Skip to main content

अध्यारोबाट उज्यालो तिर

भवसागर घिमिरे

गुल्मीका दिनेश ज्ञवालीले सानो छँदै दृष्टि गुमाए । हेटौडाकी सुप्रभा आचार्य अल्प दृष्टि छ । उनीहरू मात्र हैन तनहुँका सरोज भट्टर्राई, कञ्चनपुरका भविन्द्र सिङ र चितवनका मनोज गौंतमको पनि सानैमा दृष्टि गुमेको छ । यसरी विभिन्न जिल्लाका उनीहरूलाई समयले अहिले एकै ठाउँमा ल्याएको छ, कीर्तिपुरको ल्यावोरेटोरी उच्च मावि ।

१६ वर्षहाराहारीका उनीहरू अहिले नयाँ काममा व्यस्त छन् । के काम होला त - 'नाटक रिहर्रसल गर्दैछौं,' कक्षा ९ अध्ययनरत भविन्द्रले नाटकको नाम बताए, 'ग्रिन सिग्नल ।' शिर्षको अर्थ के हो त - हरियो संकेत वा अगाढी बढ् भन्ने संकेत ।

भविन्द्र सानै देखि रेडियो सुन्थे । रेडियोमा नाटक सुन्दा यस्तै खेल्नपाए हुन्थ्यो झै लाग्थ्यो रे । दश कक्षामा पढ्ने दिनेशले पनि यस्तै सोचेर बस्दा रहेछन रेडियो सुन्दा । सरोज त साथीहरूसँग मिलेर साँझ क्यासेटमा आफै नाटक रेकर्ड गर्दथे रे । 'अनि प्ले गरेर पनि सुन्थे' कक्षा आठका उनले भने । यसो गर्दा उनी र उनका साथीहरू रात गएको पत्तो पाउँदैन थे ।



इक्वेल एक्सेसको साथीसँग मनका कुरा, शनिबार आउने रेडियो नेपालको नाटक, एन्टेना फाउन्डेशन नेपालको नयाँ बाटो नयाँ पाइला जस्ता नाटक सुन्थे उनीहरू । 'आफूहरूपनि यस्तै गर्न पाए हुन्थ्यो भन्ने सोच्थेँ', कक्षा ७ का मनोजले भने । आफूहरूलाई जिवनमा केही नयाँ र रचनात्मक काम गर्ने सुप्रभाको पनि सोच थियो । कसरी गर्ने के गर्ने अन्योलमा थिए उनीहरू ।

***
नयाँ काम गर्ने उनीहरूको सोच जस्तै नाटकमा आफ्नो केहि प्रभाव जमाइसकेका कलाकार सुमन रायमाझीको पनि थियो । १ दर्जन भन्दा बढी नाटकमा कलाकारको भुमिका निभाइसकेका थिए रायमाझीले । दोषि चश्म र चेरिको बगैँचा नाटक निर्देशक पनि गरिसकेका उनको मनमा नौलो सोच जन्मियो, 'दृष्टिबिहिनलाई लिएर नाटक बनाउने ।'
'यो कुरा लेबोरेटोरीमा सुनाए' रायमाझीले भने, 'प्रिन्सिपल लाक्पा शर्ेपा सरले पनि सकारात्मक कुरा गरेपछि म हौंसिएँ ।'

नयाँ सोच लिएर विद्यालय आइपुगेका रायमाझीले दश जना दृष्टीबिहिन माझबाट यी ५ भाइबहिनीलाई रोजे । 'रोज्न पनि एक महिनाको वर्कसप गरेको थिएँ' रायमाझीले भने, 'पाँच जना छानेर रिहर्रसल सुरू गरेको पनि एक महिना बित्यो ।'

सुरूका दश दिनमा उनीलाई यो योजना नै छोडेर हिँडु जस्तो भएको थियो रे । किन - 'जती सिकाएपनि सकिँदो रहेनछ जस्तो लागेर' उनले भने । भाइबहिनीहरूले मान्छे रिसाउँदा कस्तो देखिन्छ - खुशीहुँदा कस्तो देखिन्छ - यस्ता कुरा कहिल्यै देखेका छैनन् । आँखाको दृष्टी गुम्नु अघि सानैमा देखेका विभिन्न कुराहरू बारेपनि आफूहरूले भुलिसकेको दिनेशले बताए ।

सुमन
'रिसाउने सिनमा निधार, आँखा खुम्चाउँ, लामो लामो सास फेर भनेर पनि सिकाउनु पर्यो,' रायमाझिले भने, 'उनीहरूले विभिन्न प्रकृतिका मुहारको हाउभाउ नदेखेकाले गाह्रो भो ।'

कामै छाडेर हिडुँ भन्ने सुरुका दिनको उनको सोचमा एकाएक परिवर्तन आयो । कारण थियो विद्यार्थीले गरेकेा मेहनत र उनीहरूको वौद्धिक क्षमता ।

नाटकमा उनीहरू डाइलग मात्र कण्ठ पार्देनथे । रिहर्सलका बेला चार पाँच घण्टा अघि चप्पल कहाँ खोलेको थिएँ भन्ने पनि सोझै पत्ता लगाउँथे । यो कुराले रायमाझीलाई प्रभाव पार्यो । आफूँले मेहनत गर्दै गएँ र उनीहरूले पनि मेहनत गर्दे गए । अहिले भाइबहिनीहरू धेरै प्रखर भै सकेका छन् । 'अझ् धेरै मेहनत गर्न बाँकी छ' रायमाझीले भने, 'साउनको दोस्रो हप्ता हामी राजधानीमा सो गर्ने तयारीमा छौं ।'

***
नाटकको कथावस्तु युवा पुस्तामा आधारीत छ । युवाको एकतामा आइपर्ने विभिन्न समस्यालाई कसरी समाधान गर्ने बारे नाटकले बाटो देखाउँछ । कुनै डकुमेन्ट्री फिल्म बनाउन लागिपरेका युवाहरू बिच आएको फाटो र लामो प्रयासपछिको मिलनलाई नाटकमा देखाईएको छ ।

'सबै कथाबस्तु चाहीँ प्रकाशनका लागि नभनौं ।डकुमेन्ट्रीको अर्थ देशाको संविधान भनेर बुझाउन खोजिएको छ', ' रायमाझी हाँसे, 'संविधान देशका लागि कत्तिको महत्व बोकेको छ बारे पनि देखाउँदै छौं । बाँकी नाटक हर्ेन आउँदा आफै थाहा पाउनु हुनेछ ।'

यो नाटकमा संगीत सलिल सुवेदी 'कनिका' ले दिएका छन् । दयाहृयाङ र्राईले स्टेज डिजाइन गरेको यो नाटक गोपिकेश आचार्यले लेखेका हुन् । नाटकको कथाले जे देखाउन खोजेपनि यसमा सहभागि कलाकारको प्रयासले भने समाजलाई निक्कै सकारात्मक सन्देश दिनेमा निर्देशक रायमाझीको विश्वास छ । कस्तो सकारात्मक - 'हामी सवल छौं भनेर देखाउन खोजेका हौं,' सुप्रभाले मुख खोलिन् ।

नाटकमा उनी श्रुती पात्रको भुमिकामा प्रस्तुत हुँदैछिन् । श्रुती नाटकमा सहनशिल केटी पात्र हो । भविन्द्रले निक, दिनेशले पहल, सरोजले सञ्जय र मनोजले दृश्य पात्रको भुमिका गरेका छन् ।

उनीहरूले स्टेजमा कता के राखेको छ भन्ने कुरा पनि ख्याल गरिसकेका छन् । किचन कता - सोफा कता - बेड कता - हरेक सामानको बारेमा उनीहरूलाई याद रहेछ । अभिनयमा कतिको सक्छु जस्तो लागेको छ त - प्रश्नमा सरोज भन्छन्, 'पहिला त गाह्रो भएको थियो, तर अहिले आत्मविश्वास निकै बढेको छ ।' उनी र उनका सबै साथीहरूले हर नाटकका हर संवाद कण्ठ गरिसके ।

'यो धम्की हामीलाई हानेको झटारो हो, हामी खुसी हुनु पर्छ की हामी फल्न थालेका छौं '

नाटकको संवादलाई सरोज यसरी सम्झन चाहन्छन् । कसैसँग नडराइ हामी आफ्नो काममा लागिरहनु पर्छ भन्ने सन्देश दिने क्रममा उनले यो संवाद नाटकमा बोल्नेछन् ।
***
नाटक रिहर्सल गरिरहँदा उनीहरूले पर्ढाईलाई पनि सँगसँगै लगेका छन् । उनीहरूको काम देखेर विद्यालयका प्रधानाध्यापक निक्कै खुशी छन् । यो नाटकले दृष्टिविहिन विद्यार्थीलाई व्यवहारीक शिक्षा पनि दिनेमा विद्यालयका प्रधानाध्यापक लाक्पा शर्ेपाको विश्वास छ । उनी भन्छन्, 'विद्यार्थीले दिनानु दिन पाएको सफलतामा हामी निक्कै खुशी छौं । समाजमा उनीहरूले राम्रो उधाहरण दिँदैछन् ।'

नाटकका कलाकार तर्फसंकेत गर्दै शिक्षक राजेन्द्र सापकोटा भन्छन्, 'जुनसुकै काम गर्न अपाङ्गपनि अरू झै सक्षम छन् भन्ने कामको राम्रो उधाहरण उनीहरू पस्कदैछन् ।'

अपाङ्गका नाममा धेरै नारा लगाईए पनि त्यो व्यवहारमा कमै मात्र लागु भएको उनको बिचार छ । 'यो नाटक अपाङ्गका पक्षमा नउभिनेका निम्ति एउटा चुनौति हो' उनले भने ।

नाटकमा लागिपरेका उनीहरू के नाटकमै जीवन विताउनेछन त - 'समयले कहाँ लान्छ -,' मनोज भन्छन्, 'मलाई त गायन र संगितमा रूचि छ' भविन्द्र र सरोजलाई राजनीतिज्ञ, दिनेशलाई समाजिक कार्यकर्ता र सुप्रभालाई पत्रकार बन्ने सोच छ रे । तर नाटकको कथा बस्तु झै आफुहरूको जिवनको कथावस्तु पनि मोडियो भने नाटकमै पनि रम्न सकिने उनीहरूले बताए ।

***
दृष्टिबिहिन भाइबहिनीसँग नाटकमा काम गर्नु एउटा राम्रो अवसर हो जस्तो रायमाझीलाई लाग्छ । 'म कहिले आफूँ राम्ररी आँखा देख्न सक्छु भन्ने कुरा भुल्दो रहेछु' उनी भन्छन्, 'कहिले उनीहरू दृष्टिविहिन हुन भन्ने कुरा भुल्छु ।' आफूले फरकपन पस्कन खोजको जस्तो उनलाई लाग्छ ।

नाटक बनाउनु र देखाउनु चुनौति पर्ुण्ाकाम हो । नाटक पस्किसकेपछि त्यसले दर्शकमा प्रभाव पार्न सकेन भने कुनै अर्थ रहँदैन । भाइबहिनीको उत्साह देखेर भोटाहिटी जुत्ता भण्डारले टिकट, ब्रोसर र फ्लेक्स बनाउन सहयोग गरिदिएको छ । हरेक दिन रिहर्सलमा हुने चिया खर्च पनि उधारो छ । नाटक पर््रदर्शन गर्ने स्थान फिक्स छैन । 'आँटेपछि पुरा पक्कै हुन्छ' भन्ने रायमाझीलाई लाग्छ । 'नाटक पर््रदर्शनीका बेला हलको भाडा तिर्नेछु भन्ने नि आएका छन्, हेरुँ के हुन्छ' उनले भने, 'बिस्तारै सहयोग जुट्दै जाला र सबै राम्रो होला नी ।'

काम गर्दै जाँदा आफूहरू एउटा अनौपचारीक समुह बनेको भाइबहिनीलाई लागेको रहेछ । 'पछिका दिनमा पनि हामी मिलेर रचनात्मक काममा लाग्ने छौं' सुप्रभाले भनिन् ।

***
रिहर्सलको चटारोमा कुराहरू छोट्याएकै राम्रो । 'के भन्छौं त जाने बेलामा -' प्रश्न सुनेर कलाकार भाइबहिनीले एउटै आशय व्यक्त गरे, 'नाटक हर्ेन आइदिनुस्, सुझाव दिनुस् । हामीलाई दया हैन अवसर दिनुस्, बस् त्यत्ती ।'

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...