Skip to main content

Posts

Showing posts from July, 2013

ढुङ्गामा वाङ्दीको मन

कसैको मन ‘ढुङ्गा’को भयो भने तपाईलाई कस्तो लाग्छ ? पक्कै दिक्क लाग्ला । तर डोल्पाका वाङ्दी गुरूङ ठट्यौंलो पारामा भन्छन, ‘म त ढुङ्गाको मन पाएपनि कुँदेर राम्रो बनाईदिन्छु ।’ हुन पनि हो, उनको कुरामा दम थियो । ढुङ्गामा विभिन्न आकृति कोर्ने उनको यात्रा सुरूभएको पनि  तेह्र वर्ष नाघिसकेछ । बाह्र शिशिर काठमाडौंमा ढुङ्गा खोपेर उनी बन्दीपुर पसे । शहर देखि दिक्क परेका उनी गाउँमा रम्ने मन लिएर यहाँ आएको पनि सात महिना भइसकेछ । मौका मिलेको दिन टुरिष्ट गाइड बनेर बन्दिपुर पनि घुम्छन उनी । नभए बजारको एक कुनामा टुकटुक–टुकटुक आवाज निकालदै ढुङ्गामा विभिन्न आकृति कुँदिरहेका भेटिन्छन् । ‘विदेशीले मन पराए भने राम्रै पैसा हालेर किन्छन्’ कालो चश्म निकाल्दै गुरुङले भने, ‘दुई चारसय हात परिहाल्छ ।’ उनको यो कला केही मात्रामा गाउँमै पनि बिक्ने गरेको छ । ‘के कुँद्नु हुन्छ त ?,’ प्रश्न सुन्ने बित्तिकै उनका व्यस्त हातले फुसर्द पाए । ‘ऊँ मान पेमी हुँम’ उनले छोटो उत्तर फर्काउदै भने, ‘प्राय बुद्धको चित्र बनाउँने हो, शान्ति चिन्ह हो नी त ।’ पर्यटकको घुँइचो लाग्ने याम उनको व्यापार पनि राम्रो हुन्छ । राम्रै आम्दान...

देउरालीकी दराई शिक्षिका

भवसागर घिमिरे उनकै घर छेउका साना भाइबहिनी ५ मिनेट हिडेपछि कन्यादेवी प्राविमा पुग्छन् । गोरखाको देउराली गाविसमा रहेको यो प्राविमा उनलाई पुग्न भने १५ मिनेट लाग्छ । म कुरा गर्दैछु, शिक्षिका चन्द्रमाया दराईको । २६ वर्षकी उनलाई २०५० सालमा  बसले ठक्कर दियो । धानकुट्न मिलतिर जाँदै गर्दा दुर्घटनामा परेकी उनको दायाँ खुट्टा काम नलाग्ने भयो । ‘अहिले कृत्रिम खुट्टा राखेको छु,’ उनले भनिन्, ‘बिस्तारै हिडडुल गर्न हुन्छ ।’ देउराली गाविसमा जम्मा ७ घर दराई परिवार छन् । यो लोपउन्मुख जातिको मुख्य पेशा कृषि हो । उनीहरूको आर्थिक अवस्था निक्कै कमजोर छ । कमजोर आर्थिक अवस्थाको बाबजुत चन्द्रमायाले आफ्नो जातिमै पहिलो पटक २०६१ मा एसएलसी पास गरिन् । गाविसको दराई जातिमा एसएलसी पास गरेकी एकमात्र विद्यार्थी उनलाई एसएलसीको नतिजाले खुसी बनाए पनि घरको कमजोर आर्थिक अवस्थाले भने निक्कै दुखायो । ५ दिदीबहिनी बीचकी कान्छी छोरी उनले बल्ल तल्ल क्याम्पस टेकिन् । तर, तनहुँको आँबुखैरानीमा रहेको क्याम्पस पुग्न उनलाई त्यत्ती सजिलो भने थिएन् । देउराली गाविसको गोप्लिङ्गबाट सामान्य मान्छे दस मिनेटमा राजमार्ग पुग्न सक्छ । कमज...

कीर्तिपुरको यातायात

तपाइको समस्याको समाधान हामी खोज्छौं । समस्या: समस्याको जालोमा छ कीर्तिपुरको यातायात सेवा । न बजारबाट सहज रूपमा कीर्तिपुर जान सकिन्छ न कीर्तिपुर बाट बजार । कार्यलय चल्ने र छुट्ने समय विहान र साँझ परेपछि त गाडीभित्रका मान्छे र गुन्द्रुकमा फरक सायदै होला । साँझमा बाटैमा अलपत्र परिने समस्यापनि नआउला भन्न सकिन्न । या गाडी पाईदैन, पाएपनि खुट्टा राख्ने ठाउँहुँदैन् । सिट पाउने त भाग्यमानी नै हुन । समाउने डण्डीमात्र उक्कियो भने झुण्डेका मान्छे विद्यार्थी नेताहरूले राजनीतिक कुरामात्र ध्यान दिन्छन् । विद्यार्थीका यस्ता समस्यामा चासो राख्दैनन् । व्यवसायीहरू पनि व्यापारमा मात्र चाख राखेर सेवामा कम चासो दिए जस्तो पाइएको छ । सहज  रूपमा यात्रा गर्न कहिले पाइएला ?

पर्यटन बिस्तारमा बन्दिपुर

बन्दिपुर घुम्न आउने पर्यटकको संख्या बढ्न थालेपछि होटल थपिने र बिस्तार हुने काम तिब्र बनेको छ । हालसालै होटल गाउँघरले सेवा बिस्तार गर्ने क्रममा भवनको तल्ला थपेको छ ।  नेवा छेँ ले स्वरूप नयाँ बनाएको छ । होटल चौतारी, मगर भिलेज एण्ड रिसोर्ट नयाँ थपिएका छन् । बन्दीपुर भिलेज रिसोर्ट, हिल हेभेन, पिया होटल, नेवाः खाजा घरले पनि कोठा बिस्तार गरेका छन् । गाविसकै मोहरीयामा पनि लजको लागि नयाँ भवन थपिदै छन् । गाउँकै पुरानो मध्येको एक बन्दिपुर माउन्टेन रिजोर्टले टुडीखेल छेउमा नयाँ भवन बनाउँदै छ । पर्यटन आगमनको मुख्य समय आउँदो भदौं र असोजका लागि लक्षित गरेर सो भवन तयार गर्न लागिएको हो । ‘२४ कोठाको भवन अबको लगभग तीन महिनामा रेडि हुँदैछ,’ माउन्टेन रिजोर्टका आवास प्रबन्धक वैश गुरूङ भन्छन्, ‘प्री बुकिङ पनि धमाधम भइरहेको छ ।’ उनका अनुसार गएको चैत र यो महिना होटलका ८० प्रतिशत कोठा भरिभराउ थिए । आउँदो सेप्टेम्बर अक्टुबरका लागि ५० प्रतिशत कोठा बुक भैसकेका छन् । कोठा नपुगेर ग्राहक धेरै पटक फर्काएको उनी बताउँछन् । ‘कहिले काहीँ त आन्तरिक पर्यटकको फ्लो पनि यत्ति बढ्छकी धान्नै सकिँदैन,’ गुरूङ भन्छन्, ‘...

मेरो भविष्य उसको हातमा छ

प्रसंग यहाँबाट सुरु हुन्छ । कास्की जिल्लाको घाचोक गाविस । गत असारको महिना । कच्ची सडक । म पोखरा फर्कनको लागि मामा घरको आँगन छेउमै बस कुर्दैथिएँ । केहि बेरमा बस आएर रोक्कियो । टाटा कम्पनीको जम्बो बसमा खचाखच मान्छे भरिएको थियो । हतार हतार गाडी चढेँ । ‘नमस्कार सर,’ भित्र पस्ने बित्तिकै स्टेरिङबाट दुबै हात उठाएर उ मलाई हेरिराखेको थियो । म उसलाई हेरेरको हेरेइ भएँ । मैले स्कुल पढाउने बेलामा यो रविन क्षेत्री (नाम परिवर्तन) कक्षा ६ को विद्यार्थी थियो । मैले नमस्कार फर्काएँ । उ हल्का हाँस्यो र फेरी अगाडी फर्केर गाडी बढाउन थाल्यो । झरीको महिना । जिपले खोलो तर्न नसकेर हिजो फक्र्यो रे भन्ने हल्ला पनि बसमा थियो । ‘बाबु भित्ता भित्ता लैजाउ है,’ बसमा बुढीआमै रविनलाई भन्दै थिइन्, ‘भिर देख्यो कि आंङै सिरिङ्ग हुन्छ ।’ यी आमै देखेर मेरी फूपू दिदीको सम्झना आउथ्यो । उनी भन्थिन, ‘दुई घण्टा हिडेर बजार पुगिहालिन्छ, मुन्छेहरू तीन घण्टा मोटर कुरेर बस्छन् । देउताले दिएको मुन्छेको गोडाको त भर हुन्न, मोटरका पांग्राको के भर ? कुन बेला कुन भिरबाट फराल्छ अनि बर्बाद ।’ उनको आफ्नै खाले तर्क थियो । हुन पनि बस च...

सम्झना बिर्सना

म जीन्दगीको त्यो दिन कहिल्यै भुल्न सक्दिन जुन दिन सरकारी विद्यालयको वार्षिक शुल्क नबुझाएको भन्दै सात कक्षाको परिक्षा चल्दै गर्दा मलाइ हलबाट बाहीर पठाइयो । घरको  चुल्हो प्राय चिसो भैरहने हुँदा म आमा बाबु सामु मुख फोड्न सक्दैनथे त्यसबेला । त्यसैले एकान्तमा बसेर रुन्थे पनि । यसै गरि मेरा दाजु दीदी पनि कुना फर्केर रोएका यादहरु अझै ताजै छन मेरा मष्तिसकमा । भाइ बैनी पनि यो समस्याबाट अछुतो हुन सकेनन् त्यसबेला । खै के गरि विते ति स्कुलका दिनहरु जसले धन्नै मलाइ क्याम्पसको गेटसम्म ओरालेर गए । सँगसँगै धेरै प्रेरण मुलक पाठहरु पनि पढाए तिनले । त्यो बेला कुरकुरे वैष आएको र गएको पनि पत्तै पाइन भन्दा म गलत हुन्न जस्तो लाग्छ ।