Skip to main content

गोबरसँगै गुच्चा खेल्दै

एक दुई तीन चार गोलो गोलो चक्का
पाँच छ सात आठ भित्तै भरि चक्का

भित्तै भरि चक्का नौ दश चक्का
के को हो यो चक्का गोबरका चक्का

गिलो गोबर भित्तामा टाँस्ने झ्याप्प झ्याप्प
हातले थिच्दा माथिबाटबस्छ ढ्याप्प ढ्याप्प

भकारोको गोबर हेर पुग्यो गोठको भित्ता
के रहेछ हेर्दैछु म भई एक चित्त

गोठको छेउछाउमा पर्न थाल्यॊ घाम
लाग्यो नौलो हजुरबाले गर्नु भएको काम

गिलो हुँदा भित्ता बसी ताप्ने गर्छ घाम
सुकेपछि आउने गर्छभान्छामा काम

डाँडैको पछिल्तिर लाग्यो घाम लुक्न
गोबर खैरो देखियोनी थाल्यो क्यारे सुक्न

एक दुई तीन चार सुकेका चक्का
पाँच छ सात आठ कोर्को भरी चक्का

के हो भन नाम म त हुनी गुइँठा
बल्छु चुल्होमा चाहिन्न अरु दाउरा


भकारोमा गोबरसँग मिसिएछ सोतर
गाइले कुल्ची पराल पार्यो लतर पतर 

गोबर सोतर कोर्कोमाउठाइहाल्नु भो
हजुरबाले खाल्टोमा त्यसलाई फाल्नु भो 

गुइँठा बन्ने गोबर थुपि्रयो गोठ तल
कुहीएको गोबरको बन्ने रहेछ मल

मेरी सानी दिदीले डोको थाप्न थाली
ठूली दिदीले मल खन्दै छपनोले हाली

एक दुई तीन चार ठूलो ठूलो थुप्रो
पाँच छ सात आठ बारी भरि थुप्रो

नौ दश थुप्रो बारी भरि थुप्रो
के को हो यो थुप्रो मलको थुप्रो

धान मकै काटेपछि खाली हुन्छ बारी
मल त्यहीँ पुर् याउँछन् खाल्टाबाट सारी

मकै काटे पछि आलु लाउनु अिघ
सबै तिर पाँज्ने गर्छन् खेतमा लिग


थुप्रा साना साना बिरुवाको खाना
गोबरका खाना तिम्ले पनि जान

दिदीसँगै खाजा खान मत घर आएँ
दिनहुँ घर पोत्छन् अरे बल्ल थाहा पाएँ

हजुरआमाको घरलाई लिप्नॆ रातो माटो
माटोसँगै गोबर छ अरु रंगको साटो

माटे घर पोत्नलाईगोबर छ जाती
चिटिक्कै पार्छ हेर बुझ तिम्ले साथी

मुनी पाठी कुखुरा हुन् मेरा डुल्ने साथी
सुरी अनि पप्पीसँग खेल्छु आँगन मािथ

आँगनको छेवैमा के हो सानो ढिस्को
पाएप पनि जोडिएको लगाएर छेस्को

ढिस्को छेउमै चिन्न गाह्रो गोबर राख्ने भाँडो
पानी हाली घोल्यो भने बन्ने रैछ फाँडो

घोलेको लेदो गोबर गयो भित्रै भित्र
कुरा बुझि तिमीले बनाउँछौं कि चित्र 

एक तिर गोबर हाल्ने अर्कैतिर फाल्ने
गोबरबाटै ग्याँस आउँछ भान्छामा बाल्ने

बिजुली आउँदो रैुछ टिभी हेर्न मिल्ने
साँझपख पढ्नलाई बत्ती बाल्न मिल्ने


गाउँघरमा सघाउँछ रोक्न बन विनास
चिन्यौं कि चिनेनौं हो यो गोबर ग्याँस

गुईठा मल ग्याँस बन्ने गोबर यसको नाम
लौन खोज अरु के के गर्छ यसले काम 



..........................................................................



  • गोबर ग्याँसलाई बायो ग्याँस भनेर पनि चिन्निछ । कुहिएका तरकारीबाट बल्ने ग्याँस निस्कने रहेछ भन्ने पुराना पुस्ताले थाहा पाए । सन् १८५९ मा भारतको बम्बैमा पहिलो पटक फोहर कुहाएर ग्याँस निकाल्ने प्लान्ट बनाइयो । यो प्रविधि सन् १८९५ मा बेलायत पुग्यो । त्यसबेला निकालिएको बायो ग्याँस सडकबत्ती बाल्ने काममा प्रयोग हुन्थ्यो । गोबर बाहेक कुहीएका तरकारी अन्नपात पनि बायो ग्याँस निकाल्न प्रयोग गर्न सकिन्छ । स्रोत : विकिपिडिया । 
  • गोबरबाट ग्याँस अनि गुइँठा बन्छ । खेतीपातीमा मलको काम पनि गर्छ । माटोसँग मिलाएर घर पोत्न पुजाआजामा मात्र हैन तामा र अन्य भाँडा चम्काउनका लागि पनि गोबरको प्रयोग हुन्छ ।

(@भवसागर घिमिरे,  २०६८ कार्तिक महिनाको नागरिक दैनिकको जूनकीरीमा प्रकाशित)

Comments

  1. dai yo aafnai paribeshlai samjhera lekhnu bhayeko yekdam khusi lagyo ani ma pani yekchhin ta tehi haraye pani

    ReplyDelete
  2. Purna jee, Tapae ko Utsahajanak Pratikriyaka lagi Dhanyabad..hami le nasamjhe kasle po samjhanachha ra hamro gaunghar, haina ta ?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...