भवसागर घिमिरे 'खुशीको आँशु के हो केहि थाहा थिएन' यसपाली एसएलसी पास गरेका घरेलु श्रमिक कविराज लामाले सोमबार भने, 'आजै बिहान झर्यो ।' डुकुछाप ललितपुरका १७ वर्षो लामा घरको कमजोर आर्थिक अवस्थाका कारण ८ वर्षअघि राजधानी झरे । कुपण्डोलको एक घरमा काम गर्दै नजिकैको प्रगति शिक्षा सदन माविमा पढ्न थाले । २०५८ मा बाबा बितेपछि उनलाई थप ठूलो चोट पर्यो । 'गाउँमा खानलाउन गाह्रो भएपछि आमा र भाइबहिनी पनि यही आए' लामाले भने, 'सबैले फरक फरक घरमा काम गर्न थाल्यौं ।' उनकी कान्छी बहिनी भोटेबहालको घरमा काम गर्छन। मानसिक अवस्था कमजोर भएकी माइली दिदी र भाई आमासँगै सानेपा, काठमाडौं बस्छन् । राजधानीमा नै रहेका आफ्ना परिवारका सदस्यबाट टाढा बस्नुपर्ने उनको बाध्यता हो । बाध्यताकाबीच पढ्नु र बढनु उनको रहर ।
...A Blog By Bhabasagar