एक दुई तीन चार गोलो गोलो चक्का
पाँच छ सात आठ भित्तै भरि चक्का
भित्तै भरि चक्का नौ दश चक्का
के को हो यो चक्का गोबरका चक्का
गिलो गोबर भित्तामा टाँस्ने झ्याप्प झ्याप्प
हातले थिच्दा माथिबाटबस्छ ढ्याप्प ढ्याप्प
भकारोको गोबर हेर पुग्यो गोठको भित्ता
के रहेछ हेर्दैछु म भई एक चित्त
गोठको छेउछाउमा पर्न थाल्यॊ घाम
लाग्यो नौलो हजुरबाले गर्नु भएको काम
गिलो हुँदा भित्ता बसी ताप्ने गर्छ घाम
सुकेपछि आउने गर्छभान्छामा काम
डाँडैको पछिल्तिर लाग्यो घाम लुक्न
गोबर खैरो देखियोनी थाल्यो क्यारे सुक्न
एक दुई तीन चार सुकेका चक्का
पाँच छ सात आठ कोर्को भरी चक्का
के हो भन नाम म त हुनी गुइँठा
बल्छु चुल्होमा चाहिन्न अरु दाउरा
भकारोमा गोबरसँग मिसिएछ सोतर
गाइले कुल्ची पराल पार्यो लतर पतर
गोबर सोतर कोर्कोमाउठाइहाल्नु भो
हजुरबाले खाल्टोमा त्यसलाई फाल्नु भो
गुइँठा बन्ने गोबर थुपि्रयो गोठ तल
कुहीएको गोबरको बन्ने रहेछ मल
मेरी सानी दिदीले डोको थाप्न थाली
ठूली दिदीले मल खन्दै छपनोले हाली
एक दुई तीन चार ठूलो ठूलो थुप्रो
पाँच छ सात आठ बारी भरि थुप्रो
नौ दश थुप्रो बारी भरि थुप्रो
के को हो यो थुप्रो मलको थुप्रो
धान मकै काटेपछि खाली हुन्छ बारी
मल त्यहीँ पुर् याउँछन् खाल्टाबाट सारी
मकै काटे पछि आलु लाउनु अिघ
सबै तिर पाँज्ने गर्छन् खेतमा लिग
थुप्रा साना साना बिरुवाको खाना
गोबरका खाना तिम्ले पनि जान
दिदीसँगै खाजा खान मत घर आएँ
दिनहुँ घर पोत्छन् अरे बल्ल थाहा पाएँ
हजुरआमाको घरलाई लिप्नॆ रातो माटो
माटोसँगै गोबर छ अरु रंगको साटो
माटे घर पोत्नलाईगोबर छ जाती
चिटिक्कै पार्छ हेर बुझ तिम्ले साथी
मुनी पाठी कुखुरा हुन् मेरा डुल्ने साथी
सुरी अनि पप्पीसँग खेल्छु आँगन मािथ
आँगनको छेवैमा के हो सानो ढिस्को
पाएप पनि जोडिएको लगाएर छेस्को
ढिस्को छेउमै चिन्न गाह्रो गोबर राख्ने भाँडो
पानी हाली घोल्यो भने बन्ने रैछ फाँडो
घोलेको लेदो गोबर गयो भित्रै भित्र
कुरा बुझि तिमीले बनाउँछौं कि चित्र
एक तिर गोबर हाल्ने अर्कैतिर फाल्ने
गोबरबाटै ग्याँस आउँछ भान्छामा बाल्ने
बिजुली आउँदो रैुछ टिभी हेर्न मिल्ने
साँझपख पढ्नलाई बत्ती बाल्न मिल्ने
गाउँघरमा सघाउँछ रोक्न बन विनास
चिन्यौं कि चिनेनौं हो यो गोबर ग्याँस
गुईठा मल ग्याँस बन्ने गोबर यसको नाम
लौन खोज अरु के के गर्छ यसले काम
..........................................................................
(@भवसागर घिमिरे, २०६८ कार्तिक महिनाको नागरिक दैनिकको जूनकीरीमा प्रकाशित)
पाँच छ सात आठ भित्तै भरि चक्का
भित्तै भरि चक्का नौ दश चक्का
के को हो यो चक्का गोबरका चक्का
गिलो गोबर भित्तामा टाँस्ने झ्याप्प झ्याप्प
हातले थिच्दा माथिबाटबस्छ ढ्याप्प ढ्याप्प
भकारोको गोबर हेर पुग्यो गोठको भित्ता
के रहेछ हेर्दैछु म भई एक चित्त
गोठको छेउछाउमा पर्न थाल्यॊ घाम
लाग्यो नौलो हजुरबाले गर्नु भएको काम
गिलो हुँदा भित्ता बसी ताप्ने गर्छ घाम
सुकेपछि आउने गर्छभान्छामा काम
डाँडैको पछिल्तिर लाग्यो घाम लुक्न
गोबर खैरो देखियोनी थाल्यो क्यारे सुक्न
एक दुई तीन चार सुकेका चक्का
पाँच छ सात आठ कोर्को भरी चक्का
के हो भन नाम म त हुनी गुइँठा
बल्छु चुल्होमा चाहिन्न अरु दाउरा
भकारोमा गोबरसँग मिसिएछ सोतर
गाइले कुल्ची पराल पार्यो लतर पतर
गोबर सोतर कोर्कोमाउठाइहाल्नु भो
हजुरबाले खाल्टोमा त्यसलाई फाल्नु भो
गुइँठा बन्ने गोबर थुपि्रयो गोठ तल
कुहीएको गोबरको बन्ने रहेछ मल
मेरी सानी दिदीले डोको थाप्न थाली
ठूली दिदीले मल खन्दै छपनोले हाली
एक दुई तीन चार ठूलो ठूलो थुप्रो
पाँच छ सात आठ बारी भरि थुप्रो
नौ दश थुप्रो बारी भरि थुप्रो
के को हो यो थुप्रो मलको थुप्रो
धान मकै काटेपछि खाली हुन्छ बारी
मल त्यहीँ पुर् याउँछन् खाल्टाबाट सारी
मकै काटे पछि आलु लाउनु अिघ
सबै तिर पाँज्ने गर्छन् खेतमा लिग
थुप्रा साना साना बिरुवाको खाना
गोबरका खाना तिम्ले पनि जान
दिदीसँगै खाजा खान मत घर आएँ
दिनहुँ घर पोत्छन् अरे बल्ल थाहा पाएँ
हजुरआमाको घरलाई लिप्नॆ रातो माटो
माटोसँगै गोबर छ अरु रंगको साटो
माटे घर पोत्नलाईगोबर छ जाती
चिटिक्कै पार्छ हेर बुझ तिम्ले साथी
मुनी पाठी कुखुरा हुन् मेरा डुल्ने साथी
सुरी अनि पप्पीसँग खेल्छु आँगन मािथ
आँगनको छेवैमा के हो सानो ढिस्को
पाएप पनि जोडिएको लगाएर छेस्को
ढिस्को छेउमै चिन्न गाह्रो गोबर राख्ने भाँडो
पानी हाली घोल्यो भने बन्ने रैछ फाँडो
घोलेको लेदो गोबर गयो भित्रै भित्र
कुरा बुझि तिमीले बनाउँछौं कि चित्र
एक तिर गोबर हाल्ने अर्कैतिर फाल्ने
गोबरबाटै ग्याँस आउँछ भान्छामा बाल्ने
बिजुली आउँदो रैुछ टिभी हेर्न मिल्ने
साँझपख पढ्नलाई बत्ती बाल्न मिल्ने
गाउँघरमा सघाउँछ रोक्न बन विनास
चिन्यौं कि चिनेनौं हो यो गोबर ग्याँस
गुईठा मल ग्याँस बन्ने गोबर यसको नाम
लौन खोज अरु के के गर्छ यसले काम
..........................................................................
- गोबर ग्याँसलाई बायो ग्याँस भनेर पनि चिन्निछ । कुहिएका तरकारीबाट बल्ने ग्याँस निस्कने रहेछ भन्ने पुराना पुस्ताले थाहा पाए । सन् १८५९ मा भारतको बम्बैमा पहिलो पटक फोहर कुहाएर ग्याँस निकाल्ने प्लान्ट बनाइयो । यो प्रविधि सन् १८९५ मा बेलायत पुग्यो । त्यसबेला निकालिएको बायो ग्याँस सडकबत्ती बाल्ने काममा प्रयोग हुन्थ्यो । गोबर बाहेक कुहीएका तरकारी अन्नपात पनि बायो ग्याँस निकाल्न प्रयोग गर्न सकिन्छ । स्रोत : विकिपिडिया ।
- गोबरबाट ग्याँस अनि गुइँठा बन्छ । खेतीपातीमा मलको काम पनि गर्छ । माटोसँग मिलाएर घर पोत्न पुजाआजामा मात्र हैन तामा र अन्य भाँडा चम्काउनका लागि पनि गोबरको प्रयोग हुन्छ ।
dai yo aafnai paribeshlai samjhera lekhnu bhayeko yekdam khusi lagyo ani ma pani yekchhin ta tehi haraye pani
ReplyDeletePurna jee, Tapae ko Utsahajanak Pratikriyaka lagi Dhanyabad..hami le nasamjhe kasle po samjhanachha ra hamro gaunghar, haina ta ?
ReplyDelete