Skip to main content

म हुर्केको आँगन !

लगभग सँगसँगै जन्मेका हौं हामी, मात्र एक वर्षको कान्छो हुँ’ला म क्लव भन्दा । हुर्कने क्रममा मैले आफ्ना जीवनका सात वर्षहरु (वि.सं २०५६–०६२) प्रत्यक्ष रुपमा क्लवको नजिक रहेर बिताएँ । ती सामिप्यताका मिठा, सुन्दर अनि अविस्मरणिय क्षणहरु अझपनि मेरा मन मष्तिष्कमा सुनौलो तबरले पोतिएका छन् । मैले सुनेको क्लव मेरो काका (रेशमराज शर्मा घिमिरे) को घरमा थियो । मैले देख्दा भने यो गोविन्द पराजुली दाईकहाँ पुगिसकेको थियो । तर मैले भोगेको क्लव क्रमशः तत्कालिन ज्ञानभूमि प्रा.वि., सागर दाई (विन्दुसागर पराजुली) को घर हँुदै अहिले सुन्दर प्रकृति उद्यानको हाताभित्र सम्म पुगेको छ । यी विभिन्न क्षणहरू बीचको क्लवको अवस्थालाई नजिकबाट बुझ्ने, भोग्ने र यी चरणहरुमा आफूलाई एक जिम्मेवार सदस्यको रुपमा प्रस्तुत गर्ने मौका पनि पाएँ मैले । यस दौरानमा धेरै तिता मिठा अनुभवहरु रहे ।

ज्ञानभूमिमा साधारण सभाका दिन कार्यसमितिमा बस्ने सदस्य नपुगेर घर घरमै खोज्दै हिँड्नुपरेको थियो । त्यति खेरै हाम्रो कार्यालय बसेको कोठा भत्काइ त्यहाँ पोखरा बहुमुखी क्याम्पसको लागि पक्कि भवन बनाउने जानकारी दिइयो ।  तब क्लवलाई त्यहाँबाट सागर दाईको घरको एक कोठामा खुम्च्याउन बाध्य भएका थियौँ हामी । तर पछि क्याम्पस त्यहाँ नबनेर नयाँ बजारका महेन्द्र उच्च मा.वि परिसरमा बन्न पुग्यो । ज्ञानभुमिबाट बाहिरिसकेका हामी न त्यहि फर्कन सक्यौं न सागरदाइको धन्सारमा खुलेर रमाउन । क्लवका बैठकहरू तत्कालिन अध्यक्ष विष्णु दाई (विष्णुराज पराजुली) को पसलमा गरिन्थ्यो । पछि बैठक पनि बस्न मिलोस् भनेर धन्सार गोबर र रातोमाटोले लिप्दा अनुहार र जिउका कपडा रातै बनाएर निस्कँदाको हाँस्यास्पद क्षण अहिले पनि याद आउँछ ।


बालमन्दिर छेउमा पार्क निर्माण गर्नु पूर्व र निर्माण गर्न थालेपछिका संघर्ष पनि कम थिएनन् । नेपाल बाल संगठन कास्कीको तत्कालिन समितिमा बैदामका सोभियत बहादुर कुँवर सभापति थिए । बालमन्दिरको प्रयोगमा नआएको  स्कुल देखि उत्तर पट्टि पर्ने भिर छेउको जग्गा पार्क निर्माणको लागि क्लबको तर्फबाट माग्न जाँदा ठाडै अस्विकार गरियो । त्यस पछिका दिनमा बाल संगठन प्रति हाम्रोे चासो झन् बढेर गयो भने हामी स्थानीयबासी र समिति बिच धेरै बौंद्धिक झडपहरु पनि भए । तत्कालिन बाल संगठन समितिमा स्थानिय व्यक्तीको सदस्यता अत्यन्त नगण्य थियो । कारण एउटै यो थियो कि हरेक वार्षिक साधारण सभा गोप्य रुपमा सम्पन्न हुने गर्थे । जसको जानकरी खुला सूचनाबाट हुन्थेन् । स्थानीयलाई सदस्यतामा प्राथमिकता प्रदान नगरि लुकीछिपी आफ्ना मातहतका बाह्य मान्छेलाइ मात्र सदस्यता प्रदान गर्ने तत्कालिन समितिको निति हामीलाइ मन परेको थिएन ।  त्यसैले स्थानीय व्यक्तिहरूले पनि सहज रुपमा संगठनको सदस्यता पाउनु पर्छ भने नयाँ मुद्दा हामीले अघि सा¥यौं ।

तत्कालीन समितिको गलत निति विरुद्ध आवाज उठाउन क्लबको सक्रियतामा हस्ताक्षर संकलन अभियान सुरु गरियो । त्यस आवाजलाई बाल संगठनको केन्द्र सम्म पु¥याइयो । अन्तत, जित हाम्रै भयो । बाल संगठन केन्द्रीय समितिले कास्कीको तत्कालिन समिति खारेज गरिएको निर्णय गरे लगत्तै साधारण सभाको माहोल बन्यो । चुनाव भयो ।  स्थानीय मानीसहरुकै जित भई बाल संगठनको नयाँ समिति बन्यो । हामीले पार्क निर्माणका लागि जग्गा पनि पायौं । क्लबले आयोजना गरेको बृहत् भेलाले मेजर चन्द्र बहादुर पुनको संयोजकत्वमा पार्क निर्माण समिति बनायो । स्थानीय व्यक्तिहरूकै सक्रियतामा पार्क निर्माण पनि सम्पन्न भयो । क्लवको कार्यालयलाई त्यस पार्कको हाताभित्रको भवनमा पू¥याउन पाउनु हाम्रा लागि ठूलो उपलब्धि थियो ।

क्लवमा महिलाको सहभागिता वि.सं. २०५० पछि अत्यन्तै न्यून थियो । २०५५ पछि यो संख्या त झन शुन्यमा नै पुग्यो । २०६० ताका महिला सहभागिता बढाउनका लागि क्लबले स्थानीय स्तरमा पत्राचार गर्ने निर्णय ग¥यो । उक्त पत्रचार पछि भएको किशोरीहरुको उत्साहजनक सहभागिताले हामीलाई हौस्याएको थियो । त्यसको लगत्तै नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रबन्धक उमेश राज पराजुलीले क्लबलाई यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी कार्यक्रम संचालन गर्ने अवसर प्रदान गर्नुभयो । सदस्यहरुले विभिन्न तालिम तथा गोष्ठीमा भाग लिने अवसर पाउन थाले पछि क्लव प्रति अन्य युवाहरुको आकर्षण ह्वात्त बढ्न पुग्यो । ने.प.नि संघ संगसंगै नेपाल एड्स निवारण संघ, सहभागितात्मक विकास केन्द्र, महिला मिलान समूह आदी सँगको सहकार्यमा क्लवले धेरै रचनात्मक कामहरु गर्ने अवसर पायो ।  साँच्चै नै संस्थागत विकासका अग्रगामी पाइलाहरु थिए ति ।
             समग्रमा भन्दा क्लवलाई मैले के दिन सके त्यो त मलाई थाहा छैन तर मैले क्लवबाट धेरै अनुभवहरु बटुल्न पाएँ । क्लबमा नलागेका भए कि त म किताबको किरो मात्र हुन्थे, कि फजुलमा समय खेर फाल्ने लफङ्गो केटो । क्लवमा लागेर नै मैले आफ्नो व्यक्तित्व विकास गर्ने मौका पाएँ । मैले नाटक लेख्न, त्यसमा खेल्न पनि यहिं बाट सिके । त्यसले मलाई एफ.एम.मा कार्यक्रम गर्न पनि सघायो । नाटक लेख्ने यहि सीपले अहिले मलाई एन्टेना फाउन्डेसन नामक गैर सरकारी संस्थासम्म डो¥याएको छ । क्लवबाट पाएका यी अनुभवहरु अहिले मेरा लागि मार्ग दर्शक बनेका छन् । म यो कुरा गर्वका साथ भन्छु कि म जन्मेको घर नदीपुर मार्गमा भए पनि म हुर्केको आँगन भने सूर्योदय क्लव नै हो । उमेर बढ्दै जाँदा जति जति म बूढो हँुदै जाउँला, क्लव उति उति तन्नेरी हुँदै जाओस् ।
अन्त्यमा,

फलोस् फूलोस् सूर्याेदय, चुमोस् विकास टाकुरीमा
चेतनाले जोश ल्याओस्, युवाहरुका पाखुरीमा
यही मेरो शुभकामना !
( ०५८,०५९,०६१ सालमा कार्यसमिति सचिव बन्दाको अनुभव क्लबको रजत वर्ष स्मारिकामा प्रकाशित)

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...