Skip to main content

बालबालिकालागि पुस्तक, किन पढ्ने, किन पढाउने

आफू जन्मे हुर्केको टोलमा ‘बालबालिकाका लागि पुस्तक किन पढ्ने, किन पढाउने ?’ बारे भाइबहिनी र अभिभावकसँग अनुभव साटासाट गर्न पाउदा बेग्लै अनुभव भयो । कार्यक्रम आयोजना गर्ने सूर्योदय क्लब अनि कथा र अनुभव सुन्ने सुनाउने सबैमा धन्यवाद ।

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

भुकम्प उखान

भुकम्पको बेलामा , हरियो काँक्रो बोल्नेको स्वर सुनिन्छ , नबोल्ने ट्वालेटमा थुनिन्छ बाँदरको पुच्छार भुकम्पका बेलाँ , लौरो न हतियार अनिकालमा बिउ जोगाउनु , भुँइचालोमा जिउ जोगाउनु जाँड खाएर पहिल्यै हल्लेकालाई , भुकम्पले हल्लाउन सक्दैन सुत बुढी घर भत्केनी के भो त , हामी भाडामा बस्या मान्छे आच्छ्यु खाएँ बाच्छ्यु खाएँ झारे भुकम्प कागलाई भुकम्प , आयो हर्ष न बिस्मात