Skip to main content

निहुँ खोज्ने कोही छ ?

भवसागर घिमिरे
हात भाँच्दिन्छु, दाँत भाँच्दिन्छु। बोरामा राखेर क्याम्पमा लगेर खाँदिन्छु। क्याम्पस प्रमुखलाई कुट्दिन्छु, औधोगिक क्षेत्रका व्यापारिलाई पनि कुट्दिन्छु। एक एकलाई समातेर चिकेन फ्राइ झैँ भुट्दिन्छु। ए पुलिस आउँछस समात्न ? नेताको एक फोनले छुट्दिन्छु। मलाई के नपुग छ र, सब थोक पार्टी जुराउँछ। घ्याम्पो जाँड छ, ठेकीमा मोही छ। ओइ, मसँग निहुँ खोज्ने कोही छ ?

कसैले 'वइ स्याल' भन्छन, कसैले 'युथ कोर्स' भन्छन्। 'गरुण जस्ता', 'कराइ फोर्स' जे भनेनी, हाम्लाइ ठूलै मान्छे गन्छन। कहिले चन्दन तस्करी रोक्दिन्छु। कहिले आफै तस्करबनी बोक्दिन्छु। भष्ट्राचारीलाई कानुनले हैन, भ्याच भ्याच हातैले ठोक्दिन्छु। उद्योग बन्द गर्दिन्छु, स्कुल बन्द गर्दिन्छु, गरिब उक्साउनलाई सबैको कान भर्दिन्छु। मै हो क्या कानुन, नेपाली मानुन या नमानुन।

हाम्रा नेताले भन्दैछन्, सडक सदन बाल्ने हो। प्रचण्ड गर्मीको तातोले, माकुरे सरकार ढाल्ने हो। नेताको त म दाहिने हात, मर्ुख हो मेरो जात। सत्ता पल्टाउन पर्यो भने बौलाइदिन्छु रातारात। कुखुराको सपेटाले मोल्छु दाँत, बियरले गर्छु मुख कुल्ला। हातमा मेरो रिमोट छ, घरि बन्द, घरि खुल्ला। जे भनेपनि भा कै छ। मान सम्मान पाकै छ। नपढेनी टन्न खाकै छ। के भो र ?


चाहे रुकुम पखलाले गलोस्, चाहे जाँजरकोट हैजाले ढलोस्। चाहे संखुवासभा पहिरामा परोस्। चाहे राजधानीमा गाडीले मान्छे किचेर सोतर पारोस्। सय पचास, मारे मारोस्। न पखला टाल्ने मेरो काम। न हैजा सम्हाल्ने मेरो काम। रातमा न गाडी रोकेर पार्नु जाम। भिर पहिरामा चिप्लनेलाइ भन्न सक्छु, बस् हरे कृष्ण हरे राम। देखाउनका लागि त गैदिन्छु, आँशु चुहाउनेमा सहभागि भैदिन्छु। दुइचार भाषण ठोकौंला, दुइचार लाश बोकौंला, एक दुइ समाचार छर्कौला, दुइचार दिनमा र्फकलौं, के भो र ?

कलेजमा हुन्छु भर्ना, हाजिरमा हुन्छु गएल। रडभाला बोक्छु झोलामा, दिनदिनै हुन्छु घायल। टायर मेरो किताब हो, सलाइको काँटी कलम छ। पाए सम्म सलाइ कोर्ने हो, कलेज पनि फोर्ने हो। सडकमा आएर पाठ घोक्ने, यहाँको यस्तै चलन। अर्को पाटीको दबदबामा हुन्छ मन जलन।

जती धेरै ढुंगा हान्यो, उती धेरै नम्बर आउँछ। दुइचारवटा बस नजलाए, दुइ बर्षै ब्याक लाउँछ। ठोक्न पर्छ ढुंगाले। घोक्न पर्छ बन्दको पाठ। जाँच दिने पाटी कार्यलय बसेर, रिजल्ट सबै फस्ट डिभिजन पास। गज्जब छैन त पढाइ ?

सबै भन्दा पिरो म। नेपालको हुँ हिरो म। अहिलेको महंगी भन्दापनि बढेको छ मेरो भाउ। हरेक दल भन्दैछन्, युवा मेरो पाटीमा आउ। जता गएनी लड्ने हो, राजनीतिको पाठ पढ्ने हो। कस्ले भन्छ सड्ने हो ? यसरी नै अगाडि बढ्ने हो।

कर्ण्ााली भोको भएनी, मेरो त पेट टन्नै छ। मेलम्चीबाटैमा रोकिएनी, मिनरलवाटर पुगेकै छ। काठमाडौंमा फोहोर के थुप्रेया छ र ? जती हामी थुप्रेका छौं। त्यसैले त सानो कुरामा, सडकमा आएर उप|mेका छौं।

यसरी नै हुर्क्या छौं, युवा हामी नेपालयो, आउँदैन बुद्धी फर्केर नझरी टाउकाको कपाल यो। नेताले हामीलाई सिकाका, यसरी नै देश चलाउने। हामीलाई सडकमा उफारी, हरेक सरकारलाइ ढलाउने। गर्नुपर्छ चाकडी, युवा हामी नथाकी, पाइदैन जागिर यो देशमा, नेताका पछि नलागि।

पहिला मज्जाले गोद्ने हो, अनि बाँकी कुरा सोध्ने हो। डर त्रास देखाएर जोखिने हो, दादागिरीको कानुनमा चोखिने हो। यही मेरो कानुन, दुनियाँले जानुन। तैपनि आँखा तर्छन, पत्रकार ठूला कुरा गर्छन, 'बुद्धलाई रगतले छोइच, नेपाली आमा रोइछ'। आफ्नो त घ्याम्पोमा जाँड छ, ठेकिमा मोही छ। दिन्छु अनि ठूला कुरा गर्ने ? ओइ निहुँ खोज्ने कोही छ ?

http://www.nagariknews.com/nagarik-blog/85-blog/3748-2009-08-07-16-54-16.html

Comments

  1. I don't think there is anyone. If you ask is there anyone to be the prime minister, there will be many.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ