- भुकम्पको बेलामा, हरियो काँक्रो
- बोल्नेको स्वर सुनिन्छ, नबोल्ने ट्वालेटमा थुनिन्छ
- बाँदरको पुच्छार भुकम्पका बेलाँ, लौरो न हतियार
- अनिकालमा बिउ जोगाउनु, भुँइचालोमा जिउ जोगाउनु
- जाँड खाएर पहिल्यै हल्लेकालाई, भुकम्पले हल्लाउन सक्दैन
- सुत बुढी घर भत्केनी के भो त, हामी भाडामा बस्या मान्छे
- आच्छ्यु खाएँ बाच्छ्यु खाएँ झारे भुकम्प
- कागलाई भुकम्प, आयो हर्ष न बिस्मात
- काम पाइनस् छोरो भुकम्प आएका बेलामा फेसबुक चलाएर बस
- कसैलाई केको हतार कसैलाइ केको हतार भुकम्प आउँदा ज्वाइलाई दक्षिणा लिनकै हतार
- आफ्नो घर भत्केको देख्दैन, अर्काको पर्खाल चक्र्यो रे
- खाइ न पाइ मध्यरातमा भुकम्प आइ
- भाग्ने मान्छेलाई भुकम्पले छेक्दैन, ठोक्कियो भने आँखा देख्दैन
- जुन भुकम्प आएपनि, भित्तै चिरिएका
- नहल्लाउने भुकम्पको सय झड्का
- भुकम्पको जात्रा, सातो खाने ब्यापार
- मुखमा रामराम काठमाडौंको गल्ली, न यता जाम न उता जाम
- लोग्ने स्वास्नीको झगडा, भुकम्प आएपछि बिरामी पनि तगडा
- सुनारको सय चोट, भुकम्पको एक चोट
- लहरो तान्दा पहरो खस्छ, भुकम्प आउँदा खाटामुनी बस्छ
- रोटी चिल्ला मिठा कुरा खस्रा मिठा, भुकम्प सारै नमिठा
- साँझभरी करायो, रातभरी भुकम्प हरायो
- नलुकौं दिनभरीको शिकार भागौं भने मरेका कान्छा बाउको अनुहार
- भुकम्प आयो भुकम्प आयो फुस्सा
Save yourself and save others from Earthquake...Some useful links
- http://himalkhabar.com/news.php?id=3894
- http://www.earthquake-nepal.com/
- http://earthquake.usgs.gov/earthquakes/world/?regionID=38
- http://safety.lovetoknow.com/Earthquake_Safety_Precautions
प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?

Nice
ReplyDeleteधन्यबाद,निक्कै माजो लाग्यो है पढेर |
ReplyDeleteयसो थपथाप गरिदिएँ -
जे पनि हल्लिने के चाल हो भनेको त भूइंचालो पो रहेछ |
कहिले सासुको पालो,कहिले बुहारीको पालो, छोराले पालो पाउँदा यत्रो ठुलो भूइंचालो |
Chaitanaya jee, Tapele Thapepachhi sabae pura vo :)Thanks to Keshav jee as well.
ReplyDelete