बाइक जलाइएपछि...

-भवसागर घिमिरे

'९ः३० बजेको हुँदो हो, सडकमा छ जना आएका थिए। त्रिविले परिक्षा शुल्क बढाएको विरोधमा उनीहरूले नारा लगाए। दुईजनाले हातमा ड48डा नभएको झ48डा बोकेका थिए। १५ मिनेट भन्दै बाटो बन्द गरे। म बाइकमा अस्पताल जाँदै थिएँ। १५/१५ मिनेट भन्दाभन्दै आधा घ48टा हुन लाग्यो। सडकमा गाडीको निकै चाप भयो। सबै चालकले अटेर गरेर जान खोज्यौं। दुई चारजना अरू विद्यार्थी थपिए। म बाइक लिएर भाग्न खोज्दैथिएँ, मेरै आडैका दाइको नयाँ सिबिजेड बाइकमा उनीहरूले पेट्रोल छर्केर आगो लगाइदिए। मैले आफू र आफ्नो बाइक बल्लतल्ल जोगाएँ।'
–सुदीप गुरूङ, गोल्डेन गेट एकेडेमी, काठमाडौ

थापाथली क्याम्पस अगाडि सडकमा गुरूङले यो कुरा बताउँदै गर्दा उनको स्वरमा रिस मिसिएको थियो। आँखा र कान रात भएका थिए। उनको नजिकै जलिरहेका बाइक, साइकल, टेबल, कुर्चीको आगो सेलाइसकेको थिएन। मान्छेको भिडले विद्यार्थीका कर्तुतविरूद्ध चर्का नारा लगाइरहेको थियो। क्याम्पसको प्रवेशद्वार प्रहरीको कडा सुरक्षाभित्र घेरिएको थियो।
'आन्दोलनका नाममा जनताको बाइक जलाउने?,' आक्रोशित भिडबाट प्रहरीतर्फ हेरेर कराउँदै गरेका उदयराज सिवाकोटीले भने, 'को हो त्यो? खुरूक्क बाहिर निकाल।'


हातमा हेलमेट झु्ण्ड्याएका धेरैले उनको कुरामा समर्थन जनाए। एकपछि अर्को गर्दै जम्मा भएका सर्वसाधारणले क्याम्पसमा ढुङ्गा हान्न थाले। क्रुद्ध भिडले मूल गेटबाट दक्षिणतिरको सानो गेट पनि भत्कायो। 'माथिको आदेश' पर्खिरहेका प्रहरीले गेट भत्किसकेपछि भने भिडलाई धकेलेर परसम्म पुर्याए।

'दश हजारको जागिर खाएर, महिना महिनामा जोडेको दुईदुई हजारले बाइक किनिन्छ,' नेपालगञ्जका सुशील क्षेत्रीले रिस पोखे, 'त्यो पनि बिनाकसुर जलाइदिने? पढ्न आएका हुन् कि उद्द48ड मच्चाउन?'

अर्का मोटरसाइकल चालक कान्तिपुर कलेजका विकास मल्लको रिस पनि क्षेत्रीको भन्दा कम थिएन। 'आफूलाई इञ्जिनियरिङ्ग कलेजका विद्यार्थी भन्छन्,' मल्लले भने, 'यस्ता इञ्जिनियरले कसरी देश बनाउँछन्?'

उनको आक्रोशसँगै भिडले क्याम्पस अगाडि रहेको खाद्य संस्थानका पर्खाल भत्काउन थाल्यो। अनि पर्खालका इट्टा बोकेर भटाभट क्याम्पसमा हान्न थाले। साथ दिन युवामात्र हैन केटाकेटी पनि अघि सरे।

क्याम्पसका भयालका सिसाहरू झर्यामझुरूम फुट्न थालेको हेर्ने प्रहरीलाई सायद अझै 'माथिको आदेश' आइपुगेको थिएन। पर्खाल खाद्य संस्थानको मात्र भत्केन, क्याम्पसको पनि भत्कन थाल्यो। भत्काउने मोटरसाइकल चालक र केही यात्रु थिए। केही भाग भत्किसकेपछि प्रहरीले फेरि हस्तक्षेप गरेर भिड भगायो। आक्रोशित भिड प्रहरीविरूद्ध गालीगलौजमा उत्रियो।

'बाइक जलाउन प्रहरीले रोक्न सक्थ्यो, तर रोकेन,' हातमा इट्टा बोकेका मनिष शर्माले भने, 'हामी लाचार छौं भने।' बाइक जल्न सुरू हुँदासम्म जम्मा चारजना प्रहरीमात्र त्यस स्थलमा भएको उनले बताए।
साढे १ बजे उपत्यका प्रहरीको १०० नम्बरमा कल गर्दा जम्मा १ जना घाइते भएको जानकारी दिइयो। एक प्रहरी जवानमात्र। 'तीनजना घाइतेलाई त प्रहरीले भ्यानमा हालेर लगेको थियो,' प्रत्यक्षदर्शी टेकुका प्रशान्त शर्माले भने, 'सडकमा जलेको बाइकका चालक पनि आन्दोलनकारीको पिटाइले घाइते भएका छन्।'

बिहान १० बजे सुरू भएको झडपमा यात्रुको बाइक जलेपछि भिड आक्रोशित भएको थियो। 'आक्रोशित सर्वसाधारणको भिडले क्याम्पस हाताभित्र रहेका केही बाइकमा तोडफोड गरेका छन्,' भित्रबाट पर्खाल नाघेर उम्कन सफल विद्यार्थी अर्जुन दाहालले भने, 'त्यही भिडले क्याम्पसभित्रको साइकल र टेबल कुर्ची सडकमा ल्याएर जलाएका थियो।'

क्याम्पस पढ्न आएका धेरै साथीहरू ११ बजेसम्म पनि भित्रै बसिरहेको उनले बताए। 'कोही पर्खाल नाघेर पछाडिबाट निस्के, केही निस्कनै सकेका छैनन्,' दाहालले हतासमा भने, 'बिचैमा परिन्छ कि भन्ने साह्रै डर लाग्यो। के हुन्छ के भर? प्रहरीले यत्रो भिड रोक्न सकेन भने त भित्र भएकाहरूको बिजोगै हुन्छ नि।'

विहानको साढे ११ बज्दासम्म स्थिति निकै तनावपूर्ण थियो। शैक्षिक क्षेत्रमा आन्दोलनका नाममा हुने आपराधिक प्रवृत्तिले धेरै मान्छे आक्रोशित थिए।

'जहिले पनि प्रहरी ढिलो आउँछ, दोषीहरू कि भागिहाल्छन्। पक्राउ परे पनि उनका माउ पार्टीले छुटाउँछन्,' प्रशान्तले क्याम्पसतिर हेर्दै भने, 'जलाउनेहरूलाई यहीँ समातेर ठिक पार्नुपर्छ।'

दोषीलाई भगाएको भन्दै मोटरसाइकल चालकहरूले बाइक तेर्साएर सडक अवरूद्ध पारेका थिए। क्याम्पस सुरू गरेको दुई महिना नबित्दै यस्तो तनाव देखेकी रोशनी घिमिरे दिक्क पर्दै थिइन्। माइतीघर म48डलाको एक छेउमा बसेर झडपतिर टोलाउँदै थिइन् उनी।

'कहिले के हुन्छ, कहिले के, दिक्क परियो,' आक्रोशित भिडले हानेका ढुङ्गाले चर्कदै गरेको क्याम्पस हेरेर घिमिरेले भनिन्,'यस्तो तालले कहिले पढेर पार लाउने?'
काठमाडौँ, चैत २८
रिसले चुर चालकहरू
क्याम्पस मथि इंटा प्रहार
जल्दै छ मेहनतहरू

Comments