Skip to main content

सलाईले बोलाइ



Sketch: Krishana Gopal Shrestha/Kantipur
जेष्ठ २, २०७३- कोठा निक्कै अँध्यारो थियो । केही चलेको आवाज सुनियो । टेबलको घर्रा उघारियो । ‘ओइ उठ्न,’ सलाईले मैन बत्तीलाई उठाउन खोजी । मैनबत्ती भर्खरै निदाएको थियो । उसले उठ्न मन नलागेझैं गर्‍यो । फेरि कोल्टो परेर सुत्यो । सलाईले मैनबत्तीलाई झकझकाई, ‘उठ् रे के, आर्जनले भनेको ।’ आर्जनको नाम सुनेपछि मैनबत्ती जीउ तन्काउँदै उठ्यो र सोध्यो, ‘के भो ?’  ‘उज्यालो चाहियो रे, आर्जनलाई ट्वाइलेट जानुपर्‍यो,’ सलाइले भनी । ‘बिजुली बाले भैहाल्यो नि,’ मैनबत्तीले टार्न खोज्यो । त्यसैबेला छामछुम गर्दै ५ वर्षे आर्जन नजिकै आयो, ‘बिजुली नै छैन, लोडसेडिङ छ । टर्चलाइटको पनि चार्ज सकिएछ क्या ।’  उसको कुरा सुनेर मैनबत्तीले सोध्यो, ‘तर तिमीले सलाईको काँटी कोर्न जानेका छौ त ?’ मैनबत्तीको कुरा सुनेर आर्जनले जानिहाल्छु नि भन्ने जवाफ दियो । सलाईले बल्ल होस पाई, ‘साँच्चि हो त, आर्जनले भुलेर सानो गल्ती गर्‍यौ भने त खत्तमै हुन्छ १’ मैनबत्तीले पनि कुरा थप्यो, ‘म बलेपछि यता उता लडें भने के गर्ने नि ?’ ‘लडेर के हुन्छ त ? म उठाइहाल्छु नि,’ आर्जनले सजिलै भन्यो । सलाईले आर्जनलाई सम्झाउन थाली, ‘मैनबत्ती बलेर लड्यो भने त उसले आडैको तिम्रो होमवर्क कापी जलाएर खरानी बनाइदिन्छ । कापीसँगै कार्पेट पनि जल्छ । कार्पेटसँगै कुर्ची टेबल पनि बल्न थाल्छ ।’ 

यस्तो सुनेर आर्जनले कपाल कन्याउन थाल्यो । खासमा बाबा आमालाई उठाएर दु:ख दिन उसलाई मनै थिएन । उसले आफैं बत्ती बालेर ट्वाइलेट जान्छु भन्ने सोचेको थियो । सलाई र मैनबत्तीको कुरा सुनेपछि भने उसले आमालाई उठायो । आमाले सलाई समाउनुभयो । सलाईले जकेटको खल्तीबाट एउटा काँटी झिकेर दिई । आमाले सलाईको काँटीले उसैको काँधमा रहेको खोरीमा कोर्नुभयो । काँटी झ्यार्र बल्यो । कोठा थोरै उज्यालो हुनेबित्तिकै मैनबत्तीले टाउको निहुरी पार्‍यो । उसको टुप्पीमा बलेको सलाईको काँटी परेपछि मैनहरू पग्लन थाले । कोठामा विस्तारै मधुरो उज्यालो फैलियो ।  आमाले मैनबत्ती समाएर आर्जनलाई ट्वाइलेटसम्म लगिदिनु भयो । मैनबत्ती ट्वाइलेटको झ्यालमा राखिदिनुभयो । सानो कोठा । सबैतिर उज्यालो भयो । दिउँसो चटपटे खाएकोले आर्जनको पेट गडबड भएको थियो । आर्जन ट्वाइलेट पसेपछि कोठातिर फर्कंदै आमाले भन्नुभयो, ‘भएपछि बोलाउनु है ।’ यता कोठामा आउनुभएको आमा त बस्दाबस्दै ओच्छ्यानमै फेरि निदाउनुभयो ।  आर्जन आफैं काम गर्न तम्सन्थ्यो । निदाउनुभयो होला भन्दै आमालाई फेरि बोलाएन । ट्वाइलेट गरेपछि उसले आफैं सफा गर्‍यो । अनि हात साबुन र पानीले धोयो । झ्यालमा राखेको मैनबत्ती समायो । ‘आथ्थु’ उसको हातमा पग्लेको मैनको थोपा परेछ । मैनबत्ती खिस्स हाँस्यो । आर्जनले थाहै पाएन । ऊ सरासर कोठामा आयो र बलेको मैनबत्ती टेबलमा राख्यो । उसको पेट अझै कुटुकुटु गर्दै थियो । आमाको नजिकै गयो अनि लुपुक्क सुत्यो । ‘आर्जन,’ कसैले उसलाई घचघच्याउँदै थियो । उठेर हेरेको सलाई पो रैछे । ‘के भो ?’ आर्जनले निधार खुम्च्याउँदै अर्धनिद्रामा सोध्यो । ‘मैनबत्तीले बोलाको छ,’ सलाईले भनी, ‘निभाइदेऊ रे, उसलाई पनि निद्रा लाग्यो ।’ 


आर्जनले भन्यो, ‘बलेरै सुते हुन्न र ? मलाई फेरि चाप्यो भने सजिलो हुन्छ ।’मैनले टेबलबाटै भन्यो, ‘मलाई बालेरै सुत्यौ भने म टेबलमै सकिन्छु अनि पछि फेरि मेरो टुप्पीको आगो बढेर सप्पै घरलाई जलाउँछ ।’ आर्जन झसङ्ग भयो । एकफेर सोच्यो अनि फेरि सोध्यो, ‘मलाई फेरि उज्यालो चाहियो भने नि ?’ ‘मेरो खल्तीमा अझै दुई/तीनवटा काँटी छन्, आमालाई भनेर फेरि बालांैला नि,’ सलाईले हाँस्दै भनी ।  सबै कुरा सुनेपछि आर्जनले टेबलको मैनबत्तीलाई ‘फू’ गर्‍यो । कोठा झ्याप्प अँध्यारो भयो । ‘हयाप्पी बर्थ डे टु यु’ अँध्यारोमा सलाईले आर्जनलाई जिस्काई । आर्जन मुसुक्क हाँस्दै, भुसुक्कै निदायो । प्रकाशित: जेष्ठ २, २०७३

http://kantipur.ekantipur.com/printedition/news/2016-05-15/20160515140423.html

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ