Skip to main content

भुकम्प उखान

  • भुकम्पको बेलामा, हरियो काँक्रो
  • बोल्नेको स्वर सुनिन्छ, नबोल्ने ट्वालेटमा थुनिन्छ
  • बाँदरको पुच्छार भुकम्पका बेलाँ, लौरो न हतियार
  • अनिकालमा बिउ जोगाउनु, भुँइचालोमा जिउ जोगाउनु
  • जाँड खाएर पहिल्यै हल्लेकालाई, भुकम्पले हल्लाउन सक्दैन
  • सुत बुढी घर भत्केनी के भो त, हामी भाडामा बस्या मान्छे
  • आच्छ्यु खाएँ बाच्छ्यु खाएँ झारे भुकम्प
  • कागलाई भुकम्प, आयो हर्ष न बिस्मात
  • काम पाइनस् छोरो भुकम्प आएका बेलामा फेसबुक चलाएर बस
  • कसैलाई केको हतार कसैलाइ केको हतार भुकम्प आउँदा ज्वाइलाई दक्षिणा लिनकै हतार
  • आफ्नो घर भत्केको देख्दैन, अर्काको पर्खाल चक्र्यो रे
  • खाइ न पाइ मध्यरातमा भुकम्प आइ
  • भाग्ने मान्छेलाई भुकम्पले छेक्दैन, ठोक्कियो भने आँखा देख्दैन
  • जुन भुकम्प आएपनि, भित्तै चिरिएका
  • नहल्लाउने भुकम्पको सय झड्का
  • भुकम्पको जात्रा, सातो खाने ब्यापार
  • मुखमा रामराम काठमाडौंको गल्ली, न यता जाम न उता जाम
  • लोग्ने स्वास्नीको झगडा, भुकम्प आएपछि बिरामी पनि तगडा
  • सुनारको सय चोट, भुकम्पको एक चोट
  • लहरो तान्दा पहरो खस्छ, भुकम्प आउँदा खाटामुनी बस्छ
  • रोटी चिल्ला मिठा कुरा खस्रा मिठा, भुकम्प सारै नमिठा
  • साँझभरी करायो, रातभरी भुकम्प हरायो 
  •  नलुकौं दिनभरीको शिकार भागौं भने मरेका कान्छा बाउको अनुहार
  • भुकम्प आयो भुकम्प आयो फुस्सा

    Save yourself and save others from Earthquake...Some useful links
  • http://himalkhabar.com/news.php?id=3894
  • http://www.earthquake-nepal.com/
  • http://earthquake.usgs.gov/earthquakes/world/?regionID=38
  • http://safety.lovetoknow.com/Earthquake_Safety_Precautions

Comments

  1. धन्यबाद,निक्कै माजो लाग्यो है पढेर |
    यसो थपथाप गरिदिएँ -
    जे पनि हल्लिने के चाल हो भनेको त भूइंचालो पो रहेछ |
    कहिले सासुको पालो,कहिले बुहारीको पालो, छोराले पालो पाउँदा यत्रो ठुलो भूइंचालो |

    ReplyDelete
  2. Chaitanaya jee, Tapele Thapepachhi sabae pura vo :)Thanks to Keshav jee as well.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...