अफ ट्र्यक बालमन्दिरमा कुनै बेला चर्चामा थियो शिक्षकहरू माझ । म त्यसको साधारण सदस्या थिएँ । २०६१ सालको कुरा हो । भण्डारी (श्रीमणी) सर अध्यक्ष हुनुहुन्थ्यो । लामाचौरबाट आउने राजु सर पनि सदस्य । उनी पनि साधारणतया दुब्ला नै भएकाले साधारण सदस्य मानिएको थियो । यदि कुनै सदस्य मोटाउन थाल्यो भने उ स्वत सदस्यताबाट खारेजीमा पथ्र्यो । बरु झन दुब्लाउँदै गयो भने उ आजिवन सदस्य हुने सम्भावना रहन्थ्यो । केन्द्रिय सदस्यामा पनि लड्न पाउथ्यो । हामी बीच यस्तै सल्लाह थियो जसको त्यतीबेला स्कुल भरि हल्ला थियो । शिक्षक भए पछि भलाद्मी हुनु पर्छ । गमक्क परेर बस्नु पर्छ । चश्मभन्दा माथिबाट आँखा पल्टाएर हेर्न पर्छ । चर्को बोल्न पर्छ र बोली पिच्छे कड्किनै पर्छ । रमाइलो गर्नु हुन्न । यस्ता कुरा हाम्रो कुनै पनि शब्दकोशमा थिएनन् । त्यसैले क्यान्टिनमा खिर खाँदा होस्, या चिया बे्रकमा हामी ठट्टा गथ्यौं, संगठन विस्तार गर्नुपर्छ हामी दुब्लाहरूले । हामी माझ दुई निक्कै अग्ला र बलिया आसेपासे थिए, विवेक र केशब । साथीहरू सहकर्मी उडाउन भनेपछि निक्कै खप्पिस । त्यसैले त माहोल निक्कै रमाइलो हुन्थ्यो । हरेक कक्षा सकिएपछि अर्क...
...A Blog By Bhabasagar