Skip to main content

पर्यटकको स्वागतमा केटाकेटी



भवसागर घिमिरे
गोरखाको देउराली गाविस गोप्लिङ्गका प्रख्यात बूढाथोकी अहिले कक्षा ६ मा पढ्छन् । उनको स्कुलको नाम सनराइज आवासिय मावि हो । अभिषेक पन्तपनि सोही स्कुलको कक्षा २ मा पढ्छन् । उनीहरू आफ्नो गाउँलाई निक्कै माया गर्छ । हुन त आफू जन्मे हर्ुर्केको ठाउँलाई माया नगर्ने को होला र है ? उनी र उनका साथीहरू अहिले निक्कै उत्साहित भएका छन् । किनकी उनी बस्ने गाउँका आफन्तहरू सबै मिलेर गाउँमा पर्यटक भित्राउन लागि परेका छन् । गाउँमा पर्यटक भित्राउने उनीहरूले ठूलै योजना बनाएका छन् । पर्यटकीय गाउँ बनाउने सम्भावनाबारे केही महिना अगि गाउँमा भएको छलफलमा केटाकेटीपनि उर्लिएर पुगेका थिए ।

देउराली गाउँ तनहुँको आँबु खैरानिसँग उत्तरतिर जोडिएको छ । पर्ूवमा दरौंदी, पश्चिम दक्षिण मर्स्याङ्दी नदी, उत्तर पश्चिम तर्फऐतिहासिक गढी बूढीकोटको रखुवारी बीचको गाउँ 'पानको पात' जस्तै आकारमा फैलिएको छ । अहिले गाउँमा ११ सय घरधुरी नाघिसकेको अनुमान छ ।
के छ त त्रि्रो गाउँमा विशेष - सम्वाददाताको प्रश्नको उत्तर दिन थुप्रै केटाकेटीको ओइरो लाग्यो । अकला निमावी गोप्लिङ्गको कक्षा ६ मा पढ्ने अस्मिता भण्डारीसँगै धेरै भाइबहिनी छेवैमा आएर ओठ चलाउन थाले ।
उनीहरूको गाउँमा गोरखकाली रबर उद्योग, ६९ केभी क्षमताको मर्स्याङदी जलविद्युत गृह रहेछन् । दरौंदी र मर्स्याङ्दी नदीको दोभानमा रहेको ऐतिहासिक तथा धार्मीक स्थाल रामशाह घाट, अकला माईको मन्दिर र मस्याङ्दी बाँध पर्यटक डुलाउने आकर्षा ठाउँहरू छन् । भाइबहिनीले यी सबै कुरा एकै सास सुनाए ।


सोह्रौ शताब्दीका राजा रजौंटाहरूको किल्ल्ााको रूपमा रहेको बूढीकोट । ति रजौंटाले असारमा हिलो खेल्ने रानीखेतको संरक्षण गर्न सके धेरै पर्यटक गाउँमा ल्याउन सकिने कुरा उनीहरूले अभिभावकको छलफलबाट थाहा पाइसकेछन् ।
गाउँमा रहेको 'रानी ओढार' ले पनि ठूलो महत्व बोकेको छ । गाउँको फलफुल तथा तरकारी खेती, सल्ला सिसौं, लालीगुराँश, साल आदि रूखले भरिएका वन पनि पदयात्री लोभ्याउन तम्सिएका देखिन्थे ।
'पर्ूव मनकामना र पश्चिममा बन्दीपुर छ । उत्तरमा कालिका मन्दिर र दक्षिण तर्फछिम्केश्वरी मन्दिर छ' अकला निमावि कक्षा ८ का राजन अधिकारीका कुरा पनि सुनीरहुँ लाग्ने थियो । गाउँलाई पर्यटकीय गन्तव्य बनाउन तम्सिएका अभिभावकसँग हो मा हो मिलाउँदै थिए उनी ।

देउरालीमा मुख्यत क्षेत्री, मगर नेवार, बाहुन, दमाई, सार्की, तामाङ, सुनार, कामी, तथा नकर्मी, दर्राई जाति बसोबास गर्छन । यहाँको घाटुनाच, मारूनी, पाउँदुरे, चुड्का पनि निक्कै प्रख्यात छ । गाउँमा डमरू, ठेकी, मदानी, मादल, खैजडी जस्ता काठका कलात्मक सामान पनि बन्ने गर्छ । साथसाथै मकैका भुत्लाबाट बनाइने चकटी र परालबाट बनाइने गुन्द्री र थर्कटी पनि निक्कै प्रख्यात छ ।
'हामी त आमा बाबाहरूलाई काममा सघाउने हो' एक्टिभ ग्रिनल्याण्ड इंग्लिस बोर्डिङ स्कुलको कक्षा ४ मा पढ्ने सगुन थापा मगर हाँसे, 'गोराहरू आएभने हामी दही मोही खान दिन्छौं, गाउँ डुलाउँछौं अनि रमाइलो गराउँछौं ।' अनि अरु के के गर्र्छौ - प्रश्न सुनेर चम्बु फुच्चेले मुख खोले, 'हेल्लो भनेर अंग्रेजीमा कुरा पनि त गर्र्छौं नी ।' उसको चिप्लो कुरा सुनेर केटाकेटी गललल हाँसे । पर्यटक विदेशी मात्र नभइ देश भित्रैका पनि हुन्छन भन्ने कुरा भने उनीहरू पनि थाहा रहेछ ।
उनीहरूको गाविसमा कच्चिबाटो धेरै वडामा पुगेको छ । पक्कि सडकले केही वडालाई छोएको छ । गाउँमा भर्खर कच्चिबाटो खन्दाको मिठो सम्झना रहेछ धनेन्द्र बुढाथोकी, १३ लाई । बालज्वोती आवासीय मावी आबुखैरानीको कक्षा ६ पढ्ने उनीपनि साथीहरू झै उत्साहित भएका छन् । पढाइसँगै पर्यटकलाई स्वागत गर्ने काम सिक्न उनी आतुर देखिन्थे । 'अब त मर्स्याङ्दी बाँधमा पनि डुंगा चलाउने रे,' बुढाथोकीले हौसिदै भने, 'अब डुंगाबाट बाँध तरेर स्कुल जान पनि सजिलो हुने भो ।'

उनको घरको नजिकै आँपको बगैँचा छ । बगैँचामा खेल्न पनि मन पराउँछन् उनी । गर्मी छल्न मस्याङदी तीरमा पुग्छन् रे, पौडन् । उनको घर नजीकै छ मस्याङ्दी जलबिद्युत आयोजनाको बाँध । बाँध हालेको स्थान भन्दा पश्चिम तिर धेरै परको छेउमा उनी ट्युब बोकेर पुग्छन् । पानीको छेउ छेउ ट्युबमा बसेर तैरन्छन पनि । बल्छी लगाएर माछा पनि मार्छन् । अनि किन नहोस त रमाइलो -
यो कुरा सनर्राईज आवासीय मावी, कक्षा २ का अभिषेक पन्त पनि रमाइलो लागेछ । छेवैमा बसेर ठूला दाइहरूका कुरा सुनिरहेका थिए । दाइदिदीहरूले मच्चिमच्चि गरेका रमाइला कुरा सुनेर सानी बहिनी नमुना थापा पनि मसिना दाँत देखाउँदै खित्का छाड्दै थिइन् । कन्यादेवी प्राविमा कक्षा ३ पढ्दै गरेकी उनले तोते बोलि फुटाइन्, 'तँपाइ फेरि पनि आउनुस है घुम्न ।'

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...