Skip to main content

देखेपछि, सोचेपछि, गरेपछि...


हरेक दिन सडकमा उसको बिरामी हालत देख्दा दिक्क हुन्थेँ । के गर्ने भन्ने सोच्थेँ । हिजो बिहिबार साँझ तरकारी किनेर फर्कदा श्रीमतीसँगको सल्लाहमा उसको फोटो खिच्यौं । सडकमा बेबारीसे भेटिने यस्ता साथीहरूको पक्षमा काम गर्ने तीन संस्थाहरु KAT Centre, Sneha's Care र Street Dog Care e.V का फेसबुक पेजहरू अनलाइनमा भेट्यौ‌‌ । उसको दयनीय तस्बिर र सहयोगको याचना सहित हिजै मेसेज पठायौं ।
त्यसमध्ये Sneha's Care ले आज बिहानै रिप्लाई गरेर दिउँसो तिर उसको उपचारको लागि प्राविधिकको टोली पठाउने जनायो । बाँकी दुई संस्थाले म्यासेज हेरे तर जवाफ आएन ।
आज शुक्रबार Sneha's Care बाट आएको टोलीले एक इन्जेक्सन दिएर गए । उसलाई छाला सम्बन्धी रोग भएको रहेछ । अब एक महिनासम्म हरेक हप्ता भ्याएसम्म फलोअपमा आउने बताएका छन् । उनीहरुले नभ्याए खुवाई दिनको लागि एक औंषधी लेखिदिएका छन् ।
औषधी किनेर मासुको टुक्रा अथवा ससेजमा राखेर खुवाउँन सकिँदो रहेछ । तीन हप्तासम्म हरेक हप्ता १ गोली खुवाएपछि उसको छाला निको हुने र रौहरु पलाउँने उनीहरुले बताए ।

प्रति गोली लगभग २ रुपैयाँ पर्ने यो अौषधिका तीन गोली खाएपछि अबको एक महिनामा उ पुर्ण रुपमा निको हुनेछ । जाडोले घप्लक्क नछोप्दै उसको हालत ठिक भयो भने सडक बास कम कष्टकर होला भन्ने विश्वास छ ।
तन्दु्स्त भयो भने सडकबाट उसलाई कसैको घरसम्म पुग्ने बाटो पनि कोरिन्थ्यो कि ? राम्रो रेस्पोन्स र केयरको लागि Sneha's Care लाई धेरै धेरै धन्यवाद ।
(https://www.facebook.com/snehazcare/)

UPDATE...
र शनिबार (आज) यस्तो भयो‍...
उसको अवस्था अल्ली नाजुक देखेर होला सायद, निगरानीमा उपचार गर्नु पर्ने भन्दै आज चाहि सोहि स‌ंस्थाको टोली आएर उसलाई लिएरै गए ।
जाडोको बेला सडकमा बिरामी परेर बसेको उसले आज न्यानो अस्पताल भेट्टाएको छ । मैले पनि आज मीठो निदाउँने कारण भेट्टाएँ । #CareForAll, #ShareOurLove #StreetDog

Now here is the Update
https://www.facebook.com/snehazcare/videos/799822450166761/






Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...