Skip to main content

देउरालीकी दराई शिक्षिका


भवसागर घिमिरे

उनकै घर छेउका साना भाइबहिनी ५ मिनेट हिडेपछि कन्यादेवी प्राविमा पुग्छन् । गोरखाको देउराली गाविसमा रहेको यो प्राविमा उनलाई पुग्न भने १५ मिनेट लाग्छ । म कुरा गर्दैछु, शिक्षिका चन्द्रमाया दराईको । २६ वर्षकी उनलाई २०५० सालमा  बसले ठक्कर दियो । धानकुट्न मिलतिर जाँदै गर्दा दुर्घटनामा परेकी उनको दायाँ खुट्टा काम नलाग्ने भयो । ‘अहिले कृत्रिम खुट्टा राखेको छु,’ उनले भनिन्, ‘बिस्तारै हिडडुल गर्न हुन्छ ।’
देउराली गाविसमा जम्मा ७ घर दराई परिवार छन् । यो लोपउन्मुख जातिको मुख्य पेशा कृषि हो । उनीहरूको आर्थिक अवस्था निक्कै कमजोर छ । कमजोर आर्थिक अवस्थाको बाबजुत चन्द्रमायाले आफ्नो जातिमै पहिलो पटक २०६१ मा एसएलसी पास गरिन् । गाविसको दराई जातिमा एसएलसी पास गरेकी एकमात्र विद्यार्थी उनलाई एसएलसीको नतिजाले खुसी बनाए पनि घरको कमजोर आर्थिक अवस्थाले भने निक्कै दुखायो ।
५ दिदीबहिनी बीचकी कान्छी छोरी उनले बल्ल तल्ल क्याम्पस टेकिन् । तर, तनहुँको आँबुखैरानीमा रहेको क्याम्पस पुग्न उनलाई त्यत्ती सजिलो भने थिएन् । देउराली गाविसको गोप्लिङ्गबाट सामान्य मान्छे दस मिनेटमा राजमार्ग पुग्न सक्छ । कमजोर खुट्टाका कारण उनलाई भने त्यही बाटो पनि आधा घण्टा लाग्छ । ‘आधा घण्टा हिडेर मात्र हुँदैन्, दस मिनेट बस चढ्यो अनि फेरि १५ मिनेट हिडेपछिमात्र क्याम्पस पुगिन्थ्यो,’ उनले दुःखका दिन सुनाइन् । फर्कदा पनि उनको व्यथा उनकै साथमा हुन्थ्यो । शिक्षा विषयमा प्रविणता प्रमाणपत्र पढेकी उनले पहिलो वर्षको एउटा विषय अझै कटाउन सकेकी छैनन् ।  ‘के गर्नु, जाउँ आउँ गाह्रो छ, घरमा बसेर घोटीएर मात्र भएन,’ उनी भन्छिन्, ‘सोधखोज गरेर पढुँ भने आफू हिड्न सक्दिन् ।’

घरको कमजोर आर्थिक अवस्था र कमजोर शारीरिक अवस्थाका कारण उनले पढाइलाई राम्ररी अगाडि लैजान सकिनन् । तर यो साल भने पास भएरै छाड्ने उनको लक्ष्य छ । आफ्नो पढाईलाई समयमै अगाडि लैजान नसकेपनि स्कुले केटाकेटीलाई भने परिक्षामा धेरै अगाडी पु¥याएकी छिन् उनले ।
स्कुलको अस्थाइ जागिर थालेको असोजमा एक वर्ष पुग्यो । उनलाई विद्यालयले मासिक २ हजार दिने सर्तमा निजि श्रोतमा राखेको हो । देउरालीको यो प्राविमा जम्मा २८ जना विद्यार्थी अध्ययनरत छन् । १ देखि ३ कक्षा सम्मको पढाइ हुन्छ । नेपाली र सामाजिक शिक्षा पढाउँने उनले आफू यसैमा रमाएको बताईन् ।
चन्द्रमाया निक्कै मेहनती भएको विद्यालयका प्रधानअध्यापक नानीबाबु खड्का बताउँछन् । ‘उनलाई मैले यहि स्कुलमा तीन सम्म पढाएको हुँ,’ खड्काले हँसिलो मुद्रामा भने, ‘अहिले यहि विद्यालयमा शिक्षीक बनेर आउँदा खुसी छु ।’
दुर्घटनामा चन्द्रमायाले खुट्टा गुमाउँदा निक्कै  दुखित बनेका स्थानिय थिरबहादुर दराई पनि अहिले खुसी देखिन्थे । ‘उ बेला के गरेर खाली भन्ने पिर थियो,’ उनले भने, ‘लेखपढ गराएपछि केही न केही राम्रो हुँदो रै’छ ।’
चन्द्रमाया पनि शिक्षक पेशाले दुइचार पैसा जुरेकोमा खुसी छिन् । उनी भन्छिन्, ‘साना नानीहरूलाई पढाउन पाउँदा मनमा सन्तोक मिल्छ ।’
हुन त ‘जागिर कहिले सम्म पाइएला ?’ भन्ने प्रश्नले उनलाई कहिल्यै छाडेको भने छैन् । अस्थाइ श्रोतबाट जागिरे भएकाले कुन दिन जागिर पनि सकिने हो की भन्ने चिन्ताले उनलाई सताएको रहेछ ।
लोपउन्मुख जाति त्यसमाथि अपांग । ‘सरकार वा कुनै संघसंस्थाको सहयोगमा जागरि स्थाई बनाइदिन सके राम्रो हुन्थ्यो,’ देउराली पर्यटन विकास समितीका अध्यक्ष्य विष्णु बुढाथोकी भन्छन्, ‘उनलाई उत्साह र अवसरको निक्कै खाँचो छ ।’

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...