Skip to main content

सम्झना बिर्सना

म जीन्दगीको त्यो दिन कहिल्यै भुल्न सक्दिन जुन दिन सरकारी विद्यालयको वार्षिक शुल्क नबुझाएको भन्दै सात कक्षाको परिक्षा चल्दै गर्दा मलाइ हलबाट बाहीर पठाइयो । घरको  चुल्हो प्राय चिसो भैरहने हुँदा म आमा बाबु सामु मुख फोड्न सक्दैनथे त्यसबेला । त्यसैले एकान्तमा बसेर रुन्थे पनि । यसै गरि मेरा दाजु दीदी पनि कुना फर्केर रोएका यादहरु अझै ताजै छन मेरा मष्तिसकमा । भाइ बैनी पनि यो समस्याबाट अछुतो हुन सकेनन् त्यसबेला । खै के गरि विते ति स्कुलका दिनहरु जसले धन्नै मलाइ क्याम्पसको गेटसम्म ओरालेर गए । सँगसँगै धेरै प्रेरण मुलक पाठहरु पनि पढाए तिनले । त्यो बेला कुरकुरे वैष आएको र गएको पनि पत्तै पाइन भन्दा म गलत हुन्न जस्तो लाग्छ ।


त्यस्तै छप्पन्न सालताका पृथ्वी नारायण क्याम्पस पोखरामा प्रविणता प्रमाण पत्र तहको भौतीक शास्त्रमा भर्ना हुन पुगेको म भर्खर पन्ध्र वर्ष मात्र टेकेको थिए । क्याम्पसको खर्च धान्नको लागि मैले दाजु, दीदी ले झै विहान बेलुकी स्कुले भाइबैनीहरुलाइ ट्युसन पढाउनुको वीकल्प थिएन । यसमा मलाइ कुनै गुनासो पनि छैन । मेरा सर्कलमा धेरै साथीहरु थिए जो गाउँबाट खाली पकेट लिएर पढ्नका लागि पोखरा झरेका थिए । जस मध्य केहि तरकारी बेच्नका लागि बजारमा ठेलागाढा धकेल्दथे, पत्रीका बेच्नका लागि केहि साथीहरु साइकल कुदाउँदथे थे त केही म जस्तै ट्युसन पढाउने गर्दथे । आफुले काम गरेर खर्च चलाउनु परेपछि एक रुपैयाँको पनि कत्तिको महत्व हुँदो रहेछ मैले त्यसैबेला थाहा पाएको थिए ।
उबेला काम र पढाइ सँगसँगै लग्दा व्यस्त पनि भइन्थ्यो । व्यस्तताले गर्दा कुलतमा लाग्ने सम्भावना पनि रहदैनथ्यो । वीहान स्वअध्यन, दिनमा कलेज, साँझ ट्युसन, छुट्टीको समयमा सामाजीक संगसंस्थाहरुका कार्यक्रममा भाग लिनु, यसै गरि प्रवीणता प्रमाणपत्र तह सकीयो । त्यसताका प्रत्येक रात सुत्नु अघि एकघण्टाको समय उपन्यास, कथा, कविता आदीका कीताबहरु पढ्ने बानी परि सकेको थियो । पहिला पहिला क्याम्पसमा शोखको लागी लाइब्रेरी चाहर्ने मेरो बानी स्नातकमा गएर लतमा परिवर्तन भइसकेको थियो । जति ज्ञानको गहिराइमा पुग्न खोज्यो उति अज्ञानी भएको महसुस हुँदो रहेछ भन्ने मैले उबेला पहिलो पटक थाहा पाएको थिए । स्नातकको पढाइका क्रममा भने विभिन्न सामाजीक क्रीयाक्लापहरुमा आफुलाइ धेरै भिजाउन पाए । काम र पढाइ सँगसँगै लैजाँदा भोलि केहि राम्रो काम गर्न सक्छु भन्ने आत्मविश्वास पनि मनमा बढ्दै गयो । मेहनत, जाँगर पनि बटुल्दै गएँ । समयको उच्चतम सदुपयोग सँगै स्नातकमा पनि सफलता हात पारे । मेरा सफलताका पछाडी आफ्नो मेहनत त छँदै थियो तर सँग सँगै मेरो परिवार, मेरा गुरु तथा गुरुआमाहरु, अन्य अग्रजहरु लगायत सहपाठीहरुको म सदा ऋणी भएको छु । यस बेला विद्यालयका गुरुहरु श्याम पन्त, स्व.हरि अधिकारी तथा गुरुआमा स्व विष्णु गुरुङ्ग, क्याम्पसका प्राध्यापकहरु बी.के.झाँ, नवीन अधिकारी लगाएतका सम्पुर्णमा श्रद्धाले सधै मेरो शीर नीहुरिन्छ ।
विद्यालयबाट बामे सर्दै स्नातक सम्म आफ्नै घरपाइमै पढ्न पाएँ । सधै व्यस्तता र एउटै खालको दिनचर्याले मेरो मनस्थिति कुञ्जिएको भान भइरहेको थियो । स्नातकोत्तर पढ्दा भने पढाइलाइ मात्र प्रांथमीकता दिने सोच लिएर बैसठ्ठीताका कीर्तिपुर, काठमाण्डौं पसेको थिए र्। वीज्ञानको पढाइ, मान्छेको पेलाइ’ भन्ने चलन थियो त्यत्ती बेला सम्म पनि । साँच्चैनै यो विषयले म साह्रै गलत्त परिसकेको थिए । सामाजीक संघसंस्थामा काम गर्न थालेको दिन देखि मलाइ सामाजीक मुद्धाहरुमा बढी चाख लाग्न थालेको थियो । काठमाण्डौंमा मेरा अधिकांश सहपाठीहरु स्नातकोत्तरमा बिज्ञानबाट विषय परिवर्तन गरि अर्थशास्त्र पढ्न थालेकाले मलाइ पनि सामाजीक बिज्ञान न हो भनि चित्त बुझाउँने बाटो भयो । अर्थशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा निक्कै मेहनत साथ पढ्न सुरु गरियो  । प्रथम वर्षसम्म त बल्ल तल्ल पढाइलाइ मात्र प्राथमिकता दिन सकें । तर नानी देखि लागेको बानी भनौं या के भनौं द्धितीय वर्षमा पढाइ मात्र भनेर बस्न मनले मानेन । मन मील्दो जागीर पाएपछि, दिनमा जागिर विहान बेलुकी पढाइ, घुम्दै फीर्दै रुम्झाटार । यस्तै गर्दै द्धीतिय वर्ष सकीयो । स्नातकोत्तरमा पनि रिजल्ट राम्र्रै भो ।

उबेला अत्ति व्यस्त हुनु पर्दा एक मन त जीन्दगीले मलाइ पिल्साएको अनुभव भएको थियो । तर जीन्दगी सहि थियो मेरो सोचाइ मात्र गलत । आज आएर मैले बुझ्दै छु यो कुरा ।  सफलताको बाटो पहिलाउँन सहज यात्राको कल्पना गर्नु सपना मात्र हो रै’छ । मलाइ थाहा छ म अझ धेरै पील्सन बाँकी छ, कामले, बिचारले र ज्ञानले । त्यो बस्तु मात्र हीरा बन्न सक्छ जसले धेरै राप र चाप सहन्छ । हामी सबै हिरा बन्ने प्रयत्न गर्नु पर्छ । भोगाइमा भन्नु पर्दा क्याम्पस जीवन एउटा तपस्या हो जस्तो लाग्यो । जो सहनशील भएर लागिपर्छ उसले ज्ञान हाँसील गर्छ । खट्टिन नसक्नेहरु पाखा लाग्छन, तपस्याबाट र सफलताबाट ।

भवसागर घिमिरे
(२००९ नोवेम्बेर)

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...