Skip to main content

ढुङ्गामा वाङ्दीको मन

कसैको मन ‘ढुङ्गा’को भयो भने तपाईलाई कस्तो लाग्छ ? पक्कै दिक्क लाग्ला । तर डोल्पाका वाङ्दी गुरूङ ठट्यौंलो पारामा भन्छन, ‘म त ढुङ्गाको मन पाएपनि कुँदेर राम्रो बनाईदिन्छु ।’
हुन पनि हो, उनको कुरामा दम थियो । ढुङ्गामा विभिन्न आकृति कोर्ने उनको यात्रा सुरूभएको पनि  तेह्र वर्ष नाघिसकेछ । बाह्र शिशिर काठमाडौंमा ढुङ्गा खोपेर उनी बन्दीपुर पसे । शहर देखि दिक्क परेका उनी गाउँमा रम्ने मन लिएर यहाँ आएको पनि सात महिना भइसकेछ ।
मौका मिलेको दिन टुरिष्ट गाइड बनेर बन्दिपुर पनि घुम्छन उनी । नभए बजारको एक कुनामा टुकटुक–टुकटुक आवाज निकालदै ढुङ्गामा विभिन्न आकृति कुँदिरहेका भेटिन्छन् । ‘विदेशीले मन पराए भने राम्रै पैसा हालेर किन्छन्’ कालो चश्म निकाल्दै गुरुङले भने, ‘दुई चारसय हात परिहाल्छ ।’ उनको यो कला केही मात्रामा गाउँमै पनि बिक्ने गरेको छ ।
‘के कुँद्नु हुन्छ त ?,’ प्रश्न सुन्ने बित्तिकै उनका व्यस्त हातले फुसर्द पाए । ‘ऊँ मान पेमी हुँम’ उनले छोटो उत्तर फर्काउदै भने, ‘प्राय बुद्धको चित्र बनाउँने हो, शान्ति चिन्ह हो नी त ।’
पर्यटकको घुँइचो लाग्ने याम उनको व्यापार पनि राम्रो हुन्छ । राम्रै आम्दानी भयोभने महिनाको दश हजार सम्म हात पर्ने उनले बताए । ‘बन्दीपुरकै स्लेटमा चित्र कुँद्छु,’ उनी भन्छन् ,‘एउटालाई तीनसय देखि माथि पर्छ ।’

आफूलाई काम गर्न उत्साह थप्ने यहाँका मान्छे देखि उनी निक्कै खुशी छन् । कलाले सबैलाई नजिक बनाउने उनको अनुभवले बताउँछ । ‘सञ्चै भनेर सोध्छु, मुसुक्क हाँस्छु, सबैले राम्रो मान्छन्,’ गुरूङले फूलझै हाँस्दै भने, ‘फूलको आँखामा फूलै संसार हैन त ?’
किन नहुनु ? ढुङ्गामा जीवन देख्ने उनले मीठा कुरा गरे । अबको बाँकी जीवन पनि उनी यसैमै रम्न चाहन्छ । लोकले खाली ढुङ्गा, नपुज्ला तर देउता कुँद्यो भने जुगौं पुज्ने उनको विश्वास छ । ‘अब त सध्धै यही काम हो’ छुट्ने बेला उनले भने, ‘बरू सासले छोड्ला तर म यो काम कहिल्यै छोड्दिन ।’

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...