- खाए खा नखाए फाल्दे
- काम पाइनस् केटो गुन्द्रुकमा आइरन लगाई
- डाडुले हानेको बूढो तरकारी थप्दा तर्सन्छ
- बोतल कोकको स्वाद बियरको
- एकादेशमा लोकतन्त्र थियो रे
- जंडियालाई के ट्वाइलेट के किचन
- जुक्ताको सोलमा चप्पलको तुना
- बाह्र छोरा तेह्र नाती बुढाको आँखा रेखाथापा माथि
- क्याम्पसमा ब्याक लगाउ जागिर खान ज्याक लगाउ
- जब पर् यो राती बोतल बन्छ साथी
- राष्ट्रबैकमा पैसा छ खल्ति मेरो रित्तै
- बूढी पोइला छोरो कतार बुढाबाजेलाई बिहेको हतार
- काम पाइनस छोरो टायर बाल
- भोट के मा मासु र भातमा ।
- भ्यालेन्टाइनमा गर्ल प्रुेन्डलाई इमेल पठाएको कम्प्युटर नै ह्याङ्ग भो ।
- लौका खाएँ फसर्ि खाएँ झुसे करेला
- किन्ने बेलामा साइकल ४८ सय बेच्ने बेलामा ८ रुपैयाँ किलो
- बाह्र वर्ष कुकुरको पुच्छार ढुंग्रोमा हालेको ढुंग्रै बाङ्गेछ
- भिरबाट लड्न लागेको गोरुलाई धकेल्न सकिन्छ तर काँध थाप्न सकिन्न
- न काम न काज ब्याक लाएपनि के लाज
- नेपालका नगरबस हर्नबाहेक सबै कुरो बज्छ
- घाउको पाप्रा र गोबरको थाप्रा कोट्याउनु हुँदैन
- हुने बिरुवाको चिल्लो पात सुर्ति खानेको गन्हाउने हात
- सपनामा भुत आएको ओच्छ्यानमै मुत आएको
- बूढी पोइला गइ सोध्दै नसोधी
- नारी आउँदा चेपारो पारी जाँदा बंगारा झारी
- खाने बेलामा घिन नसम्झनु सुत्ने बेलामा ऋण
एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी, बहिनी, चेली उहि, एउटा खाली पाना ।
la bro daami yar !!!! I remember the days when you use to say this is "New Release"
ReplyDeleteGood luck
Tej nath Lamichhane
Very funny! Every proverb is modified in an excellent way.
ReplyDelete