Skip to main content

साँझ बत्ति जाँदैन…

पाँचथरकी बबी चेम्जोङ ७ वर्षकी भइन् । उनको घर फाक्थेप-१ मसरेमा पर्छ । उनी जनकल्याण उच्च मावि फाक्थेपको कक्षा २ मा पढ्छिन् । उनको घरमा बाजे बज्यै बाबा आमा काका भाइ र बहिनी छन् ।
उनको यो लिम्बु गाउँ पुग्न इलामबाट विहानै जीप चढ्न पर्छ । जीप पक्की सडक हुँदै राँके पुगेपछि भने मुलबाटो छाडेर कच्ची सडक तिर लाग्छ । लगभग साढे दुई घण्टाको यात्रा गरेपछि फाक्थेप गाविसको घुर्बिसे पाचमी बजार पुगिन्छ । त्यहाँबाट लगभग डेढ घण्टाको पैदल दुरीमा उनको गाउँ आइपुग्छ ।
बबीको दिनचर्या शहरमा बस्ने साथीहरुको भन्दा अल्लि फरक छ । उनले न कम्प्युटरमा भिडियो गेम खेल्छिन् न टेलिभिजनमा दिनहुँ कार्टुन नै हेर्छिन । 'के कुरामा रमाउँछौं त, 'प्रश्न सुन्ने बित्तिकै उनी हाँसिन्,' 'भाँडाकुटी खेल्दा ।' उनलाई टकडी खेल्न मन पर्छ रे साथीलाई छक्काइ छक्काइ बस्ने उठ्ने खेल । खेल खेल्दा उनीसँगै उनको भाइपनि साथमा हुन्छ । २ वर्षे भाइ नुमालाई निक्कै माया गर्छिन् उनी । नुमा सानै भएपनि वल्लो पल्लो घर डुल्ने भैसकेका छन् ।


उनीसँगै पढ्ने सबिना तुम्बापोको घर भने छिमेकी गाविस चोक्मागुमा पर्छ । उनी छुट्टीको बेलामा सबिनाकै टोलमा रहेको बजुको घरमा आइपुग्छिन् । सबिना आइतमाया र बबीसँगै खेल्ने गर्छन् । आइतमाया चेम्जोङ ७ वर्षकी भइन् । उनलाई नेपाली विषय पढ्न एकदमै मन पर्छ । किन ? 'राम्रा कथा हुन्छन् नी त,' उनले भनिन् ।
उनको घरमा आमा बाबा दिदी दाजुहरु हुनुहुन्छ । उनी स्कुल जानका लागि ९ बजे नै हिड्न पर्छ । उनका बाबा आमा किसानी हुन् । उनीहरुको गाउँमा धेरै मानिस किसन छन् । फलफूल तथा तरकारीको खेतीपाती गर्ने सुंगुर बाख्रा गाइ भैसी कुखुरा पाल्ने जस्ता कुनै न कुनै काम नगर्ने घर मुस्कीलले भेटिन्छ ।
आइतमायाको घरसम्म कच्ची सडक भर्खरै पुगेको छ । गाविसको मुख्य बजार घुर्बीसे पाचमीबाट यदाकदा जीप तथा ट्याक्टर गाउँसम्म आइपुग्छ । गाउँमा खेतीपाती गरिएका सुन्तला काँक्रा अम्बा अंगुर आँप जुनार नासपती आदि फलफूल तथा फसर्ी खुसा्रनी सिमी बोडी आलु आदि यीनै जीपले ओसार्ने गर्छन् । ुमलाई फसर्ी एकदमै मन पर्छु आइतमाया भन्छिन् ुदूधभात र फसर्ीको तरकारी मिठो हुन्छ नी ।ु आइतमायालाई गीत गाउन निक्कै मन पर्छ ।
ुडाँडा पाखा छहराले ए तिम्रै गित गाउँछ सतायर नजाउ टाढा ए माया तिम्रै लागि म आएँ यो धरतीमा हिमाल त सधैं…ु
यती गाउने बित्तिकै उनी हाँस्दै टाढा भागिन् । ुलजायो है लजायोु आइतमाया भागेपछि आडैमा आएकी मुनाले भनिन् ।
६ कक्षामा पढ्ने मुना मसरे हुँदै याम्बापुङ जान लागेकी थिइन् । कहाँ जान लागेको त खाली बोरा बोकेर ुमीलमा चामल लिनु उनले भनिन् ुके गर्नु नजिकै मिल छैन ।ु उनलाई धान कुट्ने मिल पुग्नलाई एक घण्टाको पैदल दुरी हिड्न पर्छ ।
धान कुट्नका लागि कहिले काही विहान चार पाँच बजे नै ढिकीमा पनि पुग्न पर्ने हुन्छ उनीहरुलाई । हुनत नेपालको धेरै जसो गाउँमा मिल भएपनि बिजुली नपुगेका र पुगेपनि लोडसेडिङका कारण राम्ररी चल्न सकेका छैन । तर उनीहरुको गाउँमा भने साँझ परेपछि सधैं बत्ती आउँछ । ुविहान भने गै हाल्छु मुनाले भनिन् ।
गाउँलेहरुले आफै मिलेर बनाएको सहकारीबाट लघु जलविद्युत आयोजना चलाइ राखेका छन् । त्यहाँबाट बिजुली उत्पादन धेरै भएपनि गाउँमा उधोग धन्दा नभएकोले खेर जाने गर्छ । त्यसैले नै दिउसोको समयमा विजुली गाउँमा बाँडीएको छैन । ुगाउँमा उधोग धन्दा बिस्तार भएपछि अब चाँडै दिउसो पनि बिजुली बाल्ने योजना छु श्री जंगा निबुखोला चौथो लघु जलबिद्युत प्रणाली शिक्षक उदिप चेम्जोङले भने ।
आइतमाया घाँस काट्न दाउरा बटुल्न मल बोक्न यस्तै काममा घरमा सघाउँछिन् । स्कुल पनि जान्छिन् । घरमा सघाउँदै पढ्न पाएकोमा उनी खुसी छिन् । पाचमी बजारमा हरेक महिनाको १३ र २९ हाट बजार लाग्छ । उनलाई गाउँमा लाग्ने हाट निक्कै रमाइलो लाग्छ ।
हाट बजारमा के पाइन्छ त ु खानेकुरा लुगा यस्तै होु उनी मुख छोप्दै हाँसिन्ुरमाइलो हुन्छ ।ु
उनले पनि आमासँगै हाट बजार जाँदा घरमा भएको बाख्रा सुँगुर बेचेकी छिन् । त्यहाँबाट आफूले चामल र लुगा किनेर ल्याएको उनले बताइन् । ुयसपाली त सुन्ताला पनि बेचेका थियौंु मुनाले भनिन् ।
गाउँमा बेला बेलामा हुने धान नाच च्याब्रुङ नाच उनलाई निक्कै मन पर्छ । सुभराज चेम्जोङलाई त झन् आफै गएर नाँच्न मन लाग्छ रे यस्तो बेलामा । उनी पनि मसरे गाउँकै हुन् । ११ वर्षे उनी कक्षा ५ मा पढ्दै छन् । गौरब आंङदाम्बेलाई झै उनलाई गुच्चा फुटबल खेल्न मन पर्छ । कक्षा १ मा पढ्दै छन् गौरव । गाउँबाट स्कुल जाने बेलामा साह्रै रमाइलो हुने उनीहरुले बताए ।
मसरे कै दिपा चेम्जोङलाई हरेक दिन स्कुल जान र आउन तीन घण्टा हिड्न पर्छ । शान्ति बाल बिकास बोडिङ स्कुलमा पढ्ने उनलाई कलाकारीता पेशा मन पर्छ । गाउँमा गएको महिना भएको रेडियो नाटक कथामिठो सारङीको रेकर्डीङमा उनले विद्यार्थीको भुमिका निभाइन् । ुस्कुलमा हुने स्टेज नाटकमा भाग लिएको थिएँु उनले भनिन् ुरेडियो नाटकमा बोल्न पाएकोमा खुसी लागेको छ ।ु गाउँमा पनि सहरको झै सुविधा पुर् याउन पाए गाउँबाट शहर झर्न पर्दैन्थ्योझै उनलाई लाग्छ । सुभराज पनि दिपाको कुरामा सहमती जनाउँदै मुन्टो हल्लाउँछन् । कहिले काही गाउँमा पानीको पनि समस्या हुन्छ । ुसबै घरमा धारा पुर् याउन पाए ठिक हुन्थ्योु उनले भने ।
सुभराज मुनासँगै यदाकदा याम्बापुङ जान्छन् । उनको घरमा पसल छ । याम्बापुङ बजारबाट पसलको सामान ल्याएर गाउँमा बेच्न परिवारलाई सघाउँछन् उनी । घर सघाउने कामसँगै पढ्न पाएकोमा गाउँका अरु साथीहरु जस्तै उनी पनि खुसी छन् । ुकाम गरे बलियो र सिपालु भइन्छु सुभराजले भने ुपढेपछि बुद्धीमानी भइन्छ ।
(भवसागर घिमिरे,जूनकीरी २०६७)

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ