Skip to main content

फोन भन्दा कट्वालै पक्को



‘माफ गर्नु होला, तपाइँले सम्पर्क गर्नु भएको फोनमा सम्पर्क हुन सकेन...’ मोबाइलबाट यस्तो सुनेपछि अर्जुनचौपारी गाविस, ठूलेगाउँकी डिलमाया गुरुङलाई फोन नै हुर्याइदिउँ जस्तो हुन्छ । सिडिएमए फोनको यदि टावर टिपिहाल्यो भने पनि कुरा राम्ररी बुझिदैन । गाउँमै बेला बेलामा भैरहने रितीतिथी, सामाजिक
 कार्यक्रमबारे जानकारी दिन उनीहरूले सदाझै कट्वाल कान्छालाई गुहार्छन् । अनि त केही बेरमै गुफाडाँडाबाट डम्मर बहादुर बिकको तिखो स्वर सुनिन्छ, ‘सुन्नुस् हे साइबो गाउँमा आमासमुहको बैठक हुँदैछ...।’ उनी चिच्याए पछि वयस्कमात्र होइनन्, गाउँमा के हुँदैछ भन्ने कुराको जानकारी हरेक केटाकेटीले पनि राख्न सक्छन् ।
३१ वर्षे विकले गाविसको कट्वाल पेशा धानेको ४ वर्ष पुग्यो । यसअघि कट्वाल बसेका बृद्ध कुल बहादुर परियार बितेपछि उनले यो काम सम्हालेका हुन् ।



गाउँमा विवाह, वर्तबन्ध, बैठक जस्ता हरेक सूचना घोक्ने (चिच्याएर कराउने) गर्छन उनी । एक सूचना दिन उनीलाई गुफाडाँडा मात्र होइन, ठूले गाउँको बीच र खोलाडाँडाको उचाइमा पुग्न पर्छ उनी । यती गरेपछि ७ र ८ वडाका बासिन्दाले राम्ररी सूचना पाउन सक्छन् । यसका लागि उनले सामान्यतया दुई घण्टा खर्चिनु पर्छ । अर्को दिन बैठकमा पनि बस्नु पर्छ र फेरि निर्णय सुनाउन घोक्न जानु पर्छ । कहिले काहीँ त महिना भर पनि कुनै काम आइ पर्दैन उनलाई । ‘दैनिक ४÷५ वटा खबर घोक्न कुद्नु पर्ने दिन पनि आउँछ कहिले त,’ उनले भने । यतिका काम गरेबापत विकले के पाउँछन त ?
२ छोरा र २ छोरीका बाउ विक भन्छन्, ‘हरेक घरले मकै र कोदो एक÷एक पाथी दिन्छन् ।’ १ सय ६० घरबाट वार्षिक रूपमा उठाउने यो अन्नले उनको परिवारको छाक टार्न भने गाह्रो छ । ‘भारी बोक्ने, दाउरा चिर्ने, घर बनाउने काम पनि गर्छु,’ विकले भने, ‘कट्वाली अरेर मात्र त काँ पुग्नु ।’
उनलाई घर धान्न पुग्नु नपुग्नु आफ्नो ठाउँमा छ । उनले दिएको सूचनाले भने आफूहरूलाई निक्कै सजिलो भएको स्थानिय टेकबहादुर गुरुङ, ७३ ले बताए । ‘यतीका घरलाई फोनै गर्नेहो भने पनि धेरै पैसा लाग्छ,’ आज सम्म ४ कट्वाल बेहोरेका उनले भने, ‘कान्छाले एक पटक घोकेपछि सबैलाई भैहाल्यो ।’
अर्जुनचौपारी गाविसका अधिकांश वडामा कट्वालको व्यवस्था समुदायले नै गरेको छ । छिमेकी खिलुङ देउराली गाविसमा भने सबै वडामा कट्वाल छन् । खिलुङ देउरालीका पूर्व गाविस सचिव रामप्रसाद खनाल भन्छन्, ‘बाटो सफा गर्ने, कुले निर्माण गर्ने तथा स्वास्थ्य सिविरहरू चलाउँदा पनि कट्वालले नै सूचना दिने गर्छन् ।’ पहिला पहिला खबर दिनु अघि डाँडो उक्लेर संकेतको लागि कर्नल, दमाहा बजाउने चलन थियो । अहिले भने त्यस्तो चलन कम हुँदै गएको खिलुङ–६ का खड्गबहादुर गुरुङले बताए ।
५० वर्षे सुकलाल सार्की सोही वडाका कट्वाल हुन् । उनको परिवारले नै यो पेशा पुस्तौं देखि धान्दै आएको छ । ‘पहिला बाजे थिए, पछि बा,’ उनले भने, ‘बाका आँखा र कान कमजोर भएपछि मैले यो पेशा धानको हुँ ।’
उनी पनि विकका झै गैरीघर, भञ्ज्याङ, बन्दुकको भेग, कालिकाथानको डाँडोमा उक्लेर खबर घोक्ने गर्छन् । अनि ज्याला स्वरूप घरघरबाट उठाएर वर्षभरि ३ मुरी मकै, ५÷६ मुरी कोदो जम्मा पार्छन् । उनको कामले स्थानिय चन्द्रबहादुर गुरुङ निक्कै खुसी छन् । उनी भन्छन्, ‘फोन त क्या हो क्या हो, कट्वाल भने पक्को छ ।’
(Nagarik Daily, 2066-07 @Bhabasagar)

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...