Skip to main content

चिसो पानीमा झ्वाम्म



क्या मज्जा
दुइ महिना अघि अकस्मात घोषणा भएको राजमार्ग बन्दले हामी आठ घण्टा चितवनको फिस्लिङमा अड्कियौं । जेठको तातो मौसम, आठ आठ घण्टा, सडकमा के गर्ने त ? दिक्क परेका हामी दिन कटाउन नजिकै बगेको त्रिशुली तिर झर्यौं ।

भवसागर घिमिरे

अहिले निक्कै गर्मि बढेको छ । तिमी गर्मीमा के गर्र्छौ - आइसक्रिम बरफ खान्छौं, पँधेरो, धारोमा नुहाउन जान्छौं वा कुलोमा डुबुल्की माछौं होला हैन - यस्तो गर्मीमा अरूलाई झै तिमीलाई पनि त चिसो कुरा मन पर्छ होला, है - हो त, गर्मीले वातावरणको तापक्रम बढ्ने हुँदा हामी चिसोको खोजीमा हुन्छौं ।

दुइ महिना अघि अकस्मात घोषणा भएको राजमार्ग बन्दले हामी आठ घण्टा चितवनको फिस्लिङमा अड्कियौं । जेठको तातो मौसम, आठ आठ घण्टा, सडकमा के गर्ने त ? दिक्क परेका हामी दिन कटाउन नजिकै बगेको त्रिशुली तिर झर्यौं । यसै क्रममा खोलामा पौडदै गरेका साना भाइ कमल गुरूङ भेटिए ।

घाम चर्कन थालेपछि चितवन दारेचोक-९का १४ वर्षो गुरूङलाई कतिखेर त्रिशुलीमा पुगुँ जस्तो हुँदोरहेछ । खोलाको तिरमा पुगेपछि पानी छुनका लागि हत्तारिहाल्छन् उनी । 'म त पौंडी खेल्न पनि जान्ने छु' उनले भने, 'गर्मि भएपछि चिसोपानीमा डुब्नुको मज्जै बेग्लै हुन्छ ।'

कमल श्री र्सवशान्ति उच्च मावि कुरिनटारको कक्षा ८ का विद्यार्थी हुन् । उनका बाबा जागिरका लागि विदेश गएको डेढ वर्षबित्यो । उनका दाई फर्ुसतका बेला माछा मार्न घोकालिएर त्रिशुली र्झछन रे । घोका माछा मार्नका लागि बनाइएको एक भिन्दै प्रकारको पासो रहेछ ।

घर नजिकै रहेको त्रिशुलीका छेउछाउमा पौडन पाउँदा मज्जा आउने उनी बताउँछन् । पौडन राम्ररी आउँदो रहेछ गुरूङलाई । 'वल्लो छेउबाट पानीमा झवाम्म हाम फाल्यो, पल्लो कुनाबाट फुत्त निस्कने' कस्तो सिपालु है !


बाफरे बाफ

प्राय साथीसँग खेल्न बिदाका बेला पौडन आउने गर्दा रहेछन कमल । कसरी जाने त उनले पौडन - कसले सिकायो - 'छेउछेउमा खेल्दा खेल्दै आफ्फै सिकेको,' उनी हाँसे । उनले त आफै सिकेका रहेछन् । तर उनकै कक्षामा पढ्ने साथी मीनबहादुर गुरूङलाई भने पौडन उनका बाबाले सिकाउनु भएको रे । उनका बाबा किसान रहेछन् । घरमा साग, सिमी, भेन्टा घिरौला जस्ता तरकारी उत्पादन गरेर बजार पुर्याउछन् उनी । तर बेलाबेलामा हुने बन्दले धेरै तरकारीहरू घरमै कुहीने रहेछ ।

बन्द सम्झ्यो भने दिक्कलाग्ने उनलाई गर्मीका बेला पौंडन पाउँदा भने रमाइलो लाग्छ । 'रोलिङ हान्न चाही आउँदैन' मीनले भने, 'डर लाग्छ क्या ।' उनले ६ वर्षो उमेर देखि नै पानीमा तैरन सिकेछन् ।
फिस्लिङ चितवनको श्री राष्ट्रिय प्राविमा अध्ययनरत भरत विकलाई पनि राम्रोसँग पौंडन आउँछ । १२ वर्षा उनी कक्षा चारमा पुगेका छन् । पौडनका लागि त्रिशुली आएका उनको हामीसँग भेट भयो । कता खेल्छौं त पौंडी - प्रश्न सुनेपछि उनले भने, 'छेउछेउमा हो , बीचमा त भेल आएर लैजाने डर हुन्छ क्या ।' साथीहरूसँग पौडन आउँदा उनलाई बढी आनन्द आउँछ रे । एक्लै आउँदा मज्जा आउँदैन । पौडीका बीचबीचमा बालुवामा लडीबुडी खेल्नुको मज्जा पनि बेग्लै हुने भाइहरूले बताए ।

'बालुवामा खेल्यो अनि पानीमा पखाल्यो, यस्तै हो' विकले सुनाए । तर अब त पानी पर्ने क्रम बढ्न थालेको छ । खोलानालामा पनि पानीको सतह बढ्दै छ । यस्तो बेला खोलामा बाढी आउने सम्भावनापनि धेरै हुन्छ । जेठमा भेटिएका उनीहरूले असार र साउनका डरलाग्दा कुरा सुनाए । यो महिना भने उनीहरूखोलाका तिरमा कम जान्छन् । पानी धेरै धमिलो र खोला धेरै ठूलो हुन्छ । 'डुबाउने र बगाउने डरलेहामी कम आउँछौं' विकले भने ।

पौडनु स्वास्थ्यका लागि राम्रो हो । शहर बजारमा पौडी पोखरीमा पुगेरै भएपनि केही भाइबहिनीले पौडीनुको मज्जा लिएका हुन्छन् । गाउँघरमा भने नजिकै खोला, कुलो, नहर आदिमा गर्मीको याममा भाइबहिनीको लाम हुन्छ । तर गर्मीले आत्तिएको बेलामा पानी देख्ने बित्तिकै ख्यालै नगरि झवाम्म फाल हाल्नुभन्ने हुँदैन ।

हुन त पानी खेलाउनुको मज्जा पनि बेग्लै हुन्छ नी हैन - पौडीमा रमाउन र बिदा मनाउनका लागि धादीङमा वाटर किङडम नै बनाइएको छ । पानीमा रमाउनका लागि कृत्रीम रूपमा बाटर किङडम बनाइएको हो । काठमाडौं उपत्यकामा मात्र डेढ दर्जन बढी पौडीपोखरीहरू संचालनमा छन् । त्यसमा पनि उत्तिकै भिड लाग्ने गरेको छ । ठूला तारे होटलहरूमा पौडी पोखरीहरू बनाइएका छन् ।

पौडी एक राम्रो व्यायामपनि हो । तौल घटाउन, ढाड कम्मर जिउ दुखेको निको बनाउन र दिमागलाई चुस्त र स्फर्ुत राख्न का लागि धेरै जना पौडिन जाने गर्छन । मोटाइपन घटाउन र उचाइ बढाउनका लागि पनि पौडी निक्कै राम्रो मानिन्छ । टन्न खाना खाएर पौडनु भनृ हँुदैन । छालाका रोगीले सगोलमा पौडी खेल्नु हँदैन । रक्सी खाएर त झनै खेल्नु हुँदैन । यस्तो कुरा अरुलाई पनि सिकाउनु पर्छ ल ।

पौडी खेल्दा अझ अरुकुरामा पनि ध्यान दिनु पर्छ । पानी कति गहिरो छ - सफा छ छैन - केही भैहाल्यो भने जोगाउन साथी तथा अभिभावकहरू छन् कि छैनन् - यस्ता कुरामा धेरै ख्याल गर्नु पर्छ । सँगसँगै पौडन जानिएको छ छैन - जानेको भएपनि पानीको बहाब निक्कै बढी छ की - कतै बाढी आएको त छैन - यस्ता कुरामा निक्कै ध्यान दिनु पर्छ । पौडदै गर्दा जोशमा पानीको सतह नजाँचिकन, दक्ष नभईकन रोलिङ हान्ने । खोला वा पौडी पोखरीको बिचमा पुग्ने वा पारी जान कोशिश गर्ने काम जोखिम हुन सक्छ है ।

यी कुरा हामीलाई तिमी जस्तै साना भाइहरूले सुनाएका हुन् । गर्मी छल्न खोलातिरमा आइपुगेका बसका धेरै यात्रु, स्थानिय मान्छेसँगै साना साना खलासी भाइ पनि थिए के । त्यसैमा एक बसका खलासी भाई कुमार गुरूङ पनि पौडन तम्सिए । उनलाई त पानीमा रोलिङ पनि हान्न आउँदो रहेछ । उनीसँगै उनका दाईले बालुवामा पनि उल्टो जम्प हानेर देखाए । उनी त पोख्त थिए । तर तिमीहरूले भने यस्तो सिको गर्नु हुन्न है । यस्तो बेलामा चोटपटक लाग्ने र अपांग हुने सम्भावना पनि हुन्छ के ।

ए तान तान

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...