कान्तिपुर दैनिक-
काठमाडौँ — पानीको अभावले मानिसको दैनिकीमा कस्तो प्रभाव पर्छ ? यसले स्वास्थ्य, शिक्षा, सरसफाइ लगायतका पक्षमा पार्ने प्रभावका विषयमा स्पेनमा भइरहेको छोटो चलचित्र प्रतियोगितामा नेपाली वृत्तचित्र तथा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा पुगेको छ ।
काठमाडौँ — पानीको अभावले मानिसको दैनिकीमा कस्तो प्रभाव पर्छ ? यसले स्वास्थ्य, शिक्षा, सरसफाइ लगायतका पक्षमा पार्ने प्रभावका विषयमा स्पेनमा भइरहेको छोटो चलचित्र प्रतियोगितामा नेपाली वृत्तचित्र तथा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा पुगेको छ ।
‘वि आर्ट वाटर चलचित्र महोत्सव’ को चौथो संस्करणमा नेपालको तर्फबाट भवसागर घिमिरेको तिर्खा-‘द थर्स्ट’ तथा सोबिन एएमको ‘द कलर्स अफ वाटर’ ले ‘माइक्रो फिक्सन’ विधामा पहिलो स्थान हासिल गर्न विभिन्न देशका अन्तिम १५ फिल्महरू माझ भिड्दैछन् ।
तिर्खा मार्फत पानीको अभावका कारण स्कुल जान समस्यामा परिरहेका आम नेपाली स्कुले भाइबहिनीको कथा आफूले पस्कन खोजेको घिमिरेले बताए । ‘पहिलो प्रयासले नै यहाँ सम्म डोर्याएकोमा निक्कै उत्साहित बनाएको छ,’ घिमिरेले भने, ‘अब फेरि नयाँ ठाउँको नयाँ कथा छोटो चलचित्रकै माध्यमबाट पस्कने तयारी गरेको छु ।’
घिमिरेसँगै यहि महोत्सवमा ‘माइक्रो डकुमेन्ट्री’ विधामा नेपालको तर्फबाट विभु पौडेलको ‘द लाष्ट स्पाउट’ ले विभिन्न देशका १२ प्रतियोगिमाझ प्रतिस्पर्धा गरिरहेको छ । ‘माइक्रो एनिमेसन’ विधामा छनोट भएका अन्तिम दश चलचित्रमा नेपालबाट कुनै पनि सहभागी परेका छैनन् ।
प्रतियोगिताका यी तिनै विधामा पहिलो हुने प्रत्येकले ३ हजार युरो राशीको नगद पुरस्कार र अवार्ड हात पार्ने छन् । यससँगै तिनै बिधामा छनोट भएका ३७ प्रतियोगि मध्येबाट ‘अडियन्स च्वाइस’ अवार्ड अन्तर्गत धेरै भोटिङ प्राप्त गर्ने १ चलचित्रले १ हजार युरो हात पार्नेछ । भोटिङको अन्तिम म्याद यहि जेठ १९ गतेसम्म रहेको छ भने अवार्डको अन्तिम नतिजा आउँदो जुन महिनामा स्पेनको मड्रिड शहरमा अवस्थित रोका मड्रिड ग्यालरीमा गरिने फेस्टिभलको वेभसाइटमा उल्लेख छ । ‘हामीलाई अहिले धेरै भन्दा धेरै भोटको आवश्यकता छ,’ वृत्तचित्र निर्माण गरेका पौडेलले भने,‘फेसबुक तथा जिमेल मार्फत जो कोहिले भोट गर्न सक्छन् ।’
चलचित्र महोत्सवको वेबसाइटले जनाए अनुसार यो चौथो संस्करणमा १ सय २७ देशबाट २ हजार ४ सय सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए ।
https://www.kantipurdaily.com/entertainment/2018/05/22/152696643236257531.html


Comments
Post a Comment