भुकम्प उखान

  • भुकम्पको बेलामा, हरियो काँक्रो
  • बोल्नेको स्वर सुनिन्छ, नबोल्ने ट्वालेटमा थुनिन्छ
  • बाँदरको पुच्छार भुकम्पका बेलाँ, लौरो न हतियार
  • अनिकालमा बिउ जोगाउनु, भुँइचालोमा जिउ जोगाउनु
  • जाँड खाएर पहिल्यै हल्लेकालाई, भुकम्पले हल्लाउन सक्दैन
  • सुत बुढी घर भत्केनी के भो त, हामी भाडामा बस्या मान्छे
  • आच्छ्यु खाएँ बाच्छ्यु खाएँ झारे भुकम्प
  • कागलाई भुकम्प, आयो हर्ष न बिस्मात
  • काम पाइनस् छोरो भुकम्प आएका बेलामा फेसबुक चलाएर बस
  • कसैलाई केको हतार कसैलाइ केको हतार भुकम्प आउँदा ज्वाइलाई दक्षिणा लिनकै हतार
  • आफ्नो घर भत्केको देख्दैन, अर्काको पर्खाल चक्र्यो रे
  • खाइ न पाइ मध्यरातमा भुकम्प आइ
  • भाग्ने मान्छेलाई भुकम्पले छेक्दैन, ठोक्कियो भने आँखा देख्दैन
  • जुन भुकम्प आएपनि, भित्तै चिरिएका
  • नहल्लाउने भुकम्पको सय झड्का
  • भुकम्पको जात्रा, सातो खाने ब्यापार
  • मुखमा रामराम काठमाडौंको गल्ली, न यता जाम न उता जाम
  • लोग्ने स्वास्नीको झगडा, भुकम्प आएपछि बिरामी पनि तगडा
  • सुनारको सय चोट, भुकम्पको एक चोट
  • लहरो तान्दा पहरो खस्छ, भुकम्प आउँदा खाटामुनी बस्छ
  • रोटी चिल्ला मिठा कुरा खस्रा मिठा, भुकम्प सारै नमिठा
  • साँझभरी करायो, रातभरी भुकम्प हरायो 
  •  नलुकौं दिनभरीको शिकार भागौं भने मरेका कान्छा बाउको अनुहार
  • भुकम्प आयो भुकम्प आयो फुस्सा

    Save yourself and save others from Earthquake...Some useful links
  • http://himalkhabar.com/news.php?id=3894
  • http://www.earthquake-nepal.com/
  • http://earthquake.usgs.gov/earthquakes/world/?regionID=38
  • http://safety.lovetoknow.com/Earthquake_Safety_Precautions

Comments

  1. धन्यबाद,निक्कै माजो लाग्यो है पढेर |
    यसो थपथाप गरिदिएँ -
    जे पनि हल्लिने के चाल हो भनेको त भूइंचालो पो रहेछ |
    कहिले सासुको पालो,कहिले बुहारीको पालो, छोराले पालो पाउँदा यत्रो ठुलो भूइंचालो |

    ReplyDelete
  2. Chaitanaya jee, Tapele Thapepachhi sabae pura vo :)Thanks to Keshav jee as well.

    ReplyDelete

Post a Comment