-भवसागर घिमिरे '९ः३० बजेको हुँदो हो, सडकमा छ जना आएका थिए। त्रिविले परिक्षा शुल्क बढाएको विरोधमा उनीहरूले नारा लगाए। दुईजनाले हातमा ड48डा नभएको झ48डा बोकेका थिए। १५ मिनेट भन्दै बाटो बन्द गरे। म बाइकमा अस्पताल जाँदै थिएँ। १५/१५ मिनेट भन्दाभन्दै आधा घ48टा हुन लाग्यो। सडकमा गाडीको निकै चाप भयो। सबै चालकले अटेर गरेर जान खोज्यौं। दुई चारजना अरू विद्यार्थी थपिए। म बाइक लिएर भाग्न खोज्दैथिएँ, मेरै आडैका दाइको नयाँ सिबिजेड बाइकमा उनीहरूले पेट्रोल छर्केर आगो लगाइदिए। मैले आफू र आफ्नो बाइक बल्लतल्ल जोगाएँ।' –सुदीप गुरूङ, गोल्डेन गेट एकेडेमी, काठमाडौ थापाथली क्याम्पस अगाडि सडकमा गुरूङले यो कुरा बताउँदै गर्दा उनको स्वरमा रिस मिसिएको थियो। आँखा र कान रात भएका थिए। उनको नजिकै जलिरहेका बाइक, साइकल, टेबल, कुर्चीको आगो सेलाइसकेको थिएन। मान्छेको भिडले विद्यार्थीका कर्तुतविरूद्ध चर्का नारा लगाइरहेको थियो। क्याम्पसको प्रवेशद्वार प्रहरीको कडा सुरक्षाभित्र घेरिएको थियो। 'आन्दोलनका नाममा जनताको बाइक जलाउने?,' आक्रोशित भिडबाट प्रहरीतर्फ हेरेर कराउँदै गरेका उदयराज सिवाकोटीले भने, '...
...A Blog By Bhabasagar