै हदसम्म मेट्न उनीहरुले प्रयास गरे । उनीहरुकै उत्साहसँगै ुक्या फसादु नाटकमा पनि श्रीमती भएर खेल्ने महिलाहरु निस्के । यो नाटक लोभी बूढो र टाठो मितको बारेमा थियो । 'मित पाहुन हुन आयो कि ख्वाउन पर्छ भनेर बूढो श्रीमतीतिर फर्केर क्या फसाद भन्थ्यो,' वैष्णवले सम्झिए ।
नाटकको सुरुवाती समयमा अर्को समस्या पनि थियो नाटकका सुहाउँदो ध्वनि दिन नसक्नु । चरा कराएको ढोका उघारेको गाडी गुडेको जस्ता आवाज दिन कहिले काहीँ आफ्नै स्वरले नक्कल गरेर कुर्लनु पथ्र्यो उनलाई ।
'कपडा च्यात्तिएको आवाज दिनका लागि पिनले आफ्नै सर्टमा धेरै पटक कोतारेको छु', वैष्णवले भने 'जसरी हुन्छ भएका श्रोत साधनले नाटकलाई रोचक बनाउने चुनौंती हामीमा थियो ।'
हुनत उबेला रेडियोका लागिमात्र नभएर रंगमाचका नाटकमा पनि प्रविधी मजबुत थिएन । वैष्णवको एकलव्यु नामक नाटक पद्यमोदयमा माचन हुँदाको क्षण । नाटकमा कुकुरको आवाज चाहियो । छलफल त कुकुर नै बोकेर ल्याउनेकी भन्ने भएको थियो ।
तर नाटकमा कुकुरको उपस्थिती बिना नै कुकुर भुकेको दुरुस्त आवाज आयो । वैष्णव तीन छक परे । पछि पो थाहा भो कुकुरको आवाज निकाल्ने वरिष्ठ कलाकार हरिवंश आचार्य थिए । यसबाट प्रभावित भएका वैष्णवले संरक्षण सम्बन्धी गिती रेडियो नाटकमा हरिवंशलाई समाचार भन्ने काम लगाइदिए । यस्तै घटनाहरुले पनि नयाँ कलाकारले रेडियो भित्र स्थान पाए ।
कलाकार थपिए पनि ध्वानीको समस्या जहाँको तहीँ थियो । रेडियो नाटकलाई आकर्षक बनाउन बीचबीचमा गित तथा ध्वानी दिनुको विकल्प थिएन त्यसबेला । यसकालगि कहिलेकाहीँ त बाजा बजाउने मान्छे नै स्टुडियोमा राखेर नाटकका बीचबीचमा प्रत्यक्ष्य मिल्दो आवाज दिन लाउने गरेको उनी सम्झन्छन् ।
'११ साल तिरै होला अमेरिकन लाइब्रेरीले साउन्ड इफेक्ट बनाउनका लागि ठूलो बाकस जस्तो रेकर्डर दियो' वैष्णवले भने ुयसपछि भने हामीलाई केहि सजिलो भयो ।'
रेकर्ड गर्दा कहिलेकाहीँ नाटकका कलाकारहरुले नै समस्या खडा गर्थे । समयमा नआइदिने । विभिन्न बाहाना पारेर चाँडो फुत्कन खोज्ने । रेकर्डगर्दा पनि हतार गर्ने खालका समस्या आउँथे ।
'पछिल्लो समय मेहनत गरेर राम्रो गर्छु भन्दा पनि चाँडै सकेर फुत्कन खोज्ने कलाकारहरु पनि नाटकमा भित्रिएका थिए' उनले भने । बाहिर मै हुम भन्नेहरु पनि स्टुडियो भित्र पुगेपछि हडबडाउने र रातो मुख लाउने कलाकार सम्झदा उनलाई आज पनि हाँसो छुट्छ ।
हुन त नाटकको स्तर कलाकारमा मात्र भर पर्दैन । लेखक उपलब्ध प्रविधी प्राविधिज्ञसँगै निर्देशकको दक्षतामा पनि भर पर्ने उनी बताउँछन् । वैष्णव भन्छन् 'निर्देशन गर्दा नाटकको शब्द र भावलाई धेरै ध्यान पुर् याउनु पर्छ । ' उनीसँगै जनार्दन सम हरिप्रसाद रिमाल मदनदास श्रेष्ठ जितेन्द्र अभिलासी आदिले पनि नाटकमा कलाकारसँगै निर्देशनको भुमिका निर्वाहा गरे ।
नाटक रेकर्डका लागि आर्थिक अभावका कारण चक्का किन्ने पैसा समेत रेडियो नेपालमा हुँदैन्थ्यो कुनै बेला । एक पटक रेकर्ड गरिएको चक्काको कार्यक्रम मेट्दै त्यसैमाथि अर्को कार्यक्रम रेकर्ड गर्ने चलन पनि धेरै पछि सम्म थियो ।
'यसै कारणले रेकर्ड भएका धेरै नाटकहरु मेटिए' वैष्णवले निधार खुम्च्याए, 'उबेलाका सबै अडियो नाटक सुरक्षीत राख्न पाएको भए हाम्रो सम्पत्ती अहिले सम्म रहन्थ्यो ।' अडियो सुरक्षीत नभए पनि केहि पुराना रेडियो नाटक झंकार पत्रिकामा भने उनले छाप्न भ्याए । अडियोको रुपमै नसही यसले रेडियो नाटकलाई अक्षरमै भएपनि जोगाउन मद्दत गर् यो ।
रेडियो र रंगमाच साथसाथ
त्यसबेला रेडियो नाटकसँगसँगै रंगमाच नाटक पनि उत्तिकै चर्चित थियो । सिनेमा हेर्न जाने की रंगमाचको नाटक हेर्न जाने सम्मका कुरा हुन्थे । अझ रेडियो नाटक सुन्न कै लागि सिनेमा छाड्नेहरु पनि भेटिन्थे ।
रंगमाचका लागि वैष्णव पनि नाटक लेख्थे । उनका नाटक पद्यमोद्य क्याम्पस आर्मी क्लब नाचघरमा माचन हुन्थे । केहि रेडियो नाटकलाई माचमा पनि पुर् याइने त केहि माचका नाटकलाई रेकर्ड गरेर रेडियोमा पनि ल्याउने गरेको उनी सम्झन्छन् ।
अभावभित्रै सुखको खोिज
रेडियोको जागिरमा उनको सुरुवात पैसाको लागि भन्दा पनि रहर मेट्न भएको थियो । सात सालको राजनीतिक परिवर्तन पछि आएको जोशले मनमा केही गर्नु पर्छ भन्ने भावना थियो । ११ १२ साल सम्म त नियमीत पैसा नै पाइदैन्थ्यो रेडियोको जागिरमा । पछि देवेन्द्रराज उपाध्याय प्रशासनमा आए ।
पाण्डे आएपछि अवस्था केही सुध्रेको वैष्णव सम्झन्छन् । उनी निधारका धसा्र फुकाउँदै भने 'मासिक १ सय रुपैयाँ पाउँन थालेँ ।' उबेलाको १ सय निक्कै ठूलो रकम थियो ।
कामको रस लाग्न थालेपछि घर परिवार खाना सबै भुल्ने । कहिले गीती कथा त कहिले कविता कार्यक्रम । यस्तै सोच मनमा पाक्थे र त्यसैलाई रेडियोबाट पस्कन्थे उनी । कहिलेकाहीँ त साँझ पनि स्टेशनकै बास हुने उनले बताए ।
रेडियो नेपाल बामे सर्दै अगाडि बढ्दा उनको घरको आर्थिक अवस्था भने झन् झन् खस्किदै थियो । सबैको घरमा धारो आएपछि मात्र उनले घरमा धारो जोड्न सके । टोलभरि बत्ती बलेपछि मात्र उनको घरमा बिजुलीको तार लत्रिन थाल्यो । 'सात साल देखि रेडियोमा लागेँ', उनले हाँस्दै भने,'२२ सालमा आएर मात्र घरका लागि रेडियो किन्न सकियो ।'
हुनत आर्थिक अभावको समस्याले उनलाई मात्र होइन सम्पुर्ण रेडियो नाटकका कलाकार जगतलाई नै पिरोलेको थियो । २० २१ साल सम्म पनि एउटा गीत गाएको बल्ल तल्ल ८ रुपैयाँ पाइन्थ्यो । नाटक १ भागको २० २५ रुपैयाँ सम्म दिने चलन बसेको थियो । पछि मिनेटको ३ देखि ५ रुपैयाँ सम्म दिने चलन पनि चलाए । तर जति गरेपनि त्यो पारिश्रमीक कलाकारको श्रमको तुलनामा निक्कै कम हुन्थ्यो । 'त्यतीले के घर चल्थ्यो ', उनले भने ।
यसबीचमा उनको बिहे भो । ज्यान र जहान पाल्ने हजारौं नेपालीको दौंडमा उनीपनि मिसीए । २०२६ सालमा रेडियो नेपाल छाडेपछि प्रज्ञा प्रतिष्ठान ४ वर्ष साझा प्रकाशनमा १० वर्ष काम गर्न भ्याए ।
उनको सम्झनाको पात्रोमा २०४२ सबै भन्दा दुखद साल थियो । उनीसँग कुनै जागिर थिएन । साथको पैसा रित्तिएपछि घरमा चुल्हो बलेको थिएन । मन निकै निराश भएको थियो उनको । अब उमेरले पनि यहि बिट मार्न लाग्यो कि झै पनि उनको मनमा लागेछ । उधारो कति माग्नु लाज भैसकेको थियो । तैपनि त्यो निराशामा फेरि उधारो रासन दिने साहुजी उनले भेटे । चामल नुनतेल ल्याएर चुल्होमा बसाल्नै लागेका थिए सलाई रहेनछ ।
'एक काँटी सलाई पनि अर्काको घरमा मागेर ल्याएँ,' चश्मा उचालेर उनले आँखा मिचे 'अनि मात्र मेरो घरको चुल्हो बल्यो उधारो काँटीले ।' यस्तै अभावमा उनका धेरै वर्ष टरे ।
निर शाहाको सहयोगले ४४ साल तिर उनले नेपाल टेलिभिजनमा जागिर पाए । २०४६ को आन्दोलनपछि राजनीतिक अवस्था फेरिएकाले उनले त्यो पनि छाड्नु पर् यो । यसले उनलाई पुनः उही अभावको खाडलमा धकेल्दियो ।
'महेन्द्र प्रज्ञा पुरस्कारको रकम पाएपछि मात्र मलाई केही राहत भयो' उनले कपाल कन्याउन थाले, 'त्यसपछि लगालग बालचन्द्र मुक्ती पुरस्कार पनि पाएँ । यसले मेरो आत्मविश्वास र आर्थिक अवस्थालाई नयाँ उचाइ दियो ।'
अहिले ३ छोरा ४ छोरी छन् उनका । ३० ३२ जना नातीनातिना भैसके । प्रज्ञाप्रतिष्ठानले आजिवन सदस्य बनाएकाले त्यहाँबाट मासिक केही भत्ता पाउँछन् त्यसैले केही गर्जो टर्छ । 'सन्तानहरु पनि विभिन्न पेशामा छन् उनीहरुले पनि कमाउँछ', उनी भन्छन् 'यसै गरि जेन तेन जीन्दगी चलेको छ ।'
अन्तिम समय
दुःख चिनेनौं दोस्त कसैले आँशु मात्र बहायौं छिनछिन्
यदि चिन्न सकेको भए दुःख सुःख आउदथ्यो पदमा घोप्टीन
वैष्णव फुस्रदका समयमा यस्तै कविता कोर्छन् । जीवनसँगीनी जगत कुमारीलाई पनि सुनाउन भ्याउँछन् । कवितासँगै उनी लेख लेख्छन् । ुमनमा कुरा खेलेपछि के गरुँ के गरुँ हुन्छु उनी चश्मा मिलाउँदै भन्छन् 'पानामा कोर्छु केहि छापिन्छन् केहि फालिन्छन् ।'
उमेर बुढो भएपनि मन बूढो हुँदो रहेनछ उनको मनले यस्तै भन्छ । अझै नयाँ बीचार खेल्छन् । रेडियो नाटकलाई कसरी नयाँ पुस्तामाझ चर्चित लोकपि्रय बनाउन सकिन्छ भनेर घोत्लिन्छन् उनी ।
टेलिभिजन च्यानल दिनानुदिन थपिँदै छन् । उर्लदो छापा माध्यमले पनि आफ्नो छुट्टै परिधी कोर्न थालेको छ । तर श्रोतामा चाडै र सहजै पुग्ने भनेको रेडियो नै हो । तर नयाँ खुलेका एफएमले पनि गीतसंगितलाई मात्र महत्वमा पारेकोमा उनी दुखी छन् ।
उनलाई लाग्छ रेडियो नाटक जस्तो शसक्त प्रभाव अरु कार्यक्रमले पार्न सक्दैन । नाटकलाई चिरस्थायी बनाउन सरकारी र गैरसकारी पक्ष दुवै लाग्नु पर्नेमा वैष्णव जोड दिन्छन् । उनी सोच्छन् 'विद्यालय र कलेजमा नाटक सम्बन्धी केही कक्षाहरु निरन्तर चलाउन सके नाटक जिउँदो रहन्थ्यो ।'
(भवसागर घिमिरे-2066 in Akchyar of Nagarik)

Comments
Post a Comment